विराटनगर । स्थानीय तहको योजना तर्जुमा समितिको संयोजक उप–प्रमुखलाई दिईएको छ । यसमा उनीहरुको कार्यकारी भुमिका हुन्छ । तर उनीहरुलाई यो भुमिका निर्वाह गर्न दिईदैन । प्रमुखहरुले हस्तक्षेप गर्ने प्रवृति अझै छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख यमुना विष्ट बास्तोला नयाँ संघीयताको अभ्यासमा काम गर्न निकै गाह्रो भएको बताउछिन् । उप–प्रमुखले ल्याएको योजना बालुवामा पानी खन्याएजस्तै हुने गरेको उनको अनुभव छ । ‘योजना बनायो, कमिलाले बनाएको घर पानीले भत्काए जस्तै हुन्छ’, उनले भनिन्, ‘कुनै पनि योजना कार्यान्वयन हुँदैन ।’
उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले लक्षित वर्गका योजना ल्याएकी थिईन तर बजेट अभाव देखाउँदै त्यस्ता योजना कार्यान्वयन नै भएनन् । महिला सशक्तिकरणका धेरै योजनाहरु पनि अहिलेसम्म कार्यान्वयन भएका छैनन् । प्राय स्थानीय तहमा यस्तै समस्या छ ।
‘प्रमुख वा उप–प्रमुख मध्य एक महिला हुनुपर्ने प्रावधान भएकाले महिलालाई उप–प्रमुखको मात्र टिकट दिईयो’ बास्तोलाले भनिन्, ‘वडामा यति प्रतिशत महिला भनेर भनिएन ।’ वडामा योजना लिएर गएर छलफलमा बस्दा प्रमुख पुरुष, वडा अध्यक्ष पुरुष हुँदा उप–प्रमुखले लिएर गएका योजना बालुवामा पानी खन्याएजस्तो हुने उनको भनाई छ ।
कुनै योजना महिलाका कत्ति राख्नु पर्ने भन्ने पुरुषको सोचले गर्दा योजना अस्वीकृत हुने गरेको उप–मेयरहरुको भनाई छ । कतिपय योजना चाहि राख्ने तर बजेट नछुट्याईदिने प्रवृति रहेको उनीहरुले बताएका छन ।
‘प्रमुख वा उप–प्रमुख मध्य एक महिला हुनुपर्ने प्रावधान भएकाले महिलालाई उप–प्रमुखको मात्र टिकट दिईयो’ बास्तोलाले भनिन्, ‘वडामा यति प्रतिशत महिला भनेर भनिएन ।’ वडामा योजना लिएर गएर छलफलमा बस्दा प्रमुख पुरुष, वडा अध्यक्ष पुरुष हुँदा उप–प्रमुखले लिएर गएका योजना बालुवामा पानी खन्याएजस्तो हुने उनको भनाई छ ।
उप–प्रमुखले लगेका योजना १/२ प्रतिशत मात्र कार्यान्वयन हुने गरेका छन् । जहाँ राजनीतिक बढि हुन्छ त्यहाँ योजना पार्न प्रमुख तत्पर हुने हुँदा राजनीतिक नहुने ठाउँका योजना कटौति गर्न प्रमुखहरु लागिपर्ने बास्तोलाको अनुभव छ ।
यो समस्या बास्तोलाको मात्र हैन मोरङका सबै जसो स्थानीय तहका उप–प्रमुखको हो । महिलाले ल्याएका योजना समावेश र कार्यान्वयनको समस्या मोरङमा सबै स्थानीय तहका महिला उपप्रमुखहरुले भोगिरहेका छन् ।
महिलालाई साथ दिने मानिसको एकदम कमी भएको उनीहरुको भनाई छ । भरिसक पेलेरै लैजान खोज्ने गरेको उर्लाबारी नगरपालिकाकी उप–मेयर भण्डारीको गुनासो छ । ‘समुदायमा छलफल गरेर प्राथमिकताको आधारमा योजना ल्यायो’ उनले भनिन्, ‘सुरुमा नीति तथा कार्यक्रममा पार्नै समस्या हुन्छ, परेको योजनामा नी बजेट हुँदैन ।’ ५ वटा योजना ल्याउँदा १, २ वटा मात्र पर्ने गरेको भण्डारीको गुनासो छ ।
विराटनगर प्रदेश १ को राजधानी पनि हो । विराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्की पनि प्रमुखले पेलेर लैजान खोज्ने गरेको अनुभव छ । प्रमुखलाई चित्त बुझेन भने छलफलमा नै सहभागी नभईदिने वा छलफलमा नै उप–प्रमुखलाई नबोलाईदिने जस्ता गतिविधि प्रमुख गर्ने गरेको कार्कीले बताइन ।
पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई भने आफुहरुले हस्तक्षेप नगरेको बताउछन् । बजेट अनुसारको योजना बनाउनुपर्ने भएकाले कुनै कार्यक्रम काटिने गरेको उनको तर्क छ । उप–मेयरले ल्याएका सबै योजनामा असहयोग नगरेको बताउँदै राईले प्राथमिकताका आधारमा छान्दा कुनै योजना नपरेको उनी स्वीकार्छन ।
तर बोर्ड र कर्मचारीको सहयोग भए काम गर्न सकिने उनको अनुभव छ । प्रमुखको सहयोग नभएमा कर्मचारी तथा वोर्डको सहयोगमा आफुले काम गर्ने गरेको उनले बताए । स्थानीय तहले यस अवधिमा ४ वटा बजेट ल्याईसकेका छन् ।
