काठमाडौं । इलेक्ट्रिक दुइपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाल भित्रियका छन् । कुजु नेपाल प्रालिले याडिया ब्राण्डका प्रिमियम स्कुटर नेपाल भित्र्याएको हो ।
कुजु नेपालले नेपाली बजारका लागि उपयुक्त हुने याडियाको युरोपियन स्ट्यान्डर्डका उत्कृष्ट स्कुटर ल्याएको जनाएको छ । कुजुकाअनुसार, हाल ‘जी फाइभ, सी वान एस र एस–लाइक’ गरी तीन मोडलका स्कुटर टंगालमा रहेको सोरुमबाट ग्राहकाले गरिद गर्न सक्छन् ।
चीनमा उत्पादन गरिएको सो स्कुटर विश्वका ८० भन्दा धेरै देशमा बिक्री भएको कम्पनीले जनाएको छ । साथै याडिया सन् २०२० मा सर्वाधिक इलेक्ट्रिकल स्कुटर बिक्री हुने कम्पनीसमेत बनेको थियो ।
जी फाइभ स्कुटरको विशेषता
प्रतिघण्टा ६० किलोमिटरको रफ्तारमा चलाउन सकिन्छ । साे स्कुटरलाई ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । साथै ६० भोल्ट, ३२ एम्पाीयरको पानााशोनिक लिथिएम आयोन ब्याट्री प्याक उपलब्ध छ । जी फाइभ स्कुटरको नेपाली मूल्य ३ लाख ३० हजार रुपैयाँ छ ।
सी वान एस स्कुटरको विशेषता
सी वान एस स्कुटर पनि प्रतिघण्टा ६० किलोमिटर चलाउन सकिन्छ । साथै ६० भोल्ट, ३२ एम्पीयरको पानााशोनिक लिथिएम आयोन ब्याट्री प्याक रहेको छ भने, ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । फूल चार्ज गरेपछि ८० किलोमिटर रोज प्रदान गर्ने कम्पनीले जर्नाको छ ।
साे स्कुटरमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्चाज प्रोटेक्सन, प्रि डिस्चार्ज प्रोटेक्सन, सन्तुलन फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर छन् । कम्पनीकाअनुसार, सो स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्छ ।
एस–लाइक स्कुटरको विशेषता
एस–लाइक स्कुरको प्रतिघण्टा स्पीड क्षमता ५० किलोमिटर रहेको छ । एस–लाइकमा साथै ६० भोल्ट, २४ एम्पीयरको लिथिएम आयोन ब्याट्री प्याक छ । सो स्कुटरलार्ए पनि फुल चार्ज गर्नको लागि ६ घण्टा समय लाग्ने कम्पनीले जनाएको छ । फुल चार्ज पछि ६० किलोमिटर रेन्ज प्रदान गर्छ । साथै डबल ब्याट्रीको सुविधा रहेको छ ।
साे स्कुटरमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता फिचर रहेको छ । कम्पनीले सो स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको जनाएको छ ।
कुजु नेपालले याडियाका तीनवटै ब्राण्डको खरिदमा २५ हजारको दरले छुट दिने जनाएको छ । कम्पनीअनुसार, प्रत्यक ब्राण्डका स्कुटरको सुरुमा खरिद गर्ने १५/१५ जनाले छुट रकम प्राप्त गर्ने छन् । यसरी जम्मा ४५ जनाले स्कुटरको खरिदमा छुट पाउने कम्पनीले जनाएको छ ।