काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको बहुप्रतिक्षित मोडल ‘प्रोटोन एक्स सेभेन्टी’ नेपालमा सार्वजनिक हुने भएको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी असार १६ मा उक्त नयाँ मोडललाई एक भर्चुअल समारोहमार्फत सार्वजनिक गर्दैछ ।
यसअघि नै सार्वजनिक हुने भनिएको उक्त मोडल दोस्रो लहरको कोरोना भाइरसले निम्ताएको असहज परिस्थितिका कारण रोकिएको थियो । प्रोटोन एक्स सेभेन्टीका बारेमा कुरा गर्दा यो अत्याधुनिक फिचर्स तथा डिजाइनले भरिपूर्ण आकर्षक एसयूभी हो ।
यस गाडीको एक्सटेरियर डिजाइनको कुरा गर्दा यसमा बो सेपको फ्रन्ट बम्पर, फ्लोटिङ रुफ डिजाइन, बाघको जस्ता आँखाको आकार भएको एलईडी हेडल्याम्प, दिउँसो बल्ने एलईडी ल्याम्प, पानी परेको थाहा दिने वाइपर्स, पानारोमिक सनरुफ तथा कि सेन्सरको साथ पावर टेलिगेट जस्ता धेरै आकर्षक फिचर छन् ।
जसले यसलाई अरुभन्दा फरक र आकर्षक बनाउँछ । यसको इन्टेरियरमा छालाबाट बनेको सिट र स्टेरिङ ह्वील छ । यसमा रेडियो नियन्त्रण र ब्लुटुथ फोन नियन्त्रण प्रणाली पनि समावेश गरिएको छ ।
यस्तै आठ इन्चको ठूलो स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर छन् । यसमा एन ९५ केबिन फिल्टर, ६ यु एस् बी पोर्टहरू तथा भेंटिलेटेड फ्रन्ट सिट यस एसयुभीको इन्टेरियरमा रहेका छन्।
यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली छ। यसमा रहेको १.५ जीडीआई टर्बोचार्ज डाइरेक्ट इन्जेक्शन इन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ सात स्पिड डीटीसी प्रदान गर्दछ भने इन्टेलिजेन्ट रियल टाइम चार डब्लूडी डुअल–मोड इलेक्ट्रिक पावर स्टीयरिंग तथा प्रोटन ट्युन्ड चेसिसले हिल होल्ड असिस्ट र हिल डिसेन्ट असिस्टमा सहायता पुर्याउँछन् ।
सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी एकदमै भरपर्दो रहेको छ। फाइभ स्टार सेफ्टी रेटिङ्ग पाएको यस गाडीमा ६ ओटा एयरब्याग्स छन्। यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाईन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्री डी क्यामेरा, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुरक्षाका सुविधाहरु रहेका छन्।
प्रोटोन एक्स सेभेन्टीको भर्चुअल लञ्च कार्यक्रम सोही मितिको साँझ ४ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।
उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ रहेको द न्युँ प्रोटोन एक्स सेभेन्टी भर्चुअल लन्च इभेन्टमा क्लिक गरि गोइङ वा इन्ट्रेस्टेडमा मा क्लिक गर्नुपर्ने हुन्छ । साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ।