काठमाडौं । एसियाली मुलुक मलेसियालाई कोरोना भाइरस (कोभिड–१९) ले ठूलो संकट ल्यायो । १९९७ को एसियाली वित्तीय संकटको तुलनामा यो अझ भयावह हुनपुग्यो ।
मलेसियाका ठूला सहरका हाेटलहरू बन्द भएका छन् । यसबीच क्वालालम्पुर, जोहोर र पिनाङमा १ सय २६ होटल, ल्याङ्कवी, मालाक्का सहरमा १ सय १५ होटल, के एल प्लेन्ट्यिुका तीन होटल, केएल स्युन होटल, किन्टा रिभर फ्रन्ट होटल, टावर रिजेन्सी होटल आदी बन्द भएका छन् । यीबाहेक फोर फाइन्ट.स होटल, टायोम्यान रिजर्ट, काल्ड स्टोरेज पेटालिङ ऐतिहासिक सुपरमार्केट बन्द भएका छन् ।
हिल्टोन होटलले २१ सय कर्मचारी कटौती गरेको छ । एक्सपेडियाले ३ हजार कर्मचारीलाई कामबाट निकालेको छ । हाल मलेसियाका सतप्रतिशत पर्यटकीय एजेन्सीहरु अस्थायी वा स्थायी रूपमा बन्द भई ३ लाख ७० हजार मानिसहरु कामविहीन बनेका छन् ।
यसैगरी नाट्यशाला पनि शतप्रतिशत नै बन्द भई ४३ हजार मानिसहरु बेरोजगार बनेका छन् । ७० प्रतिशत सलुनहरु बन्द हुँदा १ लाख मानिसको जीविका नै प्रभावित हुन पुगेको छ ।
हाल मलेसियाका कलेज, प्रशिक्षण केन्द्र, विद्यालयहरु बन्द भई १० हजार स्कुल बसहरु पार्क भएको अवस्थामा छन् । क्यासिनो, मनोरञ्जन, केटिभी, बार, स्पा, क्लब, जिमहरु सबै अस्थायी र स्थायी रुपमै बन्द भएका छन् ।
१० लाख मानिस आफ्नो व्यवसाय बन्द गरेर बस्न बाध्य भएका छन् । राष्ट्रिय चेनका दुग्ध चिया पसलहरु एकपछि अर्को गर्दै बन्द हुने अवस्था छ । यी पसलहरुले हालसम्म २५ हजार कर्मचारी कटौती गरिसकेका छन् ।
८ लाख ६० हजार कलेज विद्यार्थी, ग्राजुएसन पुरा गरेका विद्यार्थीहरुका लागि हाल रोजगारी अवसर शून्य अवस्थामा छ । यो सूची निरन्तर बढ्ने क्रममा छ । निर्माण, विकास, कन्ट्रयाक्ट, सुपरमार्केट तथा अन्य किनमेल सबै गतिविधिहरु हल प्रभावित छन् ।
एक वर्षभित्रै मलेशियाका ८१ प्रतिशत ल फर्महरु टाँट पल्टिएका छन् । ओरालो लागेका यी कम्पनीहरु माथि उठ्ने सम्भावना क्षीण रहेको बताइएको छ ।
मलेसियाको बार एसोसिएसनमा हाल २० हजारभन्दा धेरै सदस्य छन् । कोभिड-१९ संकटका कारण मलेशियाका कानुन व्यवसायको क्षेत्र पनि अप्रभावित नभई रहन सकेन । न्यून व्यावसायिक कारोबारका कारण व्यवसाय टाँटपल्टियो । यस्तै संकटकैबीच के एल पार्करोयल होटल मर्मतका लागि १५ महिनासम्म बन्द हुनेछ ।