काठमाडौं । एक वर्षयता कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाका कारण विश्वभर अनलाइन गतिविधिहरु नाटकीय रुपमा बढेका छन् । सबै क्षेत्रहरु डिजिटल रुपान्तरणको बाटोमा छन् ।
भौतिकरुपमा सञ्चालन भइरहेको धेरै व्यवसायहरु आफूलाई अनलाइन वा भर्चुअल विधिमा स्थानान्तरण गर्न हरसम्भव प्रयास गरिरहेका छन् । चाहे त्यो वर्कफ्रम होम होस्, डिस्ट्यान्स लर्निङ, भर्चुअल सभा समारोह हुन् वा भर्चुअल व्यापार व्यवसाय ।
अनलाइन गतिविधिमा भइरहेकोे यो नाटकीय वृद्धिले डेटा उपभोगिता र उत्पादनलाई ठूलो बल पुर्याएको छ । अन्तर्राष्ट्रिय डेटा कर्पोरेसन आईडीसीका अनुसार २०२० मा मात्र मानिस र कम्प्युटरले ६४ जिट्टाबाइट अर्थात् ६४ खर्ब गिगाबाइट डेटा उत्पादन गरेको तथ्याङ्क छ । यसरी विश्वमा डेटा उत्पादन र उपभोगको परिमाण र श्रृंखला बढिरहँदा यी डेटालाई भण्डारण तथा व्यवस्थापन गर्ने डेटा तथा क्लाउड स्टोरेज व्यवसायले पनि अहिले विश्वभर नै व्यापक वृद्धि हासिल गरिरहेको छ ।
गत वैशाख १७ बाट जारी भएको दोस्रो निषेधाज्ञा पछि नेपालमा इन्टरनेट ब्याण्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले वृद्धि भएको इन्टरनेट सेवा प्रदायकहरुको साझा संस्था आईस्पानले बताएको छ । यसको अर्थ डेटा उपयोगिता र उत्पादन पनि यहिँ अनुपातमा असाध्यै बढेको छ ।
अनलाइन गतिविधिमा भइरहेकोे यो नाटकीय वृद्धिले डेटा उपभोगिता र उत्पादनलाई ठूलो बल पुर्याएको छ । अन्तर्राष्ट्रिय डेटा कर्पोरेसन आईडीसीका अनुसार २०२० मा मात्र मानिस र कम्प्युटरले ६४ जिट्टाबाइट अर्थात् ६४ खर्ब गिगाबाइट डेटा उत्पादन गरेको तथ्याङ्क छ । यसरी विश्वमा डेटा उत्पादन र उपभोगको परिमाण र श्रृंखला बढिरहँदा यी डेटालाई भण्डारण तथा व्यवस्थापन गर्ने डेटा तथा क्लाउड स्टोरेज व्यवसायले पनि अहिले विश्वभर नै व्यापक वृद्धि हासिल गरिरहेको छ ।
दुई चरणको निषेधाज्ञाका कारण सरकारी निकाय तथा संस्थाहरु निरन्तर डिजिटाइज भइरहेको कारण सरकारी तथ्यांक भण्डारण गर्ने संख्या गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर जीआईडीसीको डेटा सेन्टर पनि भरिने अवस्थामा रहेको जीआईडीसीका सूचना अधिकारी तथा सहायक निर्देशक रमेशप्रसाद पोखरेल बताउँछन् ।
‘पछिल्लो लकडाउनका कारण डेटा भोल्यूम अघिल्लोको तुलनामा दुई गुणा बढेको छ,’ पोखरेल भन्छन्, ‘सरकारी वेबसाइट र एपहरु बनाउने र अपडेट गर्ने काम जारी छ । स्पेसको माग बढिरहेको छ । हामी माग हेरिरहेका छौं । कोभिडको तेस्रो लहर चलेको खण्डमा हाम्रो अहिलेको पूर्वाधारले थेग्न सक्ने छैन यसैले अगामी आर्थिक वर्षमा आवश्यकता हेरी बढाउने सोचमा छौंं ।’
सरकारी निकाय बाहेक हाल सबै बैंक तथा बिमा, कर्पोरेट हाउस, अस्पताल, न्युजपोर्टलहरु डिजिटाइजेसनको अवस्थामा छन् । आफ्ना महत्पूर्ण र संवेदनशील जानकारीको सुरक्षाका लागि देश तथा विदेशका क्लाउड तथा डेटा स्टोरेज सेवा प्रदायक कम्पनीहरुको सपोर्ट लिने गरेका छन् ।
