काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको छ ।
यस उद्देश्यलाई सार्थक बनाउन ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोषकुमार साहलाई डिलरसीप प्रदान गरिएको छ ।
बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदानगर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ ।
यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुसी छौं । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।
जनकपुरमा यो नयाँशोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छन् ।
सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरूका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।