गत वर्ष यो समय मुलुकभर बन्दाबन्दी (लकडाउन) थियो । सेयर कारोबारको चर्चा हुुन्थ्यो तर, कारोबार भइरहेको थिएन । चैत दोस्रो सातादेखि बन्द रहेको सेयर बजार ५१ दिनपछि वैशाख ३० र ३१ गते खुले पनि त्यसपछि भने फेरि डेढ महिना बन्द भयो र एकै पटक असार १५ मा मात्रै खुुल्यो ।
गत वर्ष वैशाखका २ दिनको कारोबारमा करिब ५० अंकले घटेको सेयर बजार सूचक नेप्से असार १५ को पहिलो कारोबार पनि करिब १३ अंकले घटेर ११८८ अंकमा रोकिएको थियो । तर, त्यसयता सेयर बजारले पछाडि फर्केर हेर्नुपरेको छैन । २०७७ असार १५ पछिको करिब साढे १० महिनामा सेयर बजारमा उछाल आएको छ । यसअवधिमा सेयर बजार सूचक १३० प्रतिशतले बढेको छ ।
कोभिड–१९ कै कारण अर्थतन्त्र सुस्ताएर ऋणात्मक वृद्धि भएको स्थितिमा पनि सेयर बजारमा भने चमक छाइरहेको छ । बढ्दै गरेको बजारलाई पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरी दिँदा झनै फलिफाप भयो । अघिल्लो साढे ५ महिनामा जति सूचक बढ्यो पछिल्लो ४ महिनामा करिब त्यत्तिनै सूचक बढ्न पुुग्यो ।
पुस ५ मा १९३५.६४ अंकमा रहेको नेप्से सूचक ४ महिना (२०७८ वैशाख २ गतेसम्म) करिब ८ सय अंक अर्थात् ४१ प्रतिशतले बढेर हालसम्मकै उच्च २७३५.४ अंकमा चढेको थियो । त्यसयता सामान्य उतारचढाव रहेको बजार मंगलबारसम्म २६६७३.३१ अंकमा छ ।
कोभिड–१९ कै कारण अर्थतन्त्र सुस्ताएर ऋणात्मक वृद्धि भएको स्थितिमा पनि सेयर बजारमा भने चमक छाइरहेको छ । बढ्दै गरेको बजारलाई पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरी दिँदा झनै फलिफाप भयो । अघिल्लो साढे ५ महिनामा जति सूचक बढ्यो पछिल्लो ४ महिनामा करिब त्यत्तिनै सूचक बढ्न पुुग्यो ।
विगतमा बजार बढ्दा वित्तीय क्षेत्र हावी हुने गरेको थियो र केन्द्रीय बैंकको नीतिले सेयर बजारलाई डोहोर्याउने गरेको थियो । तर, पछिल्लो समय वित्तीय क्षेत्रको हिस्सा विस्तारै घट्दै गएको छ । कोभिडका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा समस्यामा समस्या आउने र त्यसले केही जटिलता ल्याउने हो कि भन्ने एउटा चिन्ता हो ।
तर, सेयर बजारमा वित्तीय क्षेत्र स्थिर रहेरै अन्य क्षेत्रले नियन्त्रणमा लिएको स्थितिमा ठूलो परिवर्तन आउने अवस्था कम छ । २०७७ जेठमा बजार पुँजीकरणका आधारमा बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत)को हिस्सा ६५.८ प्रतिशत रहेकोमा २०७७ फागुनमा ५२.६ प्रतिशतमा सीमित भएको छ र, यो घट्दो क्रममा छ । गत जेठमा १४.३ प्रतिशत रहेको बिमा क्षेत्रको हिस्सा १७ प्रतिशत पुुगेको छ र यो बढ्दो क्रममा छ ।
अझै केही जीवन बिमा कम्पनीहरूले सर्वसाधारणमा सेयर बिक्री गरेर नेप्सेमा सूचीकृत हुन बाँकी नै छ । गत जेठमा ५.९ प्रतिशत रहेको जलविद्युुतको बजार पुुँजीकरण हिस्सा पनि बढेर ६.७ प्रतिशत पुुगेको छ । नयाँ नयाँ जलविद्युत कम्पनीहरूको सेयर सूचीकरण हुने क्रम पनि जारी रहेकाले यो क्षेत्रको हिस्सा पनि बढ्दो क्रममा नै छ ।
यसबीचमा सबैभन्दा धेरै वृद्धि अन्य समूहमा भएको छ । गत जेठमा ८.६ प्रतिशत हिस्सा ओगटेको अन्य समूह अहिले बढेर १८.४ प्रतिशत पुुगेको छ । पछिल्लो समयमा सूचीकृत चन्द्रागिरी हिल्सलाई पनि होटल समूहमा समावेश गरेपछि भने यो समूहको हिस्सा पनि सामान्य रूपमा बढेको छ । यसले बजारलाई विस्तारै अरू क्षेत्रले होल्ड गर्न खोजिरहेको छ भन्ने देखाउँछ ।
अहिले पनि लगानीकर्ताहरूको आकर्षण भने वित्तीय संस्थाहरूभित्रकै लघुवित्त कम्पनीमा छ । लाभांशै नदिएका वा निकै थोरै लाभांश दिएका लघुवित्त संस्थाहरूको सेयरको बजार मूल्य राम्रो लाभांश दिने वाणिज्य बैंकको बजार मूूल्यभन्दा कैयौं गुणा माथि छ । लगानीकर्ताहरूले वाणिज्य बैंकहरूको सेयरलाई लाभांश खाने संस्थाका रूपमा विकास गर्न खोजिरहेका छन् भने लघुवित्त र अन्य क्षेत्रका कम्पनीहरूलाई सेयर कारोबारमार्फत मूूल्य अभिवृद्धि गराउने बाटोमा अग्रसर बनाउन खोजिरहेका छन् ।
अपवादलाई छोड्ने हो भने वाणिज्य बैंकहरू बाहेक अन्य कम्पनीहरूको सूचीकृत सेयर संख्या एकदमै न्यून छ । न्यून सेयर सूूचीकृत भएको स्थितिमा बढी मूल्य अभिवृद्धि गर्न सकिने सम्भावनालाई लगानीकर्ताले चलाखीपूर्ण रूपमा उपयोग गरिरहेको पाइन्छ । यसले कुनै पनि दिन लगानीकर्ता समस्यामा फस्न सक्छ भन्ने देखाउँछ ।
अहिले पनि लगानीकर्ताहरूको आकर्षण भने वित्तीय संस्थाहरूभित्रकै लघुवित्त कम्पनीमा छ । लाभांशै नदिएका वा निकै थोरै लाभांश दिएका लघुवित्त संस्थाहरूको सेयरको बजार मूल्य राम्रो लाभांश दिने वाणिज्य बैंकको बजार मूूल्यभन्दा कैयौं गुणा माथि छ । लगानीकर्ताहरूले वाणिज्य बैंकहरूको सेयरलाई लाभांश खाने संस्थाका रूपमा विकास गर्न खोजिरहेका छन् भने लघुवित्त र अन्य क्षेत्रका कम्पनीहरूलाई सेयर कारोबारमार्फत मूूल्य अभिवृद्धि गराउने बाटोमा अग्रसर बनाउन खोजिरहेका छन् ।
पछिल्लो समयमा भएको चन्द्रागिरी, विशाल बजार, राष्ट्रिय बिमा कम्पनी, साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडलगायतको कारोबारले पनि त्यसको संकेत गर्छ । विगतमा यस्तै बढ्दो बजारलाई समातेर कारोबार गरेका ‘मै हुँ’ भन्ने लगानीकर्ता पनि सडकमा पछारिएका थिए र अहिले उनीहरूको कहानी समाचारका रूपमा छाइरहेका छन् । कतै तपाईं पनि त्यस्तै कहानी निर्माणमा त लाग्नुु भएको त छैन ?
पछिल्लो समय सूचीकृत कम्पनीहरूले सार्वजनिक गर्ने वित्तीय विवरणमा गम्भीर त्रुटिहरूका कारण सामान्य लगानीकर्ता भ्रमित हुँदा समस्यामा फस्ने परिस्थिति निर्माण हुँदै गइरहेको छ । खासगरी गलत विवरणलाई चलाख र वित्तीय विवरणको बारेमा यथेस्ट जानकारी राख्ने लगानीकर्ताका समूहहरूले व्यापक उछालेर बजार प्रभावित बनाउन खोज्ने गरेको पाइन्छ ।
यसले सामान्य लगानीकर्तालाई लोभ्याउँदाको सिकार बन्ने गरेको देखिन थालेको छ । विशेषगरी प्रतिसेयर आम्दानी, प्रतिसेयर कितावी मूूल्य (नेटवर्थ), सञ्चिति (रिजर्भ) खराब कर्जा जस्ता सूचकहरूमा सम्बन्धित कम्पनीहरूले चलाखीपूर्ण भूमिका निभाउन थालेका छन । कम्पनीहरूले नै बजार मूल्यलाई प्रभावित पार्न गरिने यस्ता गतिविधि नियन्त्रणतर्फ एउटा स्पष्ट आधार तय नगर्दा आगामी दिनमा समस्या झनै बढ्ने र लगानीकर्ताहरू थप प्रभावित वातावरण त बनाउँदैन ?
साल्ट ट्रेडिङ कर्पोरेसन, विशाल बजार कम्पनी, राष्ट्रिय बिमा कम्पनीलगायतका कैयौं कम्पनीहरूले वर्षौंसम्म वित्तीय विवरण सार्वजनिक गर्ने गरेको पाइँदैन । बिशाल बजार र राष्ट्रिय बिमा कम्पनीको हकमा नेप्सेले हालै सेयर कारोबार रोकेर विवरण मागेको थियो । तर, हरेक कम्पनीका त्रैमासिक, वार्षिक र अन्य लगानीसँग सम्बन्धित विवरणहरू तत्काललै कम्पनीको वेबसाइट राख्न किन नलगाउने ?
अर्कोतिर कतिपय कम्पनीहरूले निकै ढिलो गरी विवरण सार्वजनिक गर्ने गरेका छन् । यसमा पनि कस्ता प्रकृतिका कम्पनीले कुन समयभित्र (त्रैमासिक सकिएको कति दिनभित्र) वित्तीय विवरण सार्वजनिक गर्ने भन्ने मिति तय गर्ने र तोकिएको समयमा वित्तीय विवरण सार्वजनिक नगरेमा सम्बन्धित कम्पनीका सञ्चालक र व्यवस्थापकीय समूूहलाई कारबाही गर्ने व्यवस्था हुनु जरुरी छ ।
यसले सामान्य लगानीकर्तालाई लोभ्याउँदाको सिकार बन्ने गरेको देखिन थालेको छ । विशेषगरी प्रतिसेयर आम्दानी, प्रतिसेयर कितावी मूूल्य (नेटवर्थ), सञ्चिति (रिजर्भ) खराब कर्जा जस्ता सूचकहरूमा सम्बन्धित कम्पनीहरूले चलाखीपूर्ण भूमिका निभाउन थालेका छन । कम्पनीहरूले नै बजार मूल्यलाई प्रभावित पार्न गरिने यस्ता गतिविधि नियन्त्रणतर्फ एउटा स्पष्ट आधार तय नगर्दा आगामी दिनमा समस्या झनै बढ्ने र लगानीकर्ताहरू थप प्रभावित वातावरण त बनाउँदैन ?
कतिपय प्रकरणमा कम्पनी कारबाहीमा पर्ने अनि व्यवस्थापक र सञ्चालकले जवाफदेहीता लिनुनपर्ने स्थितिले गलत अभ्यासलाई निरन्तरता दिन मनोबल बढिरहेको आभाष मिल्छ । यस्तो स्थितिमा कम्पनी, व्यवस्थापन तथा सञ्चालकलाई कारबाही गर्ने अवस्थाहरूमा पनि अब पुनर्विचार हुनु जरुरी छ ।
लकडाउनपछि खुलेको सेयर बजारमा चालू निषेधाज्ञामा पनि राम्रो कारोबार गरिरहेको छ । पछिल्ला कठिन दिनहरूमा पनि कारोबार रकम राम्रो तहमा छ । बन्द, हडताल वा निषेधाज्ञा केहीले पनि बजार प्रभावित भएको छैन । यस्तो स्थितिमा अब सेयर कारोबारलाई पूर्ववत् अवस्थामा फर्काउनुु आवश्यक छ । गत वर्षको लकडाउन अघिजस्तै दैनिक ५ घण्टा (११ देखि ४ बजेसम्म) बजार खोलिनुु आवश्यक छ । यसले सेयर बजारलाई थप क्रियाशील बनाउँदैन मात्रै लगानीकर्तालाई थप अवसर पनि सिर्जना गर्छ । साथै छिटोभन्दा छिटो ‘इन्ट्रा डे’ कारोबार सुुचारु हुने वातावरण बनाउनु अहिलेको आवश्यकता हो ।
वैशाख २ पछि सुुस्ताउन खोजेको बजारले फेरि यो साता नयाँ उचाइ समाउने गरी अघि बढ्न खोजेको छ । वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेसँगै राजनीतिक अस्थिरताले जग हाल्ने अवस्था बनेको छ । राजनीतिक अस्थिरता र संँगै कोभिड–१९ को प्रकोपले मुलुक निषेधाज्ञाका बीचमा रहेको स्थितिमा लगानीका अन्य क्षेत्रहरू खुम्चिन जाँदा त्यसको प्रभाव सेयर बजारमा पर्न थालेको देखिन्छ ।
ओली सरकार काम चलाउमा परिणत भएको र वैकल्पिक सरकार बन्ने सम्भावना पनि प्रस्ट नदेखिएको वर्तमान अवस्थमा मुलुक छिटो निर्वाचन (अर्लि इलेक्सन)मा जाने सम्भावना देखिरहेको छ । निर्वाचनले सेयर बजारमा सकारात्मक प्रभाव पारेको विगतको दृष्टान्तले पनि बजार अग्रगतिमा जाने आँकलन गर्न सकिन्छ ।
उता, कोभिड संक्रमण बढ्दै गएसँगै लगानीका अन्य क्षेत्र संकुचित हुँदै जाने निश्चत छ । यस्तोमा बैंक ब्याजदर घट्ने र बैंकहरूको लगानीको क्षेत्र पनि सेयर बजार नै हुने अनुमान गर्न सकिन्छ । तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले अधिकांश सूचीकृत कम्पनीहरूले आगामी वर्ष राम्रै लाभांश दिने क्षमता राखेका छन् । ब्याजदर कम र लाभांश बढी पाउने भएपछि लगानीकर्तालाई पनि अरू के चाहियो र !
तर, देशको स्वास्थ्य र आर्थिक अवस्था दर्दनाक हुुँदै गएको अवस्थामा सेयर लगानीकर्ता हौसिँदा जुनसुकै बेला डुुब्न सक्छन् । अर्कोतिर, आगामी वर्षको बजेट र मौद्रिक नीतिको पूर्वतयारी भइरहेको छ । यस्तो बेला सेयर लगानीकर्ताहरूले सावधानीसाथ आफ्नो क्षमताले थेग्नेसम्म कारोबार गर्नु हितकर हुन्छ । बजेट र मौद्रिक नीतिमा गर्नुपर्ने सुधार आफ्नै ठाउँमा छन् । तिनको छुट्टै लेखाजोखा गर्नुपर्छ ।