जारी निषेधाज्ञा र डिजिटाइजेसनको प्रचलनले कम्पनीहरुलाई क्लाउड सेवामा अनबोर्ड गर्ने राम्रो अवसर मिलेको क्लाउड सेवा प्रदायक कम्पनी सिल्भर लाइनिङका समिर श्रेष्ठ बताउँछन् । निषेधाज्ञा जारी हुने भएपछि सुरुमा त कम्पनी आफै आत्तिएको तर डिजिटाइजेसनको प्रचलन बढ्न थालेपछि अपेक्षा गरेको भन्दा राम्रो भइरहेको श्रेष्ठ बताउँछन् ।
‘हामी विशेषगरी प्राइभेट क्लाउड सेवा दिन्छौं । हामीले सेवा दिने बैंक, वित्तीय संस्था, सहकारी, ट्राभल एजेन्सीहरुले निषेधाज्ञाका कारण शाखा तथा सेवा बन्द गर्न पर्यो त्यसैले डेटा भोल्यूम खासै बढ्न पाएन । तर डिजिटाइजेसनका कारण क्लाउड र सर्भरको आवश्यकता अन्य कम्पनीहरुले पनि महसुस गरेको हुँदा धेरै सोधपुछहरु आए ।
सबैले सेवा डिप्लोय गरेर लाइभमा गएका छैनन् तर आवश्यकता महसुस गरेका छन् र कति प्रोजेक्ट अहिले पाइपलाइनमा छन् । दशैंसम्मको लक्ष्य लिएका छौं । हाम्रो क्षेत्रले वृद्धि हासिल गर्छ भन्ने कुरामा आशावादी छौं ।’ समिरले भने ।
लकडाउन खुकुलो भएसँगै बैंकहरुले पनि नयाँ एप्लिकेसन ल्याउने तयारी गरिरहेको हुँदा प्रोजेक्ट अनबोर्डका काम पाइपलाइनमा रहेको उनले जानकारी दिए ।
नेपालभर हाल १८ देखि २० वटासम्म डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक कम्पनीहरु सञ्चालनमा रहेको नेपाल डेटा सेन्टर सोसाइटीका उपाध्यक्ष अरुण श्रेष्ठ बताउँछन् । यी बाहेक पनि कतिपय ठूला बैंक तथा कर्पोरेट हाउसहरुले त आफ्नै इनहाउस डेटा सेन्टर चलाइरहेको छन् ।
२०७२ सालमा गएको भूँइचालो पछि कम्पनीहरुले नेपालमा डेटा तथा क्लाउड उद्योगको सपोर्ट लिने संख्या तुलनात्मकरुपमा बढेको अर्को क्लाउड स्टोरेज सेवाप्रदायक कम्पनी डेटा हबकी विजनेस डेभलपमेन्ट अफिसर रजनी कार्की बताउँछिन् ।
नेपालभर हाल १८ देखि २० वटासम्म डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक कम्पनीहरु सञ्चालनमा रहेको नेपाल डेटा सेन्टर सोसाइटीका उपाध्यक्ष अरुण श्रेष्ठ बताउँछन् । यी बाहेक पनि कतिपय ठूला बैंक तथा कर्पोरेट हाउसहरुले त आफ्नै इनहाउस डेटा सेन्टर चलाइरहेको छन् । २०७२ सालमा गएको भूँइचालो पछि कम्पनीहरुले नेपालमा डेटा तथा क्लाउड उद्योगको सपोर्ट लिने संख्या तुलनात्मकरुपमा बढेको अर्को क्लाउड स्टोरेज सेवाप्रदायक कम्पनी डेटा हबकी विजनेस डेभलपमेन्ट अफिसर रजनी कार्की बताउँछिन् ।
भूइँचालो पछि लकडाउनका कारण डेटा स्टोर तथा क्लाउड सेवा उद्योगमा ग्राहकको माग बढेको उनको बुझाई छ । डेटा हबको हाल काठमाडौं र बुटवलमा गरी दुइवटा क्लाउड स्टोरेज छ ।
तर डेटा स्टोरेज तथा क्लाउड उद्योगको बारे मानिसहरुलाई थाहा नहुँदा निषेधाज्ञाले प्रदान गरेको यति ठूलो अवसरमा पनि सोचे अनुरुप उद्योग फस्टाउन नसकेको अर्को क्लाउड सेवा प्रदायक कम्पनी क्लाउड हिमालयका रामेश्वर यादव बताउँछन् ।
‘जति पनि इन्टरनेट गतिविधि भइरहेका छन् ती सबैको मुटु हो हाम्रो क्लाउड उद्योग तर यसबारे मानिसहरुलाई थाहा छ नत सरकारलाई नै,’ यादव भन्छन्,
