काठमाडौं । तीव्र रूपले रेमिट्यान्स् बजार विस्तार गरिरहको ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्झौता भएसँगै युके, युरोप, अमेरिका, मध्यपुर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिने भएको छ ।
अब धोरै लागतमा विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खाता तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाट वास्तविक समयमा पैसा पठाउन सक्ने ई–सेवाले जनाएको छ । सिफ्टमार्फत पठाएको रकम ई–सेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिन्छ । साथै सिधै ई–सेवा वालेटमा समेत रकम लोड गर्न मिल्ने बताइएको छ ।
युकेमा रहेको अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी सिफ्टले विश्वभर सजिलो, सुरक्षित र किफायति तरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । त्यस्तै सिफ्टले समय र दुरीको अवरोधलाई पार गराइ दु्रत रेमिट्यान्स् सेवामार्फत विश्वभरका मानिसहरूको आवश्यकता पूरा गर्दै आएको छ ।
एसिया, युरोप, अफ्किा, अष्टे«लिया, दक्षिण र उत्तर अमेरिकालगायतका विश्वका धेरै बैंक र एक्सचेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको सिफ्टका विश्वभर २ लाख ५० हजार बढी स्थानमा नेटवर्क सञ्जाल छ ।
ई–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । ई–सेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई ८ हजार बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई–सेवा मनी ट्रान्सफरले देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको छ । ई–सेवा मनी ट्रान्सफर एफवान सफ्ट ग्रुपको भगिनी कम्पनीसमेत छ ।