पर्यटन क्षेत्र अहिले अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । अर्थात पर्यटन उद्योग रुग्न अवस्थामा छ । नेपालको मात्र हैन, यति बेला विश्वको पर्यटन बजार नै कोरोना भाइरस(कोभिड १९)ले तहसनहस बनाएको छ ।
मान्छे एक ठाउँबाट अर्को ठाउँ जानासाथ कोभिडको संक्रमित हुने र त्यसले आफु र आफ्नो परिवार,छिमेक सबै संक्रमित हुने भएपछि विश्वव्यापी रुपममै कोभिडलाई नियन्त्रणका लागि घुम्नका लागि निषेधित गरेको सर्ववित्तिदै छ ।
नेपालमा पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान पूर्ण रुपमा बन्द गरिएको छ भने एक ठाउँबाट अर्को ठाउँमा जान पनि बन्देज लगाइएको छ । विगतमा पनि थियो,बीचमा अलिकति एक ठाउबाट अर्को ठाउँमा आवातजावत गर्न मिल्ने र स्वास्थ्य मापदण्डहरु पालना गरेर केहि पर्यटकहरु नेपाल आउन सक्छन् भन्ने हिसावले खुकुलो बनाइयो ।
तर,त्यति धेरै पर्यटक आउने स्थीति नबनिरहेको बेला फेरि दोस्रो र तेस्रो चरणको कोभिडको संक्रमण फैलिएको छ । यस अघिपनि झण्डै २ वर्षनै व्यापार व्यवसाय तहसनहस भएको अवस्था थियो । पर्यटनका लागि त्यति धेरै ठूलो बजार पनि हैन नेपालको ।त्यो कारणले आर्थिक चलायमान आन्तरिक पर्यटनले पनि भएन ,अन्तर्राष्ट्रिय पर्यटक आउने कुरै भएन । अव पनि कहिलेबाट आउछ भन्ने कुनै ग्यारेन्टी छैन । किन कि यो महामारी कहिले नियन्त्रणमा आउछ भन्ने कसैले भविष्यवाणी गर्न सक्ने कुरा त छैन ।
यस्तो बेलामा सरकारले के गर्ने,पर्यटन बोर्डले के गर्ने भन्दापनि तत्कालका लागि भनेको स्वास्थ्य मापदण्ड अपनाएर घरमा बसेर जेजस्तो छ त्यस्तै खाएर बस्नुको विकल्प छैन । यदी, आफुसँग भएको सञ्चित पुँजी सकियो भनेपनि सरकारलाई मागेर भएपनि बाच्नु पर्ने अवस्था आएको छ । बाच्नका लागि पनि हिजोको जस्तो मिठो मसिनो खाएर,राम्रो लगाएर भन्दापनि घर भित्रै बसेर एकसरो लुगा लगाएर खानापनि साधारण तर स्वस्थ्यकर खाएर बाच्नुपर्ने स्थीति आएको छ ।
किन यस्तो स्थीति आयो भन्दा लामो समयदेखिको आर्थिक कारोबार नहुँदा धेरै मान्छेसँग यतिबेला पर्याप्त मात्रामा पैसा छैन । यति बेला गाउँगाउँमा पनि कोभिडको लहर देखिएको छ । त्यसले गर्दा खेतिपाती पर्याप्त मात्रामा गर्न सक्ने अवस्थापनि छैन,हामी गरिब छौं ,विदेशबाट किनेर ल्याएर खान सक्ने स्थीतिपनि छैन त्यसैले यो बेला संचित गर्दै बस्नुपर्ने अवस्था आएको छ ।
अब के गर्ने त ?
पहिला त यो भेरियन्टबाट मुक्त हुन हुनुपर्यो अथवा कम हुनुपर्यो । मानवजीवनले यो भाइरसलाई जितिसकेपछि व्यवस्थित ढंगले पर्यटकहरुलाई ल्याउने र लाने व्यवस्था गर्नुपर्छ ।
हामी स्वस्थ छौं, कोभिडका भ्याक्सिजन पनि लगाइसक्यौं भन्ने वातावरण बनाउन सरकारले सबै पर्यटन व्यवसायी र मजदुरहरुलाई खोप लगाएर सबै सुरक्षित छन् र नेपालका अन्य मानिसहरु पनि सुरक्षित छन्,यहाँबाट कोहि संक्रमित हुदैनन भन्ने सन्देश छिटै दिनुपर्छ ।
त्यसैले तपाईहरु पनि भ्याक्सिजन लगाउनु भएको छ भने नेपालमा आउनुस यहाँ सुरक्षित छ भन्ने पर्यटन बोर्डले पनि अन्तर्राष्ट्रिय बजारमा र सरकारका सबै संयन्त्रले पनि यहाँ आउनुस भन्ने वातावरण मिलाउनु पर्छ ।
अर्कोतर्फ भनेको आन्तरिक पर्यटकलाई व्यवस्थित नगरेसम्म अन्तर्राष्ट्रिय पर्यटनले मात्र कोभिडपछि नेपालको पर्यटनलाई धान्दैन । अहिले सबै मान्छेहरु घरमा थुप्रिएर बसेका छन् ।
होला उनिहरुको आय आर्जन नहोला तर,त्यसका लागि सस्तो प्याकेज ल्याएर सरकारले आफ्ना कर्मचारीरु र निजी क्षेत्रका कर्मचारीहरुलाई साताको दुई दिन नेपालका विभिन्न गन्तव्यमा घुम्न पठाउनु पर्छ ।
यसरी घुमाउदा एकातिर बर्सौदेखि घरमा थुनिएर बसेकाहरुलाई स्वच्छ (फ्रेस)पनि बनाउछ र कोठा भित्र गुम्सिएकाहरुलाई ठूलो राहत मिल्छ ।
त्यसैले अब गाउँगाउँमा घुम्नका लागि जान प्रोत्साहन गर्नुपर्छ । त्यसका लागि व्यवस्थित ढंगले पर्यटक सञ्चालनका लागि सरकारले पर्यटन व्यवसायीहरुलाई आब्हान गरेर पार्दशी ढंगले कर तिर्ने,सहज रुपमा काम गर्न सक्ने वातावरण बनाउनुपर्छ ।
हिजो जस्तै कर्मचारीतन्त्रले ढिला सुस्ती गरिदिने हो भने पर्यटन क्षेत्र माथि उक्सन सक्दैन । यसले समग्र अर्थतन्त्रले पनि छिटो गति लिन सक्दैन । त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ र पर्यटन बोर्डले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्छ ।
अहिले पर्यटन बोर्डले युएनडीपीसँगको सहकार्यमा टिम्सको पैसासहित कोभिडकै बीचमा गाउँ गाउँमा पदमार्गहरु निर्माण गरिरहेको छ । यसो गर्दा एकातीर पर्यटन मजदुरले रोजगारी पनि पाउने भए र अर्को तर्फ विग्रिएका पदमार्ग पनि बन्ने भए ।
२२ करोड रुपैयाँ लागतमा अहिले अन्नपूर्ण,रुविभ्याली,खप्तड,एभरेष्ट बेस क्याममा काम भइरहेको छ । त्योसँगै पदमार्ग,होटल लगाएतका क्षेत्रको विषयमा तालिम दिइरहेको छ । यसले गर्दा उनिहरुको दिमागी रुपमा पनि सधै पर्यटन क्षेत्रको ताजा अवस्था आइरहन्छ ।
अबको बजेट
अहिले सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । अबको बजेटमा सबैभन्दा बढी प्राथमिकता पर्यटन क्षेत्रलाई दिन आवश्यक छ । समग्र क्षेत्र नै कमजोर हुँदाहुँदै पनि त्यसभित्र पनि पर्यटन क्षेत्र अत्यन्त नाजुक स्थितीमा रहेकोले यसलाई ध्यान दिएर बजेट मार्फत राहतका प्याकेजहरु ल्याउनु पर्छ ।
सयौं मजदुरहरु खान नपाउने अवस्थामा पुगेका छन्,सयौं व्यवसायीहरु बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा छन् । भोलि पर्यटन बजार खुल्ने बित्तिकै कतिले आत्माहत्या गर्न बाध्य हुने अवस्था पनि सिर्जना हुन लागेको छ ।
घरभेटीलाई भाडा तिर्न नसकेर आफुले लगानी गरेर जोडेको करोडौंका सामानहरु फ्याकिदिने स्थिति बन्न सक्छ । त्यसैले अहिलेदेखिनै सरकारले पर्यटन क्षेत्रलाई बढि प्राथमिकतामा राखेर अलि ठूलो प्याकेज ल्याउनु पर्छ । हिजो ५० अर्ब रुपैया ठूला व्यवसायीहरुलाई लक्षित गरेर दिइयो ।
अब भने जसले फाइनान्स,सहकारी र गाउँघरबाट ऋण लिएर व्यवसाय चलाएकाहरुलाई पनि राहतका प्याकेज दिनुपर्छ । जो पर्यटनमा दर्ता भएर चलेका छन् तीनिहरु सबैलाई टोकन मनिको रुपमा ५ देखि १० लाखसम्म भए पनि सरकारले ५÷१० वर्षका लागि र्निब्याजी रुपमा दिनुपर्छ । भोलि कमाएर दिन सक्ने गरि सरकारले लोनको रुपमा दिन सकेन भने पर्यटन बजारबाट धेरै व्यवसायीहरु विस्थापित हुने स्थीति छ ।
त्यति मात्र हैन, पर्यटन क्षेत्रसँग आश्रीत मजदुहरु जसले खान पाएका छैनन र २० औं वर्षदेखि पर्यटन क्षेत्रमा काम गरेका छन् त्यस्ता मजदुरहरुको डाटा संकलन गरेर पछि कमाएर दिने गरि १ देखि ५ लाख रुपैयासम्म ऋण दिनुपर्छ । त्यसका लागि पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एसोसिएन अफ नेपाल (टान) संग मिलेर लामो समयदेखि पदयात्रा क्षेत्रमा गएका कति मजदुरहरु छन् भनेर डाटा संकलन गरिरहेका छौं ।
यो डाटा सरकारलाई बुझाउने तयारीमा रहेका छौं । त्यसपछि भने सरकारले उनिहरुलाई राहत दिनुपर्छ । यस्तो समस्या ट्रेकिङ क्षेत्रमा मात्र हैन,ट्राभल र होटल क्षेत्रमामा पनि छन् ।
कतिपय दर्ता भएका छन् भने कति दर्ता नभएकाहरु पनि छन् । त्यस्ताहरु सबैलाई समेटेर राहतको प्याकेज ल्याउनुपर्छ । घरबेटीहरुलाई पनि फेरी घरभाडा छुटको लागि अनुरोध गर्ने बेला आएको छ । घरबेटीहरुलाई पनि घरभाडा छुट दिए बापत सरकारले घरबाहल करमा छुट दिने वातावरण मिलाउनु पर्छ ।
यी सबैकुरा एकैपटक गर्न सकिन्छ भन्ने पनि छैन । त्यसैले व्यवस्थित र पार्दशी ढंगले कार्यन्वयनमा लैजान सक्ने गरी बजेट आउनुपर्छ भन्ने व्यवसायीहरुको माग छ ।