काठमाडौं । नेपालमा दुई किसिमका सिमेन्ट उद्योग छन् । एउटा खानीजन्य र अर्को ग्राइन्डिङ । खानीजन्यअन्तर्गत खानीबाट चुनढुंगा ल्याएर क्लिङ्कर बनाउने र त्यो क्लिङ्कर नै बिक्री गर्ने वा सिमेन्ट उत्पादन गर्ने गरिन्छ । अर्को एउटा ग्राइन्डिङ युनिट हुन्छन्, जसले क्लिङ्कर उत्पादकबाट क्लिङ्कर किनेर त्यसलाई पेलेर सिमेन्ट बनाइन्छ ।
नेपालमा हाल २१ वटा क्लिकंर उद्योग छन् । हालसम्म सञ्चालनमा रहेका २१ वटा उद्योगको १ करोड २५ लाख टन प्रतिवर्ष क्लिकंर उत्पादन गर्ने क्षमता छ । २ वटा क्लिकंर उद्योग यसै वर्ष थपिँदै छन् । थपिएपछि १ करोड ५२ लाख ६० हजार लाख टन उत्पादन क्षमता हुँदैछ ।
त्यस्तै २३ क्लिकंर उद्योगसहित ६४ वटा सिमेन्ट उद्योगले २ करोड २० लाख टन सिमेन्ट ग्राइन्डिङ गर्ने क्षमता राख्छन् । यसमा हाल उद्योगीहरुले माग अनुसारको सिमेन्ट उत्पादन गरिरहेका छन् । त्यो भनेको १ करोड २० टन प्रतिवर्ष सिमेन्ट बनाइरहेका छन् । कुल जडित क्षमताको ७० प्रतिशत मात्रै हुन आउँछ ।
नेपालमा हाल २१ वटा क्लिकंर उद्योग छन् । हालसम्म सञ्चालनमा रहेका २१ वटा क्लिङ्कर उद्योगको १ करोड २५ लाख टन प्रतिवर्ष क्लिकंर उत्पादन गर्ने क्षमता छ । २ वटा क्लिकंर उद्योग यसै वर्ष थपिँदै छन् । थपिएपछि १ करोड ५२ लाख ६० हजार लाख टन उत्पादन क्षमता हुँदैछ ।
गएको साता केन्द्रीय बैंकले नेपालमा सिमेन्ट उद्योगमा विदेशी लगानीको आवश्यकता औंल्याइएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो । जहाँ उद्योगको वास्तविक क्षमताभन्दा त्रुटिपूर्ण तथ्यांकहरू उल्लेख थिए ।
यो पनि हेर्नुहोस
वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिनु उपयुक्त-राष्ट्र बैंक
हामीले उद्योगीहरूबाट लिएको उद्योगको क्षमता र हाल उत्पादन भएको अवस्था केलाएका छौं । जुन राष्ट्र बैंकको तथ्यांकभन्दा फरक छ ।
सिमेन्ट उद्योगको कुरा गर्दा खानीमा आधारित उद्योगबाट सुरुआत गर्नुपर्छ ।
यो पनि हेर्नुहोस
राष्ट्र बैंकको सिमेन्टसम्बन्धी अध्ययन हावादारी, उद्योगी भन्छन्, ‘प्रायोजित रूपमा बनाइएको रिपोर्ट सच्याउनुपर्छ’
नेपालको पूर्वमा मारुती सिमेन्ट छ, त्यसको वार्षिक उत्पादन क्षमता ५ लाख टन छ । यही वर्षको अन्तसम्ममा उनीहरूले वार्षिक १० लाख टन उत्पादन पुर्याउँदै छन् ।
त्यसपछि पूर्वमै छ सरकारी स्वामित्वमा उदयरपुर सिमेन्ट । उसको वार्षिक जडित क्षमता २ लाख टन छ । त्यसैगरी सोही क्षेत्रमा भिएसके प्रविधिमा आधारित निगाले सिमेन्ट छ, जसको वार्षिक क्षमता ५० हजार टन छ ।
त्यसैगरी सोही क्षेत्रमा कसमस सिमेन्ट उद्योग छ, जसको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार टन छ । हालैमा सञ्चालनमा आएको सौर्य सिमेन्टको वार्षिक उत्पादन क्षमता लगभग १२ लाख टन छ ।
मध्यतिर हेटौंडामा शिवम् सिमेन्टको वार्षिक उत्पादन क्षमता ७ लाख टन हाराहारीमा छ । हेटौंडा सिमेन्टको वार्षिक २ लाख टन छ । त्यसैगरी वीरगन्जमा भिएसके प्रविधिमा आधारित युनिटेक सिमेन्ट उद्योग छ, जसको उत्पादन क्षतमा ५० हजार टन छ ।