क्लाउड उद्योगको कामको प्रकृतिलाई बुझेर सरकारले यसलाई अत्यावश्यक र संवेदनशील सेवाभित्र राख्नुपर्ने यादवको माग छ ।
यादव अगाडी भन्छन्, ‘हाम्रो सेवा बन्द भयो भने सबै इन्टरनेट गतिविधि नै बन्द हुन्छ ।
हामी पनि आईएसपी र टेलिकम जति नै अत्यावश्यक हौं । तर हाम्रो काम के हो र कस्तो हो भनेर सबैले बुझेका छैनन् । निषेधाज्ञामा काम गर्न हामीलाई निकै गाह्रो भयो । पासको सुविधा पनि दिइएन, ।’
यी बाहेक सर्भर तथा क्लाउडलाई हरेक समय सक्रिय राख्न मद्दत गर्ने विद्युत सेवाको समेत नेपालमा समस्या भएको क्लाउड उद्योगीहरुको गुनासो छ ।
सरकारले संवेदनशिल डेटा तथा जानकारीहरु देशभन्दा बाहिर जनाउन् भन्ने उदेश्यले देशभित्रैका क्लाउड कम्पनीमा डेटा होस्ट गर्ने प्रावधान बनाएको छ । तर अझै पनि अधिकांश कम्पनीहरु देश बाहिरकै एडब्लुएस, माइक्रोसफ्ट अज्योर, ब्लुओसन जस्ता कम्पनीहरुमा डेटा होस्ट गरेको कारण पनि स्वदेशी क्लाउड उद्योग सोचेजसरी बढ्न नसकेको उनीहरुको गुनासो छ ।
तर स्वदेशी क्लाउड उद्योगहरुको प्राविधिक सहयोग तथा सेवा सहजताको मामिलामा कमजोर र चर्को मूल्य भएको कारण आफूहरुले विदेशी क्लाउड कम्पनीमा डेटा होस्ट गर्न परेको नेपालका सफ्टवेयर कम्पनीहरु बताउँछन् ।
डिजिटल ओसनमा डेटा होस्ट गरिरहेका नेक्टर डिजिटका संस्थापक अमृत स्पर्श भन्छन्,‘ बाहिर पाँच डलरमा पाउने त्यहीँ स्पेसिफिकेसनको सर्भर नेपालमा ५, ६ गुणा बढि हुन्छ । जति बेला डेटा सपोर्ट चाहिन्छ त्यो उपलब्ध हुँदैन ।’
सरकारले संवेदनशिल डेटा तथा जानकारीहरु देशभन्दा बाहिर जनाउन् भन्ने उदेश्यले देशभित्रैका क्लाउड कम्पनीमा डेटा होस्ट गर्ने प्रावधान बनाएको छ । तर अझै पनि अधिकांश कम्पनीहरु देश बाहिरकै एडब्लुएस, माइक्रोसफ्ट अज्योर, ब्लुओसन जस्ता कम्पनीहरुमा डेटा होस्ट गरेको कारण पनि स्वदेशी क्लाउड उद्योग सोचेजसरी बढ्न नसकेको उनीहरुको गुनासो छ ।
अर्को सफ्टवेयर कम्पनी सोच वेयरकी सीईओ इडा रिजालका अनुसार ग्राहकको चाहानाअनुसार व्यक्तिगत डेटा नेपाली कम्पनीमै पनि होस्ट गराउने गरेको तर कम्पनीको डेटा भने एडब्लुएसमा गराइरहेको बताउँछिन् ।
उनी भन्छिन्, ‘नेपाली कम्पनी पनि राम्रै छन्, तर डाउन भयो भने सेवा चहिँ अलिक राम्रो हुँदैन । कति धेरै इस्यु आउने गर्छ, सर्भरमा धेरै परिवर्तन गरिरहेका हुन्छन् । सुरक्षाको कुरामा हामीले एप्लिकेसन लेभलबाटै पनि सुरक्षा कायम गरिरहेका हुन्छौं तर क्लाउडको हकमा भने सुरक्षा कमजोर कति धेरै भेटेका छौं ।
तर एडब्लुएसमा तुलनात्मक रुपमा राम्रो हुन्छ । काम गर्न पनि हामीलाई सजिलो हुन्छ । एडभान्स भीपीएनहरु प्रयोग गर्न पर्यो भने पनि वर्केकबल हुन्छ । सेवाहरु अनुसार पनि राम्रो हुन्छ ।’
अर्कोेतर्फ माइक्रोसफ्टको क्लाउड स्टोरेज कम्पनी अज्योरको व्यापार भने नेपालमा गत वर्षभन्दा अहिलेको वर्ष ५० प्रतिशतले बढेको माइक्रोसफ्ट अज्योर नेपालमा बजार व्यवस्थापक सुवास मानन्धर बताउँछन् । अझ यसै वर्षबाट दुई चारवटा ठूला कम्पनीहरुले त आफ्नो कोर एप्लिकेसन पनि अज्योरको क्लाउडबाट चलाउन थालेको मानन्धरले सुनाए ।
‘पहिले बैंक र गैरनाफामूलक संस्थाहरुले हाम्रो सेवा लिएका थिए भने अहिले बिमा र कर्पोरेट पनि अनबोर्ड हुन थालेका छन् ।’यी बाहेक माइक्रोसफ्टको नेपाल शाखाबाट नभई सिधै कार्ड प्रयोग गरेर पनि २० वटा नेपाली कम्पनीहरुले सिधै माइक्रोसफ्ट अज्योरको कोर सिस्टम चलाइरहेको मानन्धर बताउँछन् ।
‘पहिले बैंक र गैरनाफामूलक संस्थाहरुले हाम्रो सेवा लिएका थिए भने अहिले बिमा र कर्पोरेट पनि अनबोर्ड हुन थालेका छन् ।’यी बाहेक माइक्रोसफ्टको नेपाल शाखाबाट नभई सिधै कार्ड प्रयोग गरेर पनि २० वटा नेपाली कम्पनीहरुले सिधै माइक्रोसफ्ट अज्योरको कोर सिस्टम चलाइरहेको मानन्धर बताउँछन् ।
अज्योर बाहेक यसवर्ष माइक्रोसफ्टको प्रोडक्टिभिटी टूल्स तथा सेवा ‘अफिस ३६५’ को व्यवसाय ३० देखि ४० प्रतिशत बढेको उनले बताए ।
अलिबाबा क्लाउडको आधिकारिक वितरक टेलिनेटका बिक्री व्यवस्थापक विनोद महर्जन पनि नेपालमा क्लाउड उद्योगको एकदमै ठूलो सम्भावना रहेको तर चेतनाको कमिले राम्रो गति लिन अझै तीन चार वर्ष लाग्न सक्ने बताउँछन् ।
‘क्लाउड कम्प्युटिङ नेपालमा भविष्य बन्ने देखिन्छ,’ महर्जन भन्छन्, ‘नेपालमा आवश्यक्ता बढेको छ तर बिजनेसमै आमूल परिवर्तन भएको छैन । यसबीच आफ्नै फिजिकल प्राइभेट सर्भर राखेका कम्पनीहरुले पनि त्यो काम लाग्दैन भन्ने बुझेर क्लाउडमा स्विच गर्न थालेका छन् ।’
तर क्लाउडमा एकैपटक स्विच गर्न भनेको जस्तो सजिलो पनि हुँदैन । सुरुमा त यस विषयमा बुझ्न आवश्यक छ । बजेटका कुरा पनि आउँछन् ।
तर पब्लिक सर्भर भए वेबसाइटमा आउने ट्राफिक र प्राइभेट भए डेटाको भोल्यूम अनुसार क्लाउड सेवाको शुल्क पनि एकदमै लचिलो हुने व्यवसायीहरु बताउँछन् । कम्पनीको प्रयोजन र डेटाको भोल्यूम, ट्राफिक सम्पूर्ण कुराको अध्ययन गरी आर्किटेक्चर बनाएर मात्र कम्पनीले शूल्क निर्धारण गर्दछन् ।
पछिल्लो समय नेपालमा क्लाउड उद्योग र कम्प्युटिङको भविष्य थप आशावादी बन्दै गइरहेको छ । नेपालमा क्लाउड कम्प्युटिङका लागि मानव संसाधनको पनि कमि भएको कारण विदेशबाट पनि आउटसोर्सिङ गर्न परिरहेको सिल्भर लाइनिङका समिर श्रेष्ठ बताउँछन् ।
निषेधाज्ञाका कारण क्लाउडको आवश्यकता महसुस गरी यसबारे चेतना बढ्दै गइरहेको कारण यो उद्योग पनि फस्टाउने कुरामा आफू निर्धक्क रहेको नेपाल डेटा सेन्टर सोसाइटीका उपाध्यक्ष अरुण श्रेष्ठले बताए ।
के हो डेटा स्टोरेज ?
डेटा स्टोरेज भनेको तपाईं हामी तथा ठूला कम्पनी, बैंक वित्तीय संस्था, अस्पताल, सञ्चार माध्यम आदिले उत्पादन गरेको डिजिटल डेटालाई भण्डारण गरी राख्ने एउटा स्टोर हो । यो परम्परागत फिजिकल तथा भर्चुअल क्लाउड दुबै किसिमका हुन्छन् ।
अनलाइन पोर्टलहरुको ट्राफिकलाई व्यवस्थापन गर्ने सर्भरदेखि विभिन्न संस्था तथा कम्पनीको डेटालाई यसले स्टारेज तथा आवश्यक परेको समयमा नियन्त्रण र एक्सेस प्रदान गर्दछ ।