काठमाडौं । कोभिडका गम्भीर बिरामीहरूलाई अक्सिजनको अभाव हुँदा अस्पताल र घरमा बिरामी छट्पटाउँदै बस्ने र कतिपयको मृत्यु हुने क्रम बढिरहेको छ ।
तीव्र गतिमा फैलिएको संक्रमणको कारण अहिले सबै अस्पतालका बेडहरू भरिभराउ भएका छन् । मृतकको संख्या बढ्नुको मुख्य कारण अक्सिजन अभावलाई लिन थालिएको छ ।
पाएसम्म दैनिक रूपमा अक्सिजन सिलिण्डर वितरण गरिरहेको यो टिम भूकम्पको संकटमा जन्मिएको थियो । आर्थिक अवस्था कमजोर भएकैले अक्सिजन सिलिण्डर खरिद गर्न नसकेर कोही कसैले ज्यान गुमाउन नपरोस् भन्दै हाम्रो टिम नेपाल सिलिण्डर व्यवस्थापनमा जुटेको हो ।
एक साताअघि अर्थात जब सिलिण्डरको हाहाकार भएको खबरहरू सार्वजनिक भयो, त्यही दिनबाट निःशुल्क रूपमा सिलिण्डर बाँड्दै आएको छ, हाम्रो टिम नेपालले । टिमले बिरामीको आफन्तले ल्याउने खाली सिलिण्डर संकलन गरेर उद्योगबाट भर्नेदेखि लिएर सिलिण्डर नै उद्योगबाट खरिद गरेर दिने गरेको छ ।
पाएसम्म दैनिक रूपमा अक्सिजन सिलिण्डर वितरण गरिरहेको यो टिम भूकम्पको संकटमा जन्मिएको थियो । आर्थिक अवस्था कमजोर भएकैले अक्सिजन सिलिण्डर खरिद गर्न नसकेर कोही कसैले ज्यान गुमाउन नपरोस् भन्दै हाम्रो टिम नेपाल सिलिण्डर व्यवस्थापनमा जुटेको हो ।
२०७२ सालको भूकम्पको बेला स्वस्फूर्त रूपमा राहत र उद्धारमा खटिएका युवाहरूको समूहले गठन गरेको हाम्रो टिम नेपाल अहिले सहयोगी हातहरूको साथमा अहोरात्र खटिरहेको छ ।
त्यो बेला सुरक्षाकर्मीहरूको साथमा भूकम्प लगत्तै काठमाडौंसहित मुलुकका विभिन्न भागमा घाइतेहरूको उद्धार र राहत वितरण गरेका युवाहरूनै संगठित भएर अहिले कोभिडका बेला पनि अक्सिजन संकलन र वितरणमा जुटेका हुन् ।
यो टिमले यसअघिको बन्दाबन्दीमा पनि गरिब र असायहरूलाई निःशुल्क खाना र पानी खुवाउँदै आएको थियो । त्यति मात्र होइन, देशका विभिन्न भागमा बाढिपहिरो, आगलागी जस्ता बिपत्तिमा समेत राहत जुटाउँदै आएको हाम्रो टिम नेपालले अहिले भने निःशुल्क रूपमा अक्सिजन सिलिण्डर बाँड्दै आएको अध्यक्ष विमल पन्तको भनाइ छ ।
आर्थिक अभाव र अक्सिजन अभावले विशेष गरेर न्यून आय भएका कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको पन्त बताउँछन् । ‘हामीले केही अक्सिजन कम्पनीसँग सम्झौता गरेर संकलन र वितरणमा सहयोग गरेका हौं,’ उनले भने ।
‘अस्पतालमा अक्सिजन सिलिण्डर अभावको खवर सुनेपछि हामीले संकलन गरेर वितरण गर्न थालेका हौं,’ अध्यक्ष पन्तले भने ।
उनीहरूले अक्सिजन किन्न नसक्ने बिरामीका लागि अस्पतालको सिफारिसअनुसार निःशुल्क रूपमा बिरामीलाई दिँदै आएको छ ।
‘दिनकै दुईवटा सिलिण्डरसम्म आवश्यक पर्छ, त्यस्तो बेलामा सबै बिरामीले किन्न सक्छन् भन्ने हुँदैन, उनीहरूलाई हाम्रो टिम नेपालले सहयोग गर्छ,’ अध्यक्ष विमल पन्तले भने ।
आर्थिक अभाव र अक्सिजन अभावले विशेष गरेर न्यून आय भएका कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको पन्त बताउँछन् । ‘हामीले केही अक्सिजन कम्पनीसँग सम्झौता गरेर संकलन र वितरणमा सहयोग गरेका हौं,’ उनले भने ।
हाम्रो टिम नेपालसँग ११ सय युवाहरू आबद्ध भइसकेका छन् । त्यसमा पनि ४५ जना युवा फिल्डमा सक्रिय छन् । उनीहरूले मासिक रूपमा आफूखुसी १ हजारदेखि १ सय रूपमा स्वेच्छिक रूपमा जम्मा गर्दै आएका छन् ।
म्युजिक भिडियो र चलचित्रमा व्यस्त नायक पल शाह पनि पछिल्लो समय हाम्रो टिम नेपालसँग जोडिएका छन् । अक्सिजन सिलिण्डर अभाव भएको खवर समाचारमा सुनेसँगै यो बेला सकेको सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हाम्रो टिम नेपालसँग आबद्ध भएको बताए ।
अहिले त्यही पैसा र विभिन्न व्यक्तिहरूले दिएको रकमबाट अक्सिजन सिलिण्डर र खाना खुवाउँदै आएको छ हाम्रो नेपाल टिम ।
एक साता अघिबाट अभियानको सुरुवात गरेको हाम्रो टिम नेपालले हालसम्म २५० वटाभन्दा बढी सिलिण्डरहरू निःशुल्क रूपमा वितरण गरिसकेको कोषाध्यक्ष मिलनकुमार बोगटीले जानकारी दिए ।
यो टिमले सबैभन्दा पहिला भक्तपुर जिल्ला अस्पतालमा २३ वटा सिलिण्डर बाँडेका थिए । टिमले विशेष गरेर सरकारी र सामुदायिक अस्पतालमा रहेका बिरामीहरूलाई निःशुल्क रूपमा अक्सिजन सिलिण्डर वितरण गर्दै आएको छ ।
हाल संस्थामा मोडल दुर्गेश थापा, एलएस धामी, कविता पौडेल, उमेश बोहरा, सुरेशकुमार श्रेष्ठ, देव गुरुङ, अमन्ती न्यौपाने, सपना रोक्का मगर लगायतका युवाहरू संक्रिय रूपमा लागि परेका छन् ।
टिममा दैनिक ज्यालामजदुरी गर्नेहरू, विद्यार्थी, शिक्षक, इन्जिनियर र डाक्टरहरूको समेत सहभागिता छ ।
जबसम्म अक्सिनको सहज रूपमा उपलब्ध हुँदैन र सरकारले नै सामान्य अवस्था भयो नभनेसम्म सहयोग जारी रहने टिमले जनाएको छ ।
नायक पल शाह पनि जोडिए
म्युजिक भिडियो र चलचित्रमा व्यस्त नायक पल शाह पनि पछिल्लो समय हाम्रो टिम नेपालसँग जोडिएका छन् । अक्सिजन सिलिण्डर अभाव भएको खवर समाचारमा सुनेसँगै यो बेला सकेको सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हाम्रो टिम नेपालसँग आबद्ध भएको बताए ।
अहिले उनी पनि हाम्रो टिम नेपालसँग विभिन्न ठाउँमा अक्सिजन सिलिण्डरहरू पु¥याउँदै आएका छन् । मलाई धेरै प्रश्नहरू आउँछ कि यस्तो संकटको बेला पनि तपार्इं किन बाहिर बाहिर भनेर ? ‘तर, जब मलाई यहाँसम्म ल्याइपुर्याउने आम दर्शकहरू नै कोभिडको चपेटामा परिरहेको बेला म आफंै मात्र घरमा बस्न मिल्दैन भन्ने सोच राखेर अक्सिन वितरण गर्दै हिँडेको हुँ,’ उनले भने ।
दर्शकहरू बिरामी भएर छटपटाइरहेको बेला घरमा बस्न मनले मानेन्, यदि सेवा गर्दा गर्दै बिरामी भइएछ भने उपचार गरौंला तर, यो बेला घर भित्रै थुनिएर भने बस्न नसक्ने उनले बताए ।
‘मेरो यति खर्च गर्छु भन्ने योजना हुँदैन, जब समस्या पर्छ, तत्कालै योजना बनाइहाल्छु’ नायक शाहले भने । काठमाडौंमा मात्र होइन, अबको केही समयभित्रै उपत्यका बाहिर पनि सेवाका लागि जाने सोच बनाएको उनले बताए ।
उनले यस अघिको लकडाउन (बन्दाबन्दी)को बेलामा पनि आफ्ना प्राविधिकहरूलाई राहत वितरण गरेका थिए । आफूले कमाएको केही रकमबाट समस्यामा परेकाहरूलाई सकेको राहत दिँदै आएका छन् । त्योसँगै मुलुकका विभिन्न भागमा समेत गएर राहत बाँडेका छन् ।
कोरोना अघि पनि उनले थुप्रै ठाउँमा गएर गरिब र असायहरूलाई सहयोग गरेका थिए ।
‘मेरो यति खर्च गर्छु भन्ने योजना हुँदैन, जब समस्या पर्छ, तत्कालै योजना बनाइहाल्छु’ नायक शाहले भने । काठमाडौंमा मात्र होइन, अबको केही समयभित्रै उपत्यका बाहिर पनि सेवाका लागि जाने सोच बनाएको उनले बताए ।
उनले आफ्नो खल्तीबाट र चिनजानका दाजुहरूलाई अनुरोध गरेर सहयोग जुटाउँदै आएको बताउँछन् । तर, उनले सार्वजनिक रूपमा आम मानिसलाई सहयोगका लागि सहयोग भने माग्दैनन् । आफू र आफ्ना चिनजानका र आफन्तबाट उठाएको पैसाले सहयोग गर्दै आएको उनी बताउँछन् ।