काठमाडौं । शाओमी नेपालले आफ्नो लेटेस्ट ३ वटा फ्ल्यागसिप मी ११ सिरिज सुपर पर्फमर–मी ११ एक्स प्रो र मी ११ लाइट सार्वजनिक गरेकाे छ ।
"मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरूमा ई४ १२० हर्जकाे एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पिकर, आईपी रेटिङ्ग र भब्य नयाँ डिजाइनहरू प्रस्तुत छन् ।" कम्पनीले भनेकाे छ," अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागसिप लेभलको स्मार्टफोनको सबै सुविधाहरूलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्छ जुन हाई प्राइसविना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको छ ।"
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले उत्कृष्ट पर्फमेन्स र स्टनिङ डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबैभन्दा राम्रो स्मार्ट फाेन ल्याउन केन्द्रित रहेकाे बताए ।
मी ११ एक्स प्रो तीववटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर म्याजिक सेलेस्टियल सिल्भर रंगको भेरियन्ट विभिन्न काणबाट हेर्दा फरक रंगको देखिन्छ।
मी ११ लाइट तीनवटा रंगको भेरियन्टमा उपलब्ध छन्, बोबा ब्ल्याक, बबलगम ब्लु र पिच पिंक छन् । मी ११ एक्स प्रो र मी ११ लाइट अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा ११ जुन २०२१ र १३ जुन २०२१ देखि उपलब्ध हुनेछ।
शाओमी नेपालले ३० जुन २०२१ भन्दा अघि मी ११ एक्स प्रो खरिद गर्ने उपभोक्ताहरूलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्ने जनाएको छ ।
मी ११ एक्स प्रोकाे बजार मूल्य ८ जीबी+ १२८ जीबीकाे ६५ हजार र ८ जीबी+ २५६ जीबीकाे ६८ हजार एवं मी ११ लाइटकाे ६ जीबी+१२८ जीबीकाे नेपाली ३५ हजार रहेकाे कम्पनीले जनाएको छ ।