गएको साता केन्द्रीय बैंकले नेपालमा सिमेन्ट उद्योगमा विदेशी लगानीको आवश्यकता औंल्याइएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो । जहाँ उद्योगको वास्तविक क्षमताभन्दा त्रुटिपूर्ण तथ्यांकहरू उल्लेख थिए । हामीले उद्योगीहरूबाट लिएको उद्योगको क्षमता र हाल उत्पादन भएको अवस्था केलाएका छौं । जुन राष्ट्र बैंकको तथ्यांकभन्दा फरक छ । सिमेन्ट उद्योगको कुरा गर्दा खानीमा आधारित उद्योगबाट सुरुआत गर्नुपर्छ ।
त्यसैगरी काठमाडौं रहेको युनाइटेड सिमेन्टको उत्पादन क्षमता वार्षिक ३ लाख टन छ । धादिङमै रहेको भिएसके प्रविधिमा आधारित केपी सिमेन्टको वार्षिक क्षमता ४० देखि ५० हजार टन रहेको छ । हेटौंडामा हालै सञ्चालनमा आएको रिद्धिसिद्धि सिमेन्टको वार्षिक क्षमता ७ लाख टन छ । धादिङमा यही वर्षको अन्तसम्ममा सञ्चालनमा आउने ह्वासिन सिमेन्टको वार्षिक उत्पादन क्षमता १० लाख टन छ ।
पश्चिमको भैरहवामा रहेको अर्घाखाँची सिमेन्टको उत्पादन क्षमता वार्षिक १० लाख टन छ । त्यसैगरी सोही क्षेत्रमा रहेको सर्वोत्तम सिमेन्टको १० लाख टन क्षमता छ । भिएसके प्रविधिमा आधारित बुटवल सिमेन्टको ६० देखि ७० हजार टन छ । भैरहवामै रहेको भिएसके प्रविधिमा आधारित रिलाइन्स सिमेन्टको बार्षिक क्षमता ५० हजार टन छ ।
त्यसैगरी घोराही सिमेन्ट उद्योगको अहिले वार्षिक क्षमता २० लाख टन छ । रोल्पामा रहेको भिएसके सिमेन्ट उद्योगको वार्षिक क्षमता १ लाख टन छ । अग्नि सिमेन्टको वार्षिक क्षमता २ लाख टन हाराहारी छ । त्यसैगरी होङ्सी सिमेन्टको वार्षिक क्षमता २० लाख टन छ । पाल्पा सिमेन्टको पनि वार्षिक क्षमता ६ लाख टन रहेको छ ।
त्यसैगरी सम्राट सिमेन्टको वार्षिक उत्पादन क्षमता १५ लाख टन छ । यसै वर्षभित्र उत्पादनमा आउने सीजी सिमेन्टको उत्पादन क्षतमा १२ लाख टन प्रतिवर्ष हुने वाला छ ।
माथि उल्लेखित नाममध्ये ३ वटा उद्योग सञ्चालनमा आउनेवाला छन् । पूर्वमा मारुती सिमेन्टको क्षमता विस्तार भइरहेको छ । उसले ५ लाख टन क्षमता थप्दै छ । ह्वासिन १० लाख टन क्षमता हो । उसको उत्पादन ८ महिनाभित्र बजारमा आउँछ । सीजी सिमेन्टको १२ लाख टन एक वर्ष भित्र सञ्चालनमा आउँछ । यो सबै जोड्दा २७ लाख टन क्षमताका उद्योगहरू यही वर्ष सञ्चालनमा आउँदै छन् ।
देशभर सञ्चालनमा रहेकै सिमेन्ट उद्योगहरूको कुल जडित क्षमता नै १३ मिलियन टन छ । र २७ लाख टन थपिँदै छ । एक वर्षभित्र नेपालका सिमेन्ट उद्योगको बार्षिक क्षमता झण्डै १६ मिलियन टन पुग्दै छ । यो क्लिङ्करको मात्रै उत्पादन क्षतमा निकालिएको हो । ओपीसी सिमेन्ट बनाउँदा ९५ प्रतिशत क्लिङ्कर खपत हुन्छ ।
५ प्रतिशत जिप्सम लाग्छ । पीपीसी सिमेन्ट बनाउँदा ७० प्रतिशत क्लिङ्करको खपत हुन्छ । २५ प्रतिशत फ्लाइयर्स र ५ प्रतिशत जिम्सम लाग्छ । त्यसैगरी, पीएससी सिमेन्ट बनाउँदा ५५ प्रतिशत मात्रै क्लिङ्कर लाग्छ । ५ प्रतिशत जिम्सम र ४० प्रतिशतसम्म फ्लाइयर्स लाग्छ ।
नेपालमा कुल सिमेन्टको माग वार्षिक १२ मिलियन टन छ । अर्थात १ करोड २० लाख टन मात्रै खपत रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागलाई उद्योगीले प्रतिबोरा अन्तःशुल्क तिर्नुपर्छ । त्यही आधारलाई लिएको हो ।
१ करोड २० लाख टन सिमेन्ट उत्पादनमध्ये ५० प्रतिशत ओपीसीको बजार रहेको सिमेन्ट उत्पादक संघले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ । ३५ प्रतिशत पीपीसी र १५ प्रतिशत पीएससी सिमेन्टको बजार छ ।
१ करोड २० लाख टन सिमेन्ट उत्पादन गर्नका लागि उद्योगीलाई ९० लाखदेखि १ करोड टन क्लिङ्कर भए पुग्ने संघको तथ्यांकबाट देखिन्छ । तर, उद्योगीको अहिले नै उत्पादन क्षमता १ करोड ३० लाख टन छ । थप २७ लाख टन थपिँदै छ । नयाँ सिमेन्ट उद्योग आउने बित्तिकै १ करोड ५७ लाख टन क्लिङ्करको क्षमता पुग्छ ।
उद्योगीका अनुसार देशको आवश्यकताभन्दा लगभग ४० प्रतिशत बढी क्षमता छ । नेपालमा वार्षिक सिमेन्टको खपतको वृद्धिदर १० प्रतिशत मात्रै रहेको संघले जनाएको छ । त्यसलाई आधार मान्दा अहिले भएको जडित क्षमता खपत हुन अर्को ५ वर्ष लाग्ने देखिन्छ ।
१ करोड २० लाख टन सिमेन्ट उत्पादन गर्नका लागि उद्योगीलाई ९० लाखदेखि १ करोड टन क्लिङ्कर भए पुग्ने संघको तथ्यांकबाट देखिन्छ । तर, उद्योगीको अहिले नै उत्पादन क्षमता १ करोड ३० लाख टन छ । थप २७ लाख टन थपिँदै छ । नयाँ सिमेन्ट उद्योग आउने बित्तिकै १ करोड ५७ लाख टन क्लिङ्करको क्षमता पुग्छ ।
केही समयअघि मात्रै केन्द्रीय बैंकले सिमेन्टसम्बन्धी एउटा अध्ययन सार्वजनिक गरेको थियो । त्यो रिपोर्टमा अझै नेपालमा सिमेन्ट उद्योगको आवश्यक रहेको दर्शाएको छ । सिमेन्ट उत्पादनको वास्तविक अवस्थालाई हेर्दा सिमेन्टको बारेमा अध्ययन गर्ने क्रममा गम्भीर त्रुटि भएको देखिन्छ ।
यस्ताे थियाे राष्ट्रबैंकले गरेकाे अध्ययन प्रतिवेदन
केन्द्रीय बैंकले क्लिङ्कर उत्पादन र सिमेन्ट उत्पादनलाई अलग अलग राखेर अध्ययन नगर्दा रिपोर्टको विश्वसनीयतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको सिमेन्ट उद्योगी राजेशकुमार अग्रवाल बताउँछन् । ‘राष्ट्र बैंकले दुई भागमा विभाजन गरेर अध्ययन गरे मात्रै सिमेन्ट र क्लिङ्करको वास्तविक अवस्था आउँछ । यदि त्यसो गरिएन भने सिमेन्टका बारेमा सत्य तथ्य नआउने र यसले सबैमा भ्रम छर्ने मात्रै काम हुन्छ । अहिले त्यही भयो ।’
नेपालमा अहिल्यै सिमेन्टको ओभर क्यापासिटी छ । ग्राइन्डिङ युनिट त झनै बढी क्षमता भइसकेका छन् । क्लिङ्करकै क्षमता पनि ३० देखि ४० प्रतिशत ओभर क्यापासिटी छ । यदि ग्राइन्डिङ युनिटलाई समेत जोड्ने हो भने मागको दोब्बरभन्दा बढी क्षमता छ ।
केन्द्रीय बैंकले सिमेन्ट उद्योगको अझै आवश्यकता देखाएको छ । माथिको तथ्यांक हेर्दा केन्द्रीय बैंकले बिना आधार अध्ययन रिपोर्ट सार्वजनिक गरिएको देखिन्छ । नयाँ उद्योग थप्नु भनेको भएका उद्योगलाई गाह्रो हुनु नै हो, आउने उद्योगलाई पनि टिक्न धौ–धौ पर्ने देखिन्छ ।
