काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन १ महिनाभित्रमा संयुक्त प्राविधिक समितिको बैठक बस्ने सहमति भएको छ । श्रम समझदारी भएको ८ महिना वितिसक्दा समेत रोजगारी नखुलेको भन्दै चौतर्फी विरोध भइरहेको बेला मलेसिया र नेपालका प्रतिनिधिहरुबीच छलफल हुन थालेको हो ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्विट्जरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँग मंगलबार भएको भेटमा प्राविधिक समितिको बैठक बस्ने सहमति भएको हो ।
भेटमा नेपालका तर्फबाट श्रम सचिव दाहालले श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगोमा पुर्याउन आग्रह गरेका थिए । नेपालले हालसम्म गरेका कामको विषयमा जानकारी दिँदै समझदारीलाई लामो समयसम्म राख्न नहुनेमा सचिव दाहालले जोड दिएका मन्त्रालयका सहसचिव रामप्रसाद दाहालले जानकारी दिए ।
मलेसियाको तर्फबाट प्राविधिक समितिको बैठक आफ्नै देशमा राख्ने प्रस्ताव गरेको उनको भनाई छ । यस विषयमा केही समयभित्रै टुंगो दिने बताए ।
मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले पनि श्रम समझदारीलाई कार्यान्वयनमा ल्याउन आतुर रहेको जवाफ दिएका थिए । तत्काललै नेपाली कामदारहरु मलेसियामा आउने वातावरण बनाउन आफूहरु तयार रहेको बताउँदै संयुक्त प्राविधि समितिले अस्पष्ट रहेका विषयहरुसमेत छलफल गरी बाटो खुला गर्ने विश्वास लिएको मानव संसाधन मन्त्री एम कुलासेगरनको भनाइ उदृत गर्दै एक प्रतिनिधिले भने ।
कात्तिक ११ गते दुई देशबीच भएको श्रम समझदारीमा दुवै देशका प्रतिनिधिहरुबीच प्राविधिक समिति बनाइ आवश्यक कामहरु अगाडि बढाउने निर्णय भएको थियो ।
श्रम सझदारी लगत्तै बसेको प्राविधिक समितिको वैठकले कलिङ भिसा लिएकाहरुलाई तत्कालै रोजगारीको लागि पठाउने निर्णय गरेको थियो ।
तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने केही प्राविधिक विषयहरु नमिलेको भन्दै कलिङ भिसा आएकाहरुलाईसमेत मलेसिया जानबाट रोक लगाएका थिए ।
मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि भन्दै मन्त्रालयले सूचीकृतका लागि आह्वान गरेका थिए । तर नेपालस्थित मलेसिया राजदुतावासले स्वास्थ्य व्यवसायी महासंघलाई स्वास्थ्य परीक्षण गराउँदै आएका ३७ ओटा संस्थालाई नै काम गराउन पत्र पठाएपछि श्रम मन्त्रालय संसकित भएको छ ।
यो पनि पढ्नुहोस् ।