महिलालाई साथ दिने मानिसको एकदम कमी भएको उनीहरुको भनाई छ । भरिसक पेलेरै लैजान खोज्ने गरेको उर्लाबारी नगरपालिकाकी उप–मेयर भण्डारीको गुनासो छ । ‘समुदायमा छलफल गरेर प्राथमिकताको आधारमा योजना ल्यायो’ उनले भनिन्, ‘सुरुमा नीति तथा कार्यक्रममा पार्नै समस्या हुन्छ, परेको योजनामा नी बजेट हुँदैन ।’ ५ वटा योजना ल्याउँदा १, २ वटा मात्र पर्ने गरेको भण्डारीको गुनासो छ ।
मोरङका धेरै स्थानीय तहमा महिलालाई अझै पनि काम गर्न समस्या हुने गरेको छ । लक्षित वर्गका लागि छुट्ईएको कार्यक्रम पनि नीति तथा कार्यक्रममा हुने बजेटमा नहुने गर्दा समाजमा काम नगरेको जस्तो देखिने पथरी नगरपालिकाकी उप–मेयर विष्टले बताउछिन् ।
समुदायमा छलफल गरेर आवश्यक योजना ल्यायो, प्रमुखले काट्ने गर्दा महिलाले काम नै गर्न सक्दैनन् जस्तो अवस्था सिर्जना गरिने हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ । महिला भएकैले अधिकारविहीन पारिने तथा निर्णय प्रक्रियामा सामेल नगराइने प्रवृति नगरपालिकामा अझै भएको उनले बताइन ।
महिलाले जति संघर्ष र परिश्रम पुरुषले गर्नसक्दैनन् तर महिलालाई हेर्ने दृष्टिकोणमा सुधार हुन नसकेको महिला अधिकारकर्मी प्रतिक्षा बस्नेत बताउँछिन् । स्थानीय तहमा उपाध्यक्ष महिला भएका कारणले अलिकति महिलाहरू कहिँ न कहिँ हेपिएको अवस्था देखिएको उनको भनाई छ ।
कार्यालय चलाउनेदेखि निर्णायक ठाउँमा पुग्ने कुरामा पनि अलिकति हेपाइ नै हुन्छ । कुनै कुनै स्थानीय तहमा त ठीकै अवस्था छ । तर सबै ठाउँमा ठीक छैन । जुन अधिकार संविधान कानुनले उप–मेयरलाई दिएको छ त्यसअनुसार व्यवहार अनि कार्यान्वयनमा समस्या भएको सुन्दरहरैचा नगरपालिकाकी उप–प्रमुख धनमाया तामाङले बताइन । आफ्नो अधिकार प्रयोग गर्न पनि लडाई गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको उनको भनाई छ ।
स्थानीय तहमा योजना तर्जुमा संयोजक उप–मेयर तथा उप्र–मुख रहने प्रावधान छ । उप–प्रमुखलाई नै बजेटको कार्यकारी अधिकार संविधानले दिएको छ ।
नयाँ संविधान वमोजिम अधिकारसम्पन्न स्थानीय तहहरुको निर्वाचन भएर काम हुन थालेको लगभग ४ बर्ष भईसकेको छ । मोरङमा १ महानगरपालिका, ८ ओटा नगरपालिका र ८ गाउपालिका गरि १७ स्थानीय तह छन् । जहाँ सबै ठाउँमा महिला उप–प्रमुख छन् ।
देश पुर्नसंरचनामा गएपछि पहिलो सिकाई हो सबैको । अहिले आफ्नो अधिकारको बारेमा जानकारी लिर्दै जसोतसो अगाडि बढिरहेका महिलाहरुले केही हदसम्म काम गरेका छन् । सुरुमा समस्या भए पनि अहिले आफुलाई चित्त नबुझेको कुरामा प्रमुखसँग छलफल गर्न सक्ने भएका छन् ।
स्थानिय तहमा बजेटको कार्यकारी अधिकार उप–प्रमुखलाई नै दिईएको छ । तर कार्यान्वयन नभएको उप–प्रमुख महिलाहरुले बताएका छन् । प्रमुखले नै हस्तक्षेप गर्ने प्रवृति हावी भएको कटहरी गाउँपालिका उप–प्रमुख मन्जिताकुमारी सरदारले बताइन ।
देश पुर्नसंरचनामा गएपछि पहिलो सिकाई हो सबैको । अहिले आफ्नो अधिकारको बारेमा जानकारी लिर्दै जसोतसो अगाडि बढिरहेका महिलाहरुले केही हदसम्म काम गरेका छन् । सुरुमा समस्या भए पनि अहिले आफुलाई चित्त नबुझेको कुरामा प्रमुखसँग छलफल गर्न सक्ने भएका छन् ।
अहिलेका निर्वाचित जनप्रतिनिधिको समयावधि सकिन लगभग १ बर्ष मात्र बाँकी छ । अब अर्को निर्वाचनमा आउने जनप्रतिनिधिको अनुहार सायद नयाँ नै हुन्छ । फेरी स्थानीय तहमा उही अवस्था सिर्जना नहोला भन्न सकिन्न । अब महिला नै विषेश चनाखो भएर काम गर्नुपर्ने महिला अधिकारकर्मी बस्नेतको भनाई छ । आगामी निर्वाचनमा सक्षम महिलाले टिकट पाएको खण्डमा यस्ता समस्या कम हुने उनको भनाई छ ।
आगामी दिनमा यस्तो अवस्था नआओस भन्नका लागि अहिले निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरी अघि बढ्न सक्ने सक्षम महिला निर्वाचित भएर आएमा अहिलेको अवस्थामा सुधार आउन सक्ने बस्नेतले बताइन ।