काठमाडौं । नेपालमा भर्खरै नयाँ शैक्षिक सत्र सुरु भएको छ । कलेज तहका विभिन्न संकायका परीक्षा पनि सुरु हुन थालेको छ । दोस्रो लहर हराउँदै जाँदा डेल्टा भेरियन्टको तेस्रो लहर सुरु भएका कुराहरु बाहिर आउन थालेका छन् । विशेषगरी यसले बालबालिकालाई धेरै संक्रमित बनाउने सुनिन्छ । यस्तो अवस्थामा बालबालिकाका लागि पढाइ पुनः सुचारु गर्न कतिको सुरक्षित छ भन्ने विषयमा चर्चा पनि हुने गरेका छन् ।
यसअघि देखा परेको अल्फा भेरियन्टभन्दा डेल्टा भेरियन्ट, बालबालिकाका लागि कतिको खतरा छ भन्ने कुराको कुनै वास्तविक तथ्यांक तथा जानकारी छैन । अहिले कोरोना संक्रमण मुलुकहरुका अस्पतालको र आईसीयूमा बालबालिकाहरुको भर्नाको तथ्यांक हेर्यों भने खासै परिवर्तन देखिएको छैन । डेल्टा भेरियन्ट पुराना भेरियन्टको तुलनामा धेरै संक्रामक छ । यसैले धेरै मानिस र बालबालिका यसको चपेटमा आउन सक्ने बताइएको छ । यद्यिप नयाँ भाइरस भए पनि यसको खतरा भने पहिलेका भाइरसहरुभन्दा धेरै फरक नभएको बताइएको छ ।
हामीकहाँ हाल यो भाइरसबाट कुनै बालबालिका पनि संक्रमित भएर अस्पताल पुगेको रेकर्डहरु छैनन् । तर, जर्मनीको ड्रेसडेन र त्यस वरिपरिका क्षेत्रमा भने थोरै संख्यामा बालबालिकाहरु डेल्टा भेरियन्टबाट संक्रमित भएका खबरहरु आएका छन् । तर, अस्पताल नै भर्ना गर्नुपर्ने स्थिति नभएको बताइएको छ । जर्मनीभन्दा अगाडि यो भाइरस देखिएको बेलायतको कुरा गर्दा त्यहाँ पनि डेल्टाका कारण एकदमै न्युन संख्यामा बालबालिकाहरु अस्पताल भर्ना भएका छन् ।
कोभिड-१९ का कारण अस्पताल पुगेका सबै बालबालिकाहरुको हामीसँग राष्ट्रिय रजिस्ट्री छ । पछिल्लो समय देखिएको स्वास्थ समस्याहरु, महिनौं अगाडि देखिएका समस्याभन्दा केही फरक छैनन् । बेलायतका बालरोग विशेषज्ञ चिकित्सकहरुसँग सोध्ने हो भने पनि बालबालिकामा सामान्य लक्षण देखिएका छन् । तर, डेल्टा भेरियन्टकै कारण गम्भीर रुपमा बिमारी परेको अवस्था देखिएको छैन ।
त्यसो त यस मामिलामा हामीसँग पर्याप्त तथ्यांक नभएको र यसैका भरमा यो गम्भीर अवस्थाको सरलीकरण गरेको आरोपहरु प्नि आलोचकहरुले लगाउने गरेका छन् । तर, हालसम्म वयस्कहरुको तुलनामा वास्तवमै बालबालिकाहरुको संख्या कम छ । अस्पतालहरुसँग पर्याप्त तथ्यांक नहुनुको अर्थ बालबालिकाहरु कम संक्रमित हुनु पनि हो । तर, देशअनुसार पनि यो तथ्यांकमा फरक पर्न सक्छ आजको अवस्थामा ।
अधिकांश बालबालिकाले यहाँ भ्याक्सिन पाएका छैनन् । यद्यपि डेल्टाबाट संक्रमित हुँदैमा उनीहरुलाई ठूलो समस्या पर्दैन । किनभने एउटा स्वस्थ मानिस डेल्टाकै कारण गम्भीर रूपमा बिरामी पर्ने सम्भावना एकदमै कम छ । तर, पुराना स्वास्थ जटिलता भएकाहरुको हकमा यो फरक पर्न सक्छ ।
भ्याक्सिन प्रयोगले संक्रमणको जोखिमलाई केही न्यूनीकरण गर्न सक्ला यद्यपि ठूलो फरक भने पार्दैन । किनभने भ्याक्सिन नलगाएको ३५ वर्षको वयस्कको तुलनामा पनि भ्याक्सिन लगाएका बालबालिकाहरुको प्रतिरक्षा प्रणाली सधै कमजोर नै हुन्छ । १२ वर्ष मुनिकै लागि भनेर कुनै आधिकारिक भ्याक्सिन पनि निर्माण भएका छैनन् ।
मेरो विचारमा यो उमेर समूहका बालबालिकाहरको लागि कोभिडको तुलनामा, विद्यालय बन्दले ठूलो असर र दीर्घकालीन प्रभाव पार्नेछ । यसैले भ्याक्सिनकै पर्खाइमा विद्यालयल बन्द गर्नुभन्दा सञ्चालन गर्दा राम्रो होला । भ्याक्सि भएको अवस्थामा त यो अझ सुरक्षित हुनेछ ।
(ज्याकोब अर्मान जर्मनीको ड्रेसडेन स्थिति यूनिभर्सिटी डिल्ड्रेन्स अस्पतालका पेडियाट्रिक अर्थात् बालबालिकासम्बन्धि फिजिसियन हुन् । डीडब्लु मिडियाबाट मोनिका जोनसले लिएको अन्तरवार्ताको सम्पादित अंश । अन्तरवार्ता जर्मनको परिपेक्ष्यमा आधारित रहेको छ । )