काठमाडौं । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोकिया जी २० र नोकिया जी १० सार्वनजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफ भएका लेटेस्ट स्मार्टफोन एचएमडी ग्लोबले नेपाली बजारमा ल्याएको हो ।
सार्वजनिक भएका नयाँ फोनमा फेस रेकग्निसन र साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरको साथ अनलक गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै नोकिया जी १० मा ह्यान्डसेट तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ स्ट्यान्डर्डका रूपमा निःशुल्क उपलब्ध छ । जसको कारण बहुमूल्य भिडियो, फोटो र फाइलहरु सुरक्षित रहन्छ ।
प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रवि कुँवरका अनुसार, नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ । ‘लभ इट–हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रस्तुत गर्छौं जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्छ । ट्रस्ट इट– हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरुको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोतकर्ताहरुलाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्छ ।’
उनले भने, ‘किप इट– एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरको मार्फत मात्र नभई सफ्वेयरको मार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनहरुको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैं फ्रेस र नयाँ देखिने बनाएको छ ।’
नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्क्रिनमा वा म्यावक्रो र भिडियो ओजो अडियोको साथ कैद गर्छ । नोकिया जी २० ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै सुन्दर वाइडस्क्रिन र विस्तृत माइक्रोलेन्सले ठूलो पर्दामा फोटो कैद गर्छ । नोकिया जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युराबिलिटी र स्टेट–अफ–द–आर्ट टेक्नोलोजीको समिश्रण हो । जसले वर्षैंसम्म टिक्न, राम्रो देखिन र ड्रिमफोन बन्न मद्दत गर्ने बताइएको छ ।
त्यस्तै कम्पनीका अनुसार आकर्षक मूल्य पोइन्टका लागि निर्माण गरिएको नोकिया जी १० स्मार्टफोन ५०५० एमएएच ब्याट्रीको साथ, एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्छ । साथै फोनमा ट्रिपल रियर क्यामेरा र ६.५ इन्चको डिस्प्लेसमेत रहेको छ ।
नोकिया जी २० नाइट र ग्लेसियर र नोकिया जी १० नाइट र डस्क दुई/दुईवटा रंगको भेरियन्टमा उपलब्ध छ । नोकिया जी २० ४/६४ जीबी भेरियन्टमा २० हजार रुपैयाँ तथा नोकिया जी १० ४/६४ जीबी भेरियन्टमा १७ हजार रुपैयाँ मूल्य पर्छ ।