काठमाडौं । स्कोडा एमएडब्लूले आफ्नो कम्प्याक्ट मिनी एसयूची कुसाक नेपाल र भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा तीन मेनुअल र दुई अटो गियर ट्रान्समिसन सेग्मेन्ट गरी पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको हो ।
एक हजार सीसीको शक्तिशाली टर्बो इन्जिन भएको कुसाकले हजार सीसीसम्मको आउटपुट दिने बिक्रेता एमएडब्लूले बताएको छ । गाडीको एक्सटेरियरको कुरा गर्दा यसको एरोडाइनामिक सेपमा सबैमा क्रिस्टल लाइट छन् ।
पाँचवटा सिट भएको यो गाडीको लम्बाइ ४२२५ मिलिमिटर, चोढाइ १७६० मिलिमिटर, १६१२ मिलिमिटरको उचाइ र १८८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ । ग्लभानाइज स्टिल, लेजर वेल्डिंग र प्लाजमा कटिङबाट बनेको यो गाडी एकदमै बलियो पनि छ । यसमा एन्टी लग ब्रेक सिस्टम सहितको १७ इन्चको डाइमण्ड कट अलोय ह्वील छन् ।
गाडीको इन्टेरियरको कुरा गर्दा आकर्षक डिजाइन र वायरलेस चार्जर तथा इन्फोटेन्मेन्ट, पेडल सफ्टवेयर, जस्ता धेरै फिचरहरू छन् । परम्परागत गाडी जसरी यसमा चाबी प्रयोग गर्नुपर्दैन ।
यसभित्र पावर स्टिरिङ, पावर विण्डो फ्रन्ट, सनरुफ, एयर कन्डिस्नर, ड्राइभर एयरब्याग, प्यासेनजर एयरब्याग, अटोम्याटिक क्लाइमेट कन्ट्रोल, फग लाइट्स फ्रन्ट, मल्टी फंसन स्टेरिङ ह्विल छन् ।
पेट्रोल इन्जिनयुक्त कुसाकसँग ५० लिटर क्षमताको पेट्रोल इन्जिन ट्यांक छ । यस गाडीको बेस भेरियन्टको मूल्य ४९ लाख ९० हजारदेखि टप भेरियन्ट द अलन्युँ स्कोडा कुसाक स्टाइलको मूल्य ६५ लाख ९० हजार रुपैयाँमा छन् । मिड अप्सनका गाडीहरू ५३, ५८ लाखमा उपलब्ध छन् ।
हाल यो गाडी स्कोडाको सिग्नेचर रंग हनी ओरेन्ज, क्याण्डी ह्वाइट, कार्बोन स्टिन, ब्रिलियन्ट सिल्भर र टोर्लान्डो रेडमा उपलब्ध छन् । एमएडब्लूले आजैदेखि गाडीको बुकिङ खुला गरेको छ । साथै आजै गाडी बुक गर्नेहरूका लागि विशेष सुविधा स्वरुप ५.९९ प्रतिशतको निश्चित ब्याजदरमा गाडी उपलब्ध गराउने कम्पनीले बताएको छ ।