काठमाडौं । कोरोना कहरले हामीलाई यो समय घरभित्रै बस्न बाध्य बनाएको छ । सम्भव भएका र मिल्ने स्कुल, कलेज, अफिसको काम अनलाइनको माध्यमबाट गर्दैछौं । तर, जति घरमा बसेर काम गरे पनि समय प्रशस्त हुन्छ । सामाजिक सञ्जालतिर कोरोनाको भन्दा बढी समाचार खासै देख्न पाइँदैन । त्यस्ता समाचारले एक किसिमको मानसिक चिन्ता र त्रास बढाइरहेका हुन्छन् ।
घरवरपरको काम परिवारका सदस्य मिलेर गरौं जग्गा जमिन छैन । देशका सहरी क्षेत्र अझ भनौं काठमाडौं उपत्यकामा त खाली जमिन पाउन सम्भव छैन । तर, खाली रहेको समयको सदुपयोग गर्ने एउटै विकल्प हुनसक्छ, कौसी खेती ।
कौसी खेती गर्दा घरखर्च र समयको बचत हुन्छ । साथै आफ्नै घरमा बनाएको मलबाट खेती गर्न सकिने भएकाले अर्गानिक तरकारी उत्पादन हुन्छ, जसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ । अहिलेको समयमा बजार जानु स्वास्थ्यका हिसाबले धेरै जोखिम पूर्ण छ ।
सामान्यतयाः परम्परागत रूपमा स्वास्थ्यवद्र्धक तरकारी खेती गर्नुलाई कौसी खेती भनेर बुझ्न सकिन्छ । कति मानिसले पहिलादेखि नै कौसी खेती गर्दै आएका छन् भने केहीले लकडाउन भएपछि कौसी खेती गर्न सुरु गरेका छन् ।
कौसी खेती गर्दा घरखर्च र समयको बचत हुन्छ । साथै आफ्नै घरमा बनाएको मलबाट खेती गर्न सकिने भएकाले अर्गानिक तरकारी उत्पादन हुन्छ, जसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ । अहिलेको समयमा बजार जानु स्वास्थ्यका हिसाबले धेरै जोखिम पूर्ण छ । अन्य कामधन्दा बन्द रहेकाले घरखर्च चलाउन समस्या भइरहेको यो समयमा तरकारी आफैंले उत्पादन गर्न सके धेरै राहत पुग्छ । अर्कोतर्फ शारीरिक व्यायाम पनि हुन्छ ।
अब तरकारी खेती गर्ने तरिकाबारे कुरा गरौं ।
धेरै गहिरो जमिन नहुने भएकाले कौसी खेतीका लागि छोटो जरा र छिटो फल लाग्ने तरकारी उपयुक्त हुन्छ । खेती गर्नका लागि गमलामा फूल रोपेको जस्तै स–साना भाडामा वा गमलामा आवश्यक हुन्छ । तर, बिरुवाको प्रकार अनुसारको भाडा छनोट गर्न भने भुल्नु हुँदैन । किनभने एकै किसिमका भाडा सबै बिरुवाका लागि उपयुक्त हुँदैनन् । साथै फरक–फरक आकारका भाडाको प्रयोग गर्दा घरमा भएका सामानको सदुपयोग हुन्छ ।
काठमाडौंको गोकर्णेश्वर–७ की सावित्री तिमल्सिनाको घरमा खेर जाने चिज खासै हुँदैन । विगत ६ वर्षदेखि आफ्नै घरको छतमा तरकारी खेती गर्दै आएकी उनले छिमेकका १५–१६ घर–परिवारलाई तरकारी रोप्न सल्लाह पनि दिएकी छन् । आधिकारिक पेसा उनको छैन, गृहिणी महिला हुन् । यद्यपि महिला समूह र सामाजिक कार्यमा भने लागि रहन्छिन् ।
कौसी खेतीमा काउली, बोडी, बन्दादेखि काक्रा, फर्सी, घिरौला, प्याज, लसुन, पुदिना, धनियाँ, कुरिलो, टमाटर, साग, भंगिराजलगायत तरकारीहरू सजिलै उत्पादन गर्ने सकिनछ । मौसम र इच्छाअनुसार तरकारी र फलफूल फलाउन सकिन्छ ।
सामान्य अवस्थामा विभिन्न कार्यक्रममा सहभागी भएर कौसीको तरकारीलाई समय दिँदा उनलाई फुर्सद हुँदैन थियो । तर, गत सालको लकडाउनदेखि उनले कौसीको तरकारीलाई प्रशस्त समय दिन पाएकी छन् । सावित्रीका अनुसार, कौसी खेतीबाट उनले बजारमा गएर तरकारी ल्याउनु पर्दैन । स्वस्थ र अर्गानिक तरकारी आफ्नो इच्छाअनुसारले रोप्न पाइन्छ । यसरी बनाऔं चाहिने मल कौसी खेतीका लागि आवश्यक मल पनि घरमै बनाउन सकिन्छ ।
त्यसका लागि सबैभन्दा बढी भान्साबाट निस्किएको फोहोर प्रयोग गर्न सकिन्छ । तरकारी, अण्डा, फलफूलको बोक्रालाई सामान्यतया १५–२० दिन जति कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ । त्यसरी तयार गरिएको मलमा माटो र बालुवा बराबरी मिसाउँदा उत्पादन राम्रो हुने कौसी खेती गर्नेहरूको अनुभव छ । त्यसबाहेक गाईको गहुँतमा तीतो, पिरो, टर्रो हुने बिरुवाका पात कुहाएर पनि झोल मल तयार गर्न सकिन्छ ।
कौसी खेतीमा काउली, बोडी, बन्दादेखि काक्रा, फर्सी, घिरौला, प्याज, लसुन, पुदिना, धनियाँ, कुरिलो, टमाटर, साग, भंगिराजलगायत तरकारीहरू सजिलै उत्पादन गर्ने सकिनछ । मौसम र इच्छाअनुसार तरकारी र फलफूल फलाउन सकिन्छ ।
कौसी खेती गर्नका लागि धेरै लागत लाग्दैन । सामान्यतयाः घरमा पुराना भएका वा केही टुटेफुटेका भाडाको प्रयोग गर्न सकिन्छ । गमला किन्नै पर्छ भन्ने हुन्न् । घरमा भएको जार, रङका बाल्ट्री, चक्लेट अन्य खाद्यन्न राखेका स–साना भाडा, किरेट, पानी राख्ने ड्रम आदिलाई प्रयोगमा ल्याउन सकिन्छ । फेरि त्यस्ता भाडा राम्रो हुनुपर्छ भन्ने छैन ।
किनभने राम्रो भाडालाई पनि स–साना प्वाल बनाएर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसरी प्वाल बनाउनु पर्ने कारण हो बिरुवालाई चाहिने हावा प्रवेश गराउन र बढी भएको पानी बाहिर फाल्न । भाडामा प्वाल भने आवश्यकताअनुसार बनाउनुपर्छ । तर, नबनाइ हुँदैन, अर्थात् त्यो अनिवार्य हो । यदि प्वाल नबाइ तरकारी रोप्यो भने मर्छ । त्यसैले भाडाको आकार अनुसार ३/४ वटा प्वाल बनाउनु पर्ने हुन्छ ।
अब कुरा गरौं कहाँ र कसरी भाडा राखेर कौसी खेती गर्ने ?
कौसी खेती भने पछि घरको छतमा नै गर्नु उपयुक्त हुन्छ । यदि घाम लाग्ने र हावा प्रवाह हुने ठाउँ छ भने त्यहाँ पनि खेती गर्न सकिन्छ । घरको कौसीमा तरकारी रोप्नका लागि भाडालाई सिधै भुइँमा राख्नुहुँदैन । थोरै अग्लो बनाएर, सम्भव भए फलामको टेवल वा बेन्च बनाउँदा राम्रो देखिन्छ । तर, इँटा ओछ्याएर पनि भाडालाई राख्न सकिन्छ ।
बेर्ना उमार्नका लागि बीउ किनेर वा अघिल्लो साल घरमा उत्पादन भएका फलबाट उमार्न सकिन्छ । साथै नर्सरी तथा फार्मबाट ल्याएर पनि रोप्न सकिन्छ । तरकारीको गोडमेल कम्तीमा पनि साताको एकपटक गर्नुपर्ने हुन्छ । त्योभन्दा बाहेक आवश्यकताअनुसार गर्न सकिन्छ ।
गोडमेल गर्दा झार उखल्नेसँगै अनावश्यक रूपमा रहेको पात काट्ने पनि गर्नुपर्छ । त्यस्तै दैनिकजसो पानी लगाउनु पर्ने हुन्छ यद्यपि आकाशे पानी परिरहेको छ भने धाराको पानी लगाइरहनु पर्दैन । यसरी कौसी खेती गरेर समय, पैसाको बचत तथा स्वस्थ जीवनयापन गर्न सकिन्छ ।