एजेन्सी । अहिले विश्व बजारमा खनिज इन्धन (पेट्रोलियम) पदार्थको मूल्य निरन्तर रुपमा बढिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर प्रति ब्यारल ७५ डलर नजिक पुगेको छ । यो ३ वर्षयताको सर्वाधिक मूल्य हो । यो निरन्तर बढीरहेकाले केही समयभित्रै ब्यारलको १०० डलरको उचाई छुने अनुमान गरिएको छ ।
गत वर्ष यहि समयमा कोभिडको महामारीका कारण विश्व अर्थतन्त्र र कच्चा तेलको माग ओरालो लागेको थियो । तर यस वर्ष माग बढ्नुका साथै आपूर्ति कम हुँदा २०१४ पछि पहिलोपटक तेलको मूल्य प्रति ब्यारल १०० डलर पुग्ने बजारको पूर्वानुमान छ । तेलको भाउ निरन्तर उकालो लाग्दा उत्पादन लागत थप हुँदा विश्व बजारमा महंगी बढाउने देखिएको छ ।
अहिले तेलको मूल्य बढ्नुको पछाडी विभिन्न तत्वहरुको प्रत्यक्ष भूमिका छ । गत वर्ष गोल्डम्यान सचेचले भने जस्तै आगामी छ महिनामा कच्चा तेलको माग अहिलेसम्मकै उच्च हुनेछ । यस वर्षको चौंथो त्रैमासिकसम्म तेलको उपभोग महामारी अघिकै अवस्थामा पुग्ने अपेक्ष गरिएको छ ।
यो पनि हेर्नुहोस
उचालिँदै पेट्रोलियम पदार्थको मूल्य, चेपिँदै उपभोक्ता
२०२२ मा तेलको माग २०१९ को भन्दा धेरै हुनेछ । जसले तेलको वार्षिक मागमा नयाँ रेकर्ड राख्नेछ । कोभिड १९ कारण विश्वभर लागू भएको यात्रामाथिको प्रतिबन्ध सकिएसँगै अर्थतन्त्र पनि माथि उठ्ने प्रयास गरिरहँदा अहिले इन्धन र पेट्रोकेमिकलहरुको माग बढिरहेको छ । आपूर्तितर्फ तेलको मूल्य वृद्धिको अर्को पनि एउटा कारक तत्व छ ।
तेल निर्यात गर्ने मुलुकहरुको समूह (ओपेक) अलायन्सले विश्वमा आपूर्ति हुने तेलको ठूलो हिस्सा ओगट्छ । जसले यस वर्ष तेलको बजारलाई कडा गर्ने नीति लिएका छ । साउदी अरेबियाका उर्जामन्त्री, राजकुमार अब्दुलाजिज बिन सलमान ओपेक राष्ट्रहरुलाई निरन्तर चेतावनीको संकेत दिदैँ व्यापारीहरुलाई तेलमाथि बाजी नलगाउन महिनौंदेखि चेतावनी दिइरहेका छन् ।
यो पनि हेर्नुहोस
विश्वकै ठूलो तेल कम्पनी जसले सेयरधनीलाई बाँड्दै छ ७५ अर्ब डलर लाभांश
जून महिनाको प्रारम्भमा राजकुमार अब्दुलाजिजले मागलाई पुरा गर्ने आपूर्ति पर्याप्त हुने तर ओपेकले आपूर्ति गर्नु अघि मागको अवस्था सधै हेर्नुपर्ने बताएका थिए ।
अहिले जारी परमाणु सम्झौता यहिँ वर्षको ग्रिष्ममा सफल भयो भने इरानबाट थप तेल आपूर्ति हुने र मूल्य पनि सस्तिने अपेक्षा गर्न सकिन्छ ।
तर, गत वर्षको लामो महामारीमा अर्बौं डलर आम्दानी गुमाएको तेलमा निर्भर ओपेक मुलुकहरुले भने तेलको मूल्यलाई उच्च राख्न केही समय आपूर्तिलाई कडा नै बनाइराख्ने सम्भावना छ ।
यो पनि हेर्नुहोस
विश्वमा ऊर्जामा लगानी बढ्दो, यो वर्ष १९ खर्ब डलर पुग्ने
गत वर्ष बजार बन्द हुँदा ओपेक मुलुकहरुले करिब ३ खर्ब ३५ अर्ब अमेरिकी डलर गुमाउनु परेको थियो । हाल मूल्यलाई उच्च राखेर यी मुलुक सोही घाटाको भर्पाई गर्न चाहिरहेको वूड म्याकेन्जी बताउँछन् ।
हालका लागि ओपेक मुलुकहरुले पनि सन्तुलित कदम उठाउनुपर्ने आवश्यकता छ । किनभने तेलको चर्को मूल्यले पुनस्र्थापनाको दिशातिर अगाडी बढिरहेको विश्व अर्थतन्त्रलाई झनै सुस्त बनाउँछ । तेलको मूल्य लामो समयसम्म ७० डलरभन्दामाथि अडिग रहने हो भने ओपेक मुलुक बाहिरका तेल उत्पादक मुलुकहरुलाई यसले लाभान्वित गराउनेछ ।
यो पनि हेर्नुहोस
भेनेजुयला बन्यो सबैभन्दा बढी पेट्रोलियम पदार्थ सञ्चित गर्ने मुलुक, ३०४ अर्ब ब्यारेल रहेको अनुमान
अमेरिकी कच्चा तेल सेल प्याचले पनि आफ्नो पूँजीगत अनुशासनलाई कायम गरिरहेको छ भने यसवर्ष उसले खुल्ला नगद प्रवाहको रेकर्ड राख्ने अपेक्षा गरिएको छ । तर तेलको मूल्य लामो समयसम्म उच्च रहिरहेमा यसले आगामी वर्ष थप तेल आपूर्ति बढाउन सक्नेछ ।
पछिल्लो सप्ताहमा बजारमा देखापरेको ‘बुलिस सेन्टिमेन्ट’का कारण विश्वका ठुलाठुला कमोडिटी ट्रेडर्सहरुले पनि तेलको मूल्य ब्यारलको १०० डलरसम्म पुग्ने सम्भावनामाथि विश्वस्त बनिरहेका छन् ।
कमोडिटी ट्रेडर्स कम्पनी भिटोलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रसल हार्डीले पनि अहिलेको अत्याधिक बुलिस कृतिम बजारका कारण सिर्जना भएको र यसले तेलको मूल्यलाई १०० प्रति ब्यारलसम्म पुर्याउने चेतावनी दिएका छन् ।
तर तेलको मूल्य १०० डलर प्रति ब्यारल पुग्ने कुरा आगामी वर्षहरुमा सामान्य भएर जाने अनुमान गरिएका छन् । नयाँ आपूर्तिमा लगानीको कमी र विश्वभर तेलको माग बढ्ने कारण २०२५ को आसपास आपूर्ति कम हुने देखिने अनुमान गरिएको छ ।
(आयल प्राइस डटकमको सहयोगमा)