काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ । अडियो लाइनअपका लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली स्रोताहरूलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउण्ड साउण्ड प्रस्ताव गर्नका लागि विशेष रूपमा डिजाइन गरिएको छ ।
अर्कोतर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ फिचर्सहरूले सुसज्जित छ जस्तै एसपीओटु ट्रयाकिङ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ र स्लिप ट्रयाक गर्न मद्दत गर्छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरूलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहेको बताए । स्पीकरमा डुअल इक्यु मोडहरू जस्ता सुविधाहरूको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुने उनको दाबी छ ।
यस्तो छ विशेषता ः
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)
पूर्ण फुल साउण्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउण्ड साउण्ड प्रस्ताव गर्नका लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरू प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्छ ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)–अडियो अन द फ्लाई
सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पीकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्न ट्विन ८डब्लू २ फुल रेन्ज ड्राइभर छ । एक स्टाइलिस भाइभ्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पीकर एन्टी स्लिप प्याडिंगको साथ आउँदछ जसले उपकरणलाई उपयोगी बनाउँछ र यसमा स्ट्रङ ग्रिप छ जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
असाधारण अडियो अनुभवको प्रतिज्ञाका साथ कम्प्याक्ट स्पीकर डुअल ध्वनि मोडको साथ आउँछ । टेलर मेड एक्सपेरियन्सलाई इनेबल गर्दै हामीले आफ्नोे मुड र अवसरअनुसार सजिलै नर्मल र डीप बास मोडमा स्वीच गर्न सक्छौं । मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सका लागि टीडब्लूएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ ।
सबै घर पार्टीहरू, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरूका लागि एक आदर्श उत्पादन भएको यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रिमियम र फुलफिलिङ प्रडक्ट हो । मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँछ जुन १३ घण्टासम्म चल्छ ।
यसको आइपएक्स ७ वाटरप्रुफको रेटिङ छ र यसलाई अधिकतम १ मिटरको गहिराइमा ३० मिनेटका लागि पानीमुनि डुबाउन सकिन्छ । यसमा कलहरू उठाउनका लागि बिल्ट इन माइक्रोफोन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ ।