काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते देशवासीको नाममा सम्बोधन गर्दै खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछ भनेर सार्वजनिक गरे ।
त्यसपछि बुधबार प्रधानमन्त्री ओलीले नै फेरि खोप आयातको जिम्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिए ।
खोप आयातका लागि तीन महिनादेखि स्वास्थ्य मन्त्रालयमा आएका प्रस्तावलाई स्वास्थ्यमन्त्री त्रिपाठीले अगाडि नबढाएपछि प्रधानमन्त्री ओली उनीसँग रुष्ट बनेका थिए । स्वास्थ्य मन्त्रालयमा ६ वटा कम्पनीले खोप आयात गर्ने भन्दै प्रस्ताव पेश गरेका थिए ।
प्रधानमन्त्री ओलीको यी दुई निर्णयबाट प्रस्ट हुन्छ– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठी र ओलीबीच ठूलै टकराव छ । त्यही भएर उनले विभागीय मन्त्रालयलाई पन्छाएर खोप आयातको जिम्मा परराष्ट्र मन्त्रालय र उपप्रधानमन्त्री पोखरेललाई दिएका हुन् । जबकी जनस्वास्थ्यका विषयमा आवश्यक पहल कदमी उठाउने तथा निर्णय गर्ने अधिकार तालुकदार मन्त्रालय स्वास्थ्य तथा जनसंख्याको हो ।
खोप आयातका लागि तीन महिनादेखि स्वास्थ्य मन्त्रालयमा आएका प्रस्तावलाई स्वास्थ्यमन्त्री त्रिपाठीले अगाडि नबढाएपछि प्रधानमन्त्री ओली उनीसँग रुष्ट बनेका थिए । स्वास्थ्य मन्त्रालयमा ६ वटा कम्पनीले खोप आयात गर्ने भन्दै प्रस्ताव पेश गरेका थिए ।
त्यही भएर उनले आफू निकट मानिएका दुई मन्त्रीलाई खोप आयातको जिम्मेवारी तोके । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली त्रिपाठीसँग चिढिएपछि स्वास्थ्यमन्त्रीले प्रधानमन्त्री निकट व्यापारीले कमिसनका कारण खोप रोकेको विभिन्न अन्तर्वार्तामा सार्वजनिक पनि गरे ।
माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सेरमको कोभिडसिल्ड खोप स्वास्थ्यमन्त्री त्रिपाठीले ग्रहण गर्दा उनी मन्त्री भएको एक महिना पुग्न लागेको थियो । त्रिपाठीले पुस ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएका हुन् । सोही खोपमार्फत नेपालले माघ १४ देखि राष्ट्रव्यापी खोप अभियान सुरु गरेको थियो ।
स्वास्थ्यमन्त्री त्रिपाठीले जुन कम्पनीले कमिसन नपाएर खोप आयात गर्न रोकेको आरोप लगाएका छन्, उपप्रधानमन्त्री पोखरेलले सोही कम्पनी अर्थात हुकुम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालिलाई नै दिइएको छ । जसका सञ्चालक विजय दुगड र उनका छोरा अभिषेक दुगड हुन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीले विजय दुगड र उद्यमी सुरज वैद्य कमिसन खान नपाएपछि खोप ल्याउन नदिएको आरोप लगाएका थिए । सरकारले कमिसन नदिएकाले उनीहरूले खोप आयात गर्नबाट रोकेको त्रिपाठीको आरोप छ ।
माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सेरमको कोभिडसिल्ड खोप स्वास्थ्यमन्त्री त्रिपाठीले ग्रहण गर्दा उनी मन्त्री भएको एक महिना पुग्न लागेको थियो । त्रिपाठीले पुस ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएका हुन् । सोही खोपमार्फत नेपालले माघ १४ देखि राष्ट्रव्यापी खोप अभियान सुरु गरेको थियो ।
त्रिपाठीभन्दा अगाडिका स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै पालामा सेरमको खोप कोभिसिल्ड नेपालमा आयात गर्ने विषयमा प्रक्रिया अगाडि बढेको थियो ।
कोभिडको आक्रान्त विश्वसामू भ्याक्सिनको उदयले खुसीका बाछिटाहरू नेपाल आइपुग्दासम्म विश्वका शक्तिशाली राष्ट्रले उत्पादन गरेका भ्याक्सिन नेपालमा आपूर्ति गर्ने भन्दै झन्डै ६ वटा कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए ।
आपूर्ति गर्दा नाफा र कमिसन जोडेर प्रस्ताव पेश गरे पनि तत्काल स्वास्थ्य मन्त्रालयले कुनै निर्णय नगरेपछि लम