काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले मंगलबार नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ३ को सार्वजनिक गरेको छ । पोको एफ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिन छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी हाम्रा फ्यानहरूका लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौं । पोकोका उत्पादनहरूले नेपालमा देखेको जबरदस्त प्रतिक्रिया हाम्रो उपभोक्ताहरूको हामीमाथिको विश्वासको आधार हो ।
पोको एफ ३ क्वालकम स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस अडियो पनि छ । शक्तिशाली स्लिम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्धरहेको छ ।’
पोको एफ ३–द रियल बिस्ट
क्वालकम स्न्यापड्रागन ८७० ५ जी मोबाइल प्लाटफर्म पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्मद्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्छ ।
यस उपकरणले ३.२ गिगाहट्र्जको उपग्रेडेड क्वालकम काइरो ५८५ सीपीयू प्राइम कोर क्लक स्पिड प्रदान गर्छ जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पिड हो ।
अल्ट्रा– फास्ट क्वालकम एड्रेना ६५० जीपीयुको साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्छ । एलपीडीडीआर५ र्याम र यूएफस ३.१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागसिप सेटअपले मल्टिटास्किङको लागि छिटो पठन–लेखनको गतिको ग्यारेन्टी प्रदान गर्छ ।
पोको एफ ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा खेल खेल्दा मज्जा आउने कम्पनीको दाबी छ ।
पोको एफ ३ को एआई ट्रिपल क्यामेरा सेटअप, माइरिएड अफ व्रmाफ्टी, नवीन क्यामेरा सुविधाहरूले फोटोग्राफी स्कील्सहरूलाई बढाउन मद्दत गर्छ ।
रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १.६ माइक्रोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याक्रो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटोफोकसलाई समर्थन गर्छ ।
२० एमपी फ्रन्ट क्यामेराले नाइट मोड सेल्फी लिन बेलामा मद्दत पु¥याउँछ । पोको एफ ३ तीनवटा कलर भ्यारियन्टः आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरूमा मे ३० बाट उपलब्ध हुनेछ ।
६ जीबी १२८ जीबीको भेरियन्टको यो स्मार्टफोनको मूल्य ४६ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी २५६ जीबीको भेरियन्टलाई ५१ हजार ९ सय ९९ रुपैयाँ कायम छ ।
पोको नेपालले जुन ३० भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्याेरेन्स प्रदान गर्ने बताएको छ ।