काठमाडौं । एनसेलका ग्राहकले अब युनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन्। एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू हुने घोषणा गरेको छ।
साे योजना इदको अवसरमा ल्याइएकाले योजना सुचारु भएको दिनदेखि ७ दिनसम्म सञ्चालन हुनेछ। यूएईबाट धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने ग्राहकले यस आकर्षक योजनाअन्तर्गत हरेक दिन सामसुङ ग्यालेक्सी–ए२० स्मार्टफोन जित्न सक्नेछन्।
यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइ वा आफन्तले यो आकर्षक योजनाको लाभ लिन सक्ने छन् ।
साे याेजनाअनुसार ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन्। ग्राहकले उठाएको आगमन कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ ।
एनसेलको कर्पोरेट कार्यालयबाट विजयी ग्राहकलाई सुविधाअनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ। हाल लागू भएको निषेधाज्ञा हटेको एक हप्तापछि विजयी ग्राहकले आफूले जितेको स्मार्टफोन लिन सक्नेछन्।
स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रूपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन्।
साे ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन्। विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन्।
यसरी प्राप्त बोनस ३ दिनक लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।