काठमाडौं । गुण एयरलाइन्सले यती एयरलाइन्ससँग खरिद गरेको ५ वटा जेट स्टिम जहाजको स्वामित्व हस्तान्तरण गरेको छ ।
बिहीबार गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई यती एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले जहाजको स्वामित्व हस्तान्तरण गरेका हुन् ।
यस अघि गुण एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट ५ थान जे ४१ जेटस्ट्रिम जहाज उडानको अनुमति पाइसकेको छ ।
२ वटा बिचक्राफ्ट विमानको उडान अनुमति पाएको कम्पनीले थप ५ जेटस्ट्रिम जहाजको उडान अनुमति पाएको हो । अब गुणको फ्लिटमा ७ विमान हुनेछ । सबै जहाज काठमाडौं आधार हुने गरी उडान हुने कम्पनीले जनाएको छ ।
अहिले जहाजको रंगरोगन र एयरपोर्टको ह्याङ्गरको काम गरिरहेको र त्यो सकिने वित्तिकै व्यावसायिक उडान गर्ने अध्यक्ष शाक्यको भनाई छ । गुणले आफ्नो पहिलो व्यावसायिक उडान पोखराबाट गर्ने योजना बनाएको छ ।
गुण समुहले एयरलाइन्सलगायत दर्जनौं व्यवसायमा लगानी गरेको छ । समुहले गुण कोलोनी, गुण सिनेमा, गुण ज्वेलरी, गुण कोपरेटिभ, सनसाइन अपार्टमेन्ट, डेज इन होटल, किस्ट मेडिकल कलेज, एपीवान टेलिभिजन, दरबारमल, नेपाल फाइनान्सलगायतमा लगानी गरेको छ ।