काठमाडौं । साओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ । रेडमी नोट १० एसमा एक स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ शाओमी नेपालले रेडमी नोट १० एस सार्वजनिक गरेको हो ।
रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्राे क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ ।
११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्तालाई ग्रुप फोटोहरू र ल्यान्डस्केप शट्सहरू सजिलै कब्जा गर्न मद्दत गर्छ। साथै फोनमा गुणस्तरीय सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा रहेको कम्पनीले जनाएको छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार, रेडमीका उपभोक्ता कम्पनीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा छन् । जसले कम्पनीलाई डेमोक्रेटाइजिङ टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाउनुका साथै अझै बढी सुलभ बनाएको छ ।
उनले भने, ‘हाम्रो भर्खरै लन्च गरिएको रेडमी नोट १० प्रोले उपभोक्ताहरूबाट धेरै प्रतिक्रिया प्राप्त गरिरहेको छ । यसले जीवनको अविश्वसनीय सुपत मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ । जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई टु« गेम चेन्जर बनाएको छ ।’
रेडमी १० मा शक्तिशाली मेडियाटेक हेलियो जी ९५ रहेको छ । त्यस्तै न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनमा कुन एप्लिकेसन इन्स्टल गर्न मन छ त्यसका लागि सहयोग गर्छ । फोनमा ६ जीबी एलपीडीडीआर ४ एक्सको र्याम र ६४एमपीको प्राइमरी क्यामेरा रहेको छ ।
कम्पनीका अनुसार, रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्छ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्ड ब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज हुन्छ । फोनमा ३.५ मिलिमिटरको अडियो ज्याक पनि रहेको छ ।
रेडमी नोट १० एसमा ५ हजार एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । करिब ७८ मिनेटमा १०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरण ५४ प्रतिशतसम्म चार्ज हुन्छ ।
फोनमा कर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । जसले दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्छ । आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेशविरुद्धको सुरक्षा सुनिश्चित गर्छ ।
डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक गरी तीनवटा रंगको भेरियन्टमा फोन बजारमा आएको छ । रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू २० जुन २०२१ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ। फोनको तौल १७८.८ ग्राम छ ।
६ जीबी+६४ जीबी फोनको मूल्य २५ हजार रुपैयाँ र ६ जीबी+१२८ जीबी फोनको मूल्य २७ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।