काठमाडौं । प्रोटोनको बहुप्रतिक्षित पहिलो एसयूभी प्रोटोन एक्स सेभेन्टी भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक भएको छ ।
भर्चुअल कार्यक्रमको उद्घाटन गर्दै शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले प्रोटोनको सेवा, सुविधा, पाठपुर्जाको उपलब्धता र विश्वसनियताबारे प्रतिबद्धता जनाउँदै चाँडै नै प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत मुलुकभर पुर्याउने बताएका छन् ।
प्रिमियम इन्टेलिजेन्ट एसयूभीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा रहेको इन्टेलिजेन्ट किले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्छ । यदि ढोका राम्रोसँग लक भएको छैन भने त्यसको सूचना दिन्छ जसले गाडीभित्र रहेको सामान चोरी हुन वा हराउन बाट जोगाउँछ ।
यसमा रहेको अत्याधुनिक भ्वाइस कमान्ड सिस्टमले गाडी भित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा सम्पन्न गराउँछ । भ्वाइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफुले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका बिभिन्न फिचर्स बारे सोधपुछ देखि लिएर गाडीको परै सिस्टम कन्ट्रोल गर्न सक्ने सम्म काम गर्छ ।
साथै यस गाडीमा अत्याधुनिक मोबाइल कनेक्टिभिटि टेक्नोलोजी समेत समावेश गरिएको छ, जसअन्तर्गत चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सक्नेछन् ।
सुरक्षाका अत्याधुनिक फिचर्सहरु समावेश भएको यस एसयूभीमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गको थ्रीडी होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर समाहित रहेका छन् । जुन इन्टेरियर लाइटिङ्ग र गाडीको आवाजसंग कनेक्टेड हुन्छन् ।
आउने अप्ठ्यारा परिस्थितिको चेतावनी दिइरहन्छन् ।
यसैगरी यसमा रहेको प्रिकोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ । यदि कुनै वस्तुसँग ठोक्किन लागेका चाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्छ ।
क्षमताको दृष्टिकोणले समेत यो गाडी एकदमै शक्तिशालीे छ । उच्चस्तरीय अन्तराष्ट्रिय कम्पनी भल्भोसँग मिलेर प्रोटोनले संयुक्त रुपमा यसमा रहेको १.५ लिटरको टर्बोचार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टीजीडीआइ) थ्री सिलिन्डर इन्जिन प्रयोग गरेको छ ।
जसले कम तेल खपत, कम फ्रिक्सन क्षती, छिटो रेस्पोन्स र गज्जबको ड्राइभिङ् अनुभव प्रदान गर्दछ । यसले अधिकतम १५ सयदेखि चार हजार आरपीएमको टर्क प्रदान गर्छ ।
पाँच स्टार सेफ्टी रेटिङ पाएको यस गाडीको ५ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यसको सुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ पर्छ ।