एजेन्सी । अमेरिकाको ई–कमर्श कम्पनी अमेजन इंकका अध्यक्ष जेफ बेजोसलाई सेयर बजारले पुनः संसारकै सबैभन्दा धनी व्यक्ति बनाएको छ । कम्पनीको सेयर मूल्य बढेपछि बुधबार उनले सम्पत्तिमा नयाँ रेकर्ड राख्न पुगेका छन् ।
उनी २११ अर्ब डलरसहित विश्वको सबैभन्दा धनी व्यक्तिमा सूचिकृत भएका छन् । ५७ वर्षिय बेजोसलेको कम्पनी अमेजनको सेयर मूल्य ४.७ प्रतिशतले बढेपछि उनी अहिलेसम्मका धनी व्यक्ति बनेका हुन् । बेजोस विश्वकै सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति भएका व्यक्तिको सूचीमा अग्रस्थानमा रहंदै आएका छन् ।
ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार एकैदिनमा बेजोसको सम्पत्ति ८ अर्ब ४० करोड डलर थप भएको छ । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्ट कर्पोरेशनसँग १० अर्ब डलरको क्लाउड कम्प्युटि जेडी सम्झौता खारेज गरेपछि अमेजनको सेयर ४.७ प्रतिशतले बढेको थियो । ब्लूमबर्ग बिलिनियर इन्डेक्सले सन् २०१२ देखि बेजोसलाई धनीको सूचीमा राख्दै आएको छ ।
ब्लुमबर्गको इन्डेक्समा यति सम्पत्तिको नजिक पुग्ने टेस्ला मोटर कम्पनीका मालिक एलोन मस्क मात्र एकलो व्यक्ति थिए । गत जनवरीमा उनको सम्पत्ति २१० अर्ब डलर पुगेको थियो । उनको कम्पनी टेस्लाको सेयर मूल्य बढेपछि मस्कले सो उचाइ प्राप्त गरेका थिए ।
अहिले मस्कको कुल सम्पत्ति घटेर १८१ अर्ब डलर रहेको वेलायतबाट प्रकाशित हुने डेली मेलले अनलाइन संस्करणमा उल्लेख गरेको छ । उनको बेजोर र मस्कको सम्पत्तिमा दुरी बढेको छ ।
यस वर्ष विश्व धनाढ्यको सूचीमा दुई व्यक्तिले स्थान बनाउन सफल भएका थिए । यद्यपी गत मार्चको मध्यतिर अमेजनको सेयर २० प्रतिशतले बढेपछि बेजोसले पुनः आफ्नो विश्व धनाढ्यको अग्रस्थानलाई सुरक्षित राख्न सफल भएका थिए ।
गत सोमबार मात्र जेफ बेजोसले अमेजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका थिए । यद्यपी उनीसँग अझै पनि अमेजनको ५ करोड १० लाख कित्ता सेयर रहेको छ ।
ब्लुमवर्गका अनुसार पहिलो र दोस्रोमा क्रमशः बेजोस र मस्क रहेका छन । तेस्रो स्थानमा ब्रेन्ड आन्ल्र्डको १६९ अर्ब, बिल गेट्सको १४७ अर्ब, मार्क जुकरबर्गको १३१ अर्ब, ल्यारी पेजको ११५, सर्गेइ ब्रिनको १११ अर्ब, वारेन वफेटको १०१ अर्ब, स्टेपिन वालमरको ९९.८ अर्ब र ल्यारी इल्सनको ९६.३ अर्ब डलर रहेको छ ।