काठमाडौं । विश्वव्यापी रूपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टीभीएस मोटर कम्पनीको स्पोर्टी ब्लुटुथ जडित टीभीएसए नटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट बिक्री गर्ने उद्देश्य पूरा गरेको छ । सन् २०१८ मा भारतमा पहिलो ब्लुटुथ जडान गरी टीभीएस एनटर्क १२५ को रूपमा सुरु गरिएको स्कुटरले बिक्री गर्ने उद्देश्य पूरा गरेको हो ।
ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा उक्त स्कुटरले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । हाल टीभीएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा प्रयोग गरिएको छ ।
टीभीएस मोटर कम्पनीका निर्देशक एवं सीईओ केएन राधा कृष्णनले स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा कम्पनी खुसी रहेको बताएका छन् । उनका अनुसार, स्कुटर सुरुवातदेखि नै विश्वव्यापी जेन जेड ग्राहकहरुको माझमा लोकप्रिय बनेको थियो । त्यस्तै स्कुटरमा स्ट्राइकिंग उपस्थिति, जडित टेक्नोलोजी र उच्च प्रदर्शन जस्ता विशेषता रहेको उनले बताए ।
टीभीएस एनटर्क १२५ ले रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्छ । साथै रेस ट्युन्ड युलइन्जेक्सन(आरटी–एफआई)को साथ सुसज्जित पहिलो स्कुटर पनि हो । त्यस्तै स्कुटरले एक्स्क्ल्युसिभ टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्छ ।
टीभीएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ । जसले नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ ।
नेपालमा टीभीएस एनटर्क १२५ को पहिलो पटक सार्वजनिक न्यासनल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)अटो शोमा गरिएको थियो । स्कुटर विशेष गरी युवाहरुका लागि डिजाइन गरिएको र स्कुटर टीभीएस रेसिंग पेडेग्रीमा आधारित भएकाले उक्त स्कुटर नेपाली ग्राहकको माझमा पहिलो रोजाइमा परेको कम्पनीको दाबी छ ।
साथै, स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भ इन्जिनका साथ उपलब्ध छ । स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टीभीएस स्मार्ट कनेक्टको पनि सार्वजनिक गरेको छ । त्यसका साथै जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च गर्यो । रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प छ जसले रेगुलर ह्यालोजेन युनिटभन्दा राम्रो प्रदान गर्ने कम्पनीले जनाएको छ ।
त्यो बाहेक स्कुटरमा हजार्ड ल्याम्प रहेको छ । जसलाई रातो रंगको हजार्ड स्वीचको सहयोगमा स्वीच अन गर्न सकिन्छ । सो स्कुटरको प्रमुख भिजुअल हाइलाइट भनेको ‘रेस एडिसन’ प्रतीकका साथ भाइब्रेन्ट चेकर्ड ल्यागग्राफिक्सको प्रस्तुति दिएको छ ।
रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनमा उपलब्ध छ । स्कुटरले ब्लुटुथमार्फत स्मार्टफोन जडानलाई समर्थन गर्नुका साथै स्कुटरमा टीभीएस कनेक्ट नामको मोबाइल एप्लिकेसन पनि रहेको छ ।
स्कुटरमा ऊर्जा प्रदान गर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेको कारण रेस्पेक्टिभ पावर प्रदान गरी ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट दिन सक्छ ।
जगदम्बा मोटर्सका एमडी शहिल अग्रवालले भने, ‘यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको छ र रेस एडिसनले धेरैभन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्छ ।’
सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने १२५ सीसीको प्रिमियम स्कुटर हो । नेपाली बजारमा यो स्कुटरले बीयस४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक,३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन छ ।
जसले ९.४ बीएचपी ७५०० आरपीयम र १०.५ न्युटन मिटर ५५०० आरपीयमको पावर प्रदानगर्छ । बीयस६ एनटर्क १२५ कोलन्च पनि छिट्टै गर्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा एनटर्क १२५ को स्कुटर रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन गरी तीन प्रकारमा उपलब्ध छ ।
रेगुलर एनटर्क १२५ को मूल्य नेपाली २,१८,९०० (ड्रम) रुपैयाँ र नेपाली २,४५,९००(डिस्क)रुपैयाँ, एनटर्क १२५ रेस एडिसनको मूल्य नेपाली २,६१,९०० रुपैयाँ र एफआईलाई नेपाली २,७७,९०० रुपैयाँ अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य नेपाली २,६६,९०० रुपैयाँ रहेको छ ।
टीभीएस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क,ड्रम र रेस एडिसनमा पाइन्छ । उक्त टिभियस म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु रंगहरुमा पाइन्छ भने, रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरुमा उपलब्ध छ ।