काठमाडौं । हिमालय एयरलाइन्सको टिकट अब वेबसाइटबाटै बुक गर्न सकिने भएको छ । एयरलाइन्सले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेसँगै यात्रुहरुले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एयरलाइन्स्को वेबसाइट बाट बुकिङ्ग गर्न सकिने जनाएको छ । यसबाट यात्रुहरुलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ ।
अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न । टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्ने छन् ।
एयरलाइन्स्ले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्व वुुकिङ्ग, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाएको छ ।
एयरलाइन्सका अध्यक्ष जोउ इन्योङ्ले यात्रुलाई बढी भन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताए । अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा खुशी भएको उनको भनाई छ ।
‘लकडाउनको अवधि प्रयोग गरिरहेका थियौं र अहिलेको कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै हामी हाम्रा यात्रुहरूको भौतिक सम्पर्करहित बुकिङ्ग र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौं ’,अध्यक्ष इन्योङ्ले भने ।
उपाध्यक्ष विजय श्रेष्ठले हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्ग अनुभवको निम्ति यो प्लेटफर्म कम्पनीको लागि कोसेढुङ्गा साबित हुने बताए ।
यो नयाँ सेवाबाट हिमालयले ग्राहकहरुका लागि सहज र निर्बाध टिकट बुकिङ्ग अनुभव सुनिश्चित गर्नका लागी तैयारी गरिरहेको उनको भनाई छ ।