काठमाडौँ । केही दिनयता विश्व बजारमा सुनको मूल्य आकासिएको छ । अमेरिका र चीनबीच लम्बिरहेको व्यापार युद्ध, अमेरिकी सङ्घीय रिजर्भ बैङ्कको व्याजदरमा कटौती र अमेरिकी डलरको तुलनामा रुपैयाँ कमजोर हुनु पनि सुनको मूल्यवृद्धिको कारक बनेको छ ।
विश्वबजारमा अहिले सुनको मूल्यप्रति औस १ हजार ४८४ अमेरिकी डलर पुगेको छ । सुनको यो मूल्य छ वर्षयताकै उच्च हो । त्यसो त अहिले सुन बजार २०१३ को तुलनामा केही तल नै छ । जब २०१३ मा सुनको मूल्य प्रति औस १ हजार ६९६ अमेरिकी डलर पुगेको थियो ।
अन्तर्राष्ट्रिय रुपमा नै शेयरबजारको लगानी सुरक्षित नदेख्दा कतिपय लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । लगानीकर्ताले सुनलाई महत्वपूर्ण लगानीको वस्तुको रुपमा लिन्छन् । २००१ यता विश्वभरी नै सुनमा लगानी प्रतिवर्ष १५ प्रतिशतले बढ्ैछ ।
विश्व अर्थतन्त्रमा ‘सेफ हेभेन एसेट’ मानिने सुनको मूल्य भू–राजनीतिक सङ्कटको समयमा चुलिएको छ । गत हप्ता अमेरिकाले चीनबाट आयातित हुने वस्तुमा थप भन्सार लगाउने घोषणा गरेपछि ग्लोबल इक्यूटी मार्केटमा उथुलपुथल भएको छ ।
यो वर्ष इक्यूटीमा पैसा लगानी गर्नेको तुलनामा सुनमा लगानी गर्नेको अवस्था राम्रो छ । अमेरिका र चीनबीच बढेको व्यापार तनाव, अमेरिकी डलरमा कटौती र भारुमा आएको गिरावटले अमेरिकी डलरको तुलनामा सुनलाई बलियो बनाएको छ ।
भू–राजनीतिक तनाव र अनिश्चितताका समयमा सुनलाई एक सुरक्षित आश्रय सम्पत्तिका रुपमा मानिएको छ । पछिल्लो हप्ता जब अमेरिकाले चीनको सामानमाथि अतिरिक्त भन्सारको घोषणा गर्यो ।
पछिल्लो पाँच आर्थिक वर्षमा स्टक मार्केट इन्डेक्स डो जोनस र नसडकको सूचकाङ्कमा चार प्रतिशत, यूरो स्टक्समा ४.९ प्रतिशत, एफटीएसईमा १०० प्रतिशत, निक्केईमा पाँच प्रतिशत गिरावट आएको छ ।
यस्तै साङ्घाई कम्पोजिटमा पाँच प्रतिशत गिरावट आएको छ । पछिल्लो एक हप्तामा सेन्सेक्समा मात्र एक प्रतिशत गिरावट भयो । यस वर्ष इक्विटीमा पैसा लगानी गर्नेको तुलनामा सुनमा लगानी गर्नेको अवस्था राम्रो रह्यो ।
यदि विश्व व्यापारमा तनाव जारी रहे सुनको भाउमा अझै बढोत्तरी हुनसक्छ । यद्यपि अमेरिकाको सङ्घीय रिजर्भ बैङ्कका अध्यक्ष जेरोम पावेलले व्याज दरमा कटौतीको श्रृङ्खला निरन्तर नजाने सुझाएका छन् ।
पछिल्लो केही दिनदेखि चीनविरुद्ध ट्रम्पको कारबाहीले यो सुझाव दिँदै छ । सङ्घीय रिजर्भबाट अधिक दरमा भइइरहेको कटौतीलाई अस्वीकार गर्न सकिने छैन ।
खुला मौद्रिक नीतिको बढ्दो अपेक्षा
अहिले विश्वभरी नै केन्द्रीय बैङ्कहरुको रणनीति नै मौद्रिक नीति कसिलोदेखि खुकुलोतर्फ स्थानतरण हुँदैछ । लगानीर्तालाई खरिद गर्न र अहिले देखिरहेको सुनको मूल्य वृद्धिका लागि यो एउटा प्राथमिक कारक तत्वको रुपमा देखिएको छ ।
सुन अनुत्पादक वस्तु भएको र यसमा भण्डारण र बीमा शूल्क लाग्ने हुँदा न्यून व्याजदरले सुन ‘होल्ड’ गर्न न्यून अवसर लागत प्रदान गर्छ ।
अमेरिकी सङ्घीय रिजर्भ बैङ्कको गत जून महिनाको बैठकमा उसले ब्याजदर स्थिर राख्यो तर नीति निर्णयमा आफ्नै तथ्याङ्क आधारित डाटा ड्रिभन अप्रोचमा केन्द्रित रह्यो । उसले न्यून ब्याजदरको मामिला बलियो बन्दै गइरहेको विश्वास व्यक्त गर्यो ।
बजारको अपेक्षालाई ‘स्विङ’ गर्न यो पर्याप्त थियो, अहिले अधिकांश समीक्षकले सङ्घीय रिजर्भ बैङ्कले २०१९ मा दर न्यून गर्ने अपेक्षा गरेका छन् । यो वर्षमा यो पहिलो कटौती हुनेछ । न्यून व्याजदरले अमेरिकी डलरको व्यापार ‘वेट भ्याल्यू’ लाई पनि कमजोर बनाउन सक्छ । जसले सुनको अत्याधिक मूल्य वृद्धि गराउन पजि सक्छ ।
सुनका लागि अधिकांश ‘प्राइज सेन्सिटिभ’ माग अमेरिका बाहिरबाट आउने गर्छ । डलर कमजोर हुनुको अर्थ मानिसहरुले आफ्नो राष्ट्रिय मुद्राको सोही मात्रामा धेरै सुन खरिद गर्न सक्छन् । यसले सुनको मूल्यमा अभिवृद्धि गर्न थप दबाब दिन्छ ।
भू–राजनीतिक तनाव
लगानीकर्ताको भीड सुनतर्फ जानुको अर्को कारण भनेको भूराजनीतिक अनिश्चितता पनि हो । बढ्दो भू–राजनीतिक अनिश्चितताबाट आफूलाई सुरक्षित राख्न लगानीकर्ताहरु यता आकर्षित छन् ।
सुन कुनै पनि देश र आर्थिक प्रणालीसँग सम्बद्ध नभएको कारण नै भू–राजनीतिक सङ्कटमा यो आकर्षक बन्छ । इरानमाथि अमेरिकाको भारी प्रतिबन्ध र चीन अमेरिकाको असफल व्यापार वार्ता नै दुई मुख्य विषय हुन् जसले यो समय सुनको मूल्य वृद्धिलाई बल पुर्याइरहेको छ ।
ब्रेक्जिटको विषयमा बेलायतमा देखा परेको राजनीतिक उथलपुथलले पनि सुनमा लगानीको प्रोत्साहित गरेको छ । यस्तै २०२० को अमेरिकी राष्ट्रपति चुनावअघि देखा परिरहेको अनिश्चितता पनि सुन मूल्यवृद्धिको कारण बनेको छ ।
भूमण्डलीय आर्थिक वृद्धि
अधिकांश लगानीकर्ताले ‘सेफ हेभेन एसेट’ को रुपमा लिने सुनको माग यो विश्व अर्थतन्त्रको स्वास्थबारे बढ्दो चासोको बीचमा पुनः फर्किएको छ ।
यो वर्षको अप्रिल ९ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्षको विश्विक वृद्धि २००९ यताकै सबैभन्दा न्यून स्तरमा भएको धारणा व्यक्त गरेको छ ।
प्रत्येक चौमासिकमा अपडेट हुने आफ्नो वल्र्ड इकोनोमिक आउटलुकको जुलाई संस्करणमा आईएमएफले व्यापार युद्धले भूमण्डलीय अर्थतन्त्रलाई थप निस्क्रिय बनाउने बताएको थियो ।
उसले अप्रिलमा जारी भएको विश्व आर्थिक परिदृश्यमा यो वर्षका २०१९ मा ३.२ प्रतिशतले वृद्धि हुने र २०२० मा ३.५ प्रतिशतले वृद्धि हुने बताएको छ ।
इक्वीटी मार्केट निरन्तररुपमा माथि धकेलिदै जाँदा सुन तथा सुन उत्खनन गर्ने कम्पनी २०११ को मध्येदेखि प्रतिकूल अवस्थामा छन् । यद्यपि केही हदसम्म आर्थिक दृष्टिकोण यो क्षेत्रमा पनि पर्न सक्छ भन्ने धारणा व्यक्त भएका छन् ।
सुन खरिद गर्दै केन्द्रीय बैङ्कहरु
बितेका धेरै वर्षदेखि केन्द्रीय बैङ्कहरु सुनको सक्रिय खरिदकर्ता बन्दै आएका छन् । विश्व सुन परिषद् (डब्ल्यूजीसी) को अनुसार २०१९ को प्रथम चौमासिकमा केन्द्रीय बैङ्कहरुको सुन खरिद १४५.५ मेट्रिक टन रहेको छ, जुन २०१३ पछिको सबैभन्दा प्रथम चौमासिकमा भएको सबैभन्दा धेरै हो ।