राष्ट्र बैंकले क्लिङ्कर र ग्राइन्डिङ युनिटलाई एकै ठाउँमा मिसाएर अध्ययन गर्दा सबै समस्या आएको विभिन्न सिमेन्ट उद्योगमा लगानी समेत गरेका उद्योगी अग्रवालले बताए । केन्द्रीय बैंकले क्लिङ्कर र ग्राइन्डिङ युनिटलाई अगल–अलग गर्ने बित्तिकै सबै कुरा छर्लङ्ग हुने उनको भनाइ छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म ६ लाख ७४ हजार १ सय ८२ टन मात्रै क्लिङ्कर आयात भएको छ । मासिक रूपमा उक्त तथ्यांकलाई केलाउँदा साउन, भदौ र असोजमा सबैभन्दा बढी क्लिङ्कर आयात भएको देखिन्छ । त्यसपछि नेपालकै खानी सञ्चालन भएको र आयात घटेको भन्सारको तथ्यांकबाट देखिन्छ ।
यदि सरकारले खानी सञ्चालनको वातावरण बनाएको भए आयात शून्य हुने सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले बताए । ‘यदि त्यो बेला (गत चैत)मा लकडाउन नभएको भए नेपालबाट क्लिङ्कर निर्यात हुन्थ्यो,’ उनले भने ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म ६ लाख ७४ हजार १ सय ८२ टन मात्रै क्लिङ्कर आयात भएको छ । मासिक रूपमा उक्त तथ्यांकलाई केलाउँदा साउन, भदौ र असोजमा सबैभन्दा बढी क्लिङ्कर आयात भएको देखिन्छ । त्यसपछि नेपालकै खानी सञ्चालन भएको र आयात घटेको भन्सारको तथ्यांकबाट देखिन्छ ।
सरकारले आर्थिक पूर्वाधार बनाउने बित्तिकै भारतबाट कोइला लिएर आउने रेल खाली जानुको साटो यताबाट सिमेन्ट लोड गरेर पठाउने सकिने अवस्था रहेको उद्योगीहरू बताउँछन् । नेपालको सीमावर्ती नाकाबाट भारतको तीनवटा प्रदेश छुन्छ । विहार, बंगाल र उत्तरप्रदेश । तीनवटै राज्यमा चुन ढुंगाको डिपोजिट छैन ।
नेपालको सीमाबाट भारतमा जुन सिमेन्ट उद्योग छ, त्यो एक हजार किलोमिटर टाढा छ । मध्यप्रदेशको सतनाभन्ने ठाउँमा सबैभन्दा नजिकको सिमेन्ट फ्याक्ट्री छ । नत्रभने राजस्थानतिर जानुपर्ने हुन्छ । नेपाली उद्योगीले भारतको २ सयदेखि २५० किलोमिटरसम्मको बजारसम्म आफ्नो उत्पादन पठाउन सकिने सम्भावना छ ।
केन्द्रीय बैंकको रिपोर्टमा सिमेन्ट आयात भएको पनि देखिएको छ । गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि भारतबाट निर्वाध रुपमा ट्रकहरू आए । त्यो बेला नेपाली खानीबाट ढुङ्गा ल्याउन रोकेपछि धेरै उद्योगहरू बन्द भए । त्यही भएर उद्योगीले भारतबाट क्लिङ्कर मगाएर सिमेन्ट बनाएको संघका अध्यक्ष ध्रुब थापा बताउँछन् ।
केन्द्रीय बैंकले निकालेको अध्ययन प्रतिवेदनमा सिमेन्ट उद्योगमा विदेशी लगानीको आवश्यकता औंल्याइएको छ । तर, जुन क्षेत्रमा नेपाली उद्योगपतिहरूले आफ्नो पुँजी परिचालन गरेर उद्योग लगाउन सक्छन्, त्यस्ता क्षेत्रमा विदेशी लगानी ल्याउन केन्द्रीय बैंक जस्तो गरिमामय संस्था लाग्न नहुने उद्योगीहरूको भनाइ छ ।
५/६ हजार मेगावाट जलविद्युत् आयोजनामा विदेशी लगानीकर्तालाई ल्याउनुपर्छ । एयरपोर्ट, प्रसारण लाइन, रेलमार्ग, सुरुङ मार्ग बनाउन विदेशी लगानीकर्तालाई ल्याउने गरी नीति बनाउनुपर्ने उद्योगीको माग छ । किनभने, त्यस्ता परियोजना निर्माण गर्न स्वदेशी उद्योगपतिको क्षमता नपुग्ने देखिन्छ ।