नेपालमा दर्ता भएका करिब १५ सयको हाराहारीमा जुत्ताचप्पल उद्योगहरू छन् । ती उद्योगले ८ देखि १० करोड जोर विभिन्न प्रकारका जुत्ताचप्पल उत्पादन गर्ने क्षमता राख्छ । र, करिब ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अहिले त्यसमध्ये ५ सय उद्योगमात्रै सञ्चालनमा छन् । धेरै महँगा जुत्ताचप्पल नेपालमा उत्पादन नभए पनि ४ सय रुपैयाँसम्मका चप्पल र २ हजारदेखि २५ सयसम्मका जुत्ता मुलुकभित्रै बनाएर खपत गर्न सक्ने क्षमता छ ।
संसारभरि नै जुत्ताचप्पल तयारी पोसाक उत्पादन गर्ने उद्योगहरूमा धेरै मान्छेले प्रत्यक्ष रोजगारी पाउने क्षेत्रभित्र पर्छ । यसबाट आन्तरिक रोजगारी बढ्छ । त्यतिमात्रै होइन आन्तरिक राजस्वमा सकारात्मक योगदान पुु¥याउँछ । आन्तरिक उत्पादन बढ्न सकेको खण्डमा विदेशी निर्भरता घटेर विदेशी मुद्राको माग घटाउँछ भने निर्यातको अवसरसमेत सिर्जना गर्छ ।
तर, अहिलेसम्म भन्सार र राजस्वको तथ्याङ्क हेर्दा १ सयदेखि ४ सय रुपैयाँसम्मको भन्सार मूल्यमा करोडौं जोर जुत्ताचप्पल भित्रिरहेका छन् । चालू आर्थिक वर्षको ८ महिना (फागुन)सम्ममा २ करोड ९२ लाख ५९ हजार जोर जुत्ता भित्रिएको भन्सारको तथ्यांक छ ।
जसको मूल्याङ्कन सय रुपैयाँदेखि ४ सय रुपैयाँको मात्रै छ । पछिल्लो ३ महिनामा मात्रै १ करोड ६२ लाख ५४ हजार जोर जुत्ताचप्पल आयात भएको छ । अबको ४ महिनामा डेढदेखि २ करोड जोर जुत्ताचप्पल भित्रिने संभावना छ । मानिसहरूको दैनन्दिन रूपमा प्रयोग हुने आवश्यक वस्तुभित्र पर्ने जुुत्ताचप्पलको आयातलाई निरुत्साहित गरी आन्तरिक उत्पादन बढाउन आगामी बजेटले विशेष ध्यान दिनुु आवश्यक छ ।
जुत्ताचप्पल आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्छ छ । तर, न्यूनबिजिकीकरण भएर आएको जुत्ताचप्पलमा जति नै महसुल लगाए पनि देशलाई घाटा छ । ५ सय रुपैयाँको जुत्ताचप्पलको मूूल्यांकन ५० रुपैयाँ गरिएको हुुन्छ । त्यसमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत मूूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । बाँकी ४ सय ५० रुपैयाँमा ३० प्रतिशत भन्सार महसुुल र १३ प्रतिशत भ्याट राजस्व चोरी भएको देख्न सकिन्छ । त्यसको प्रभाव बजारमा पर्छ नै ।
नेपाली उद्योगीहरूले ठूूलो लगानी गरेर बसेका छन् । यसरी कर छली हुुँदा नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । एक हिसाबले हेर्ने हो भने प्रतिस्पर्धा गर्ने ठाउँ नै छैन भन्दा हुन्छ । नेपाली जुुत्ताचप्पल उद्योगलाई प्रोत्साहन नगर्ने हो हजारौंको रोजगारी संकटमा पर्छ ।
राजस्व गुुम्छ । त्यस्तो अवस्था नआओस् भनेर सरकारले विशेष ध्यान दिनुुपर्छ । हामीले भनिरहेको औद्योगीकरणमा जान पनि सहज हुन्छ । र युवा पुस्ताले बाहिरबाट सामान ल्याउँदा जुन समस्या भोगिरहेका छन्, त्यसलाई सरकारले ध्यान दिएमा नेपालमै उद्योग सञ्चालन गर्न सक्छौं । युवावर्गमा उत्साह पनि थपिन्छ । नत्र भने भारत र चीनमा बनाएका जुत्ताचप्पलाई सिधैं छाप लगाएर नेपालमा बेचे भइहाल्छ ।
लेखक, अमिरप्रताप राणा किरण सुजका प्रबन्ध निर्देशक हुन् ।