काठमाडौं । कोरोना महामारीको बीचमा ‘लस्कर फुड्स डेलिभरी एण्ड सर्भिसेस’ सञ्चालनमा आएको छ । भौतिक रुपमा मानिसहरु रेष्टुराँमा उपस्थिति नहुने हुँदा ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्यले लस्कर फुड्स सञ्चालनमा आएको हो ।
अनलाइनबाट खानेकुरा अर्डर गर्न सकिने लस्कर फुड्सको कार्यालय काठमाडौंको ठमेल पकनाजोलमा रहेको छ । लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीका अनुसार, गुयास्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा काठमाडौंबाट सेवा सञ्चालनमा आएको हो । लस्कर फुड्सले ग्राहकले तोकेको समयसीमा भित्रै अर्डर गरिएका खानेकुरा डेलिभरि गर्नेसमेत उनले बताए ।
पछिल्लो समय काठमाडौं सहरका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन ई–कर्मस, फुड डेलिभरिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको कुरालाई मध्यनजर गर्दै सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरि गर्ने ओस्तीको भनाइ । बजारमा रहेका अन्य फुड डेलिभरि प्लेटफर्मभन्दा लस्कर फुड्स फरक रहेकोसमेत उनले बताएका छन् ।
गत सातादेखि सञ्चालनमा आएको लस्कर फुड्सको काठमाडाैंको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरी सञ्चालन भइरहेको छ । छोटो समयमा नै ग्राहको रोजाइमा परेको लस्कर फुड्समा ग्राहकले खानेकुरा अर्डर गर्दा विभिन्न अफर पाउने बताइएको छ ।
सुरुवाती चरणमा खाना पु¥याएको डेलिभरि चार्ज नलिने र दुईमा एक फ्री विरियानी योजना अघि सारेको छ । प्रभु–पे, ई–कर्मस, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए ।
अर्डरको लागि ठमेल पकनाजोलमा रहेको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट सकिने कम्पनीले जनाएको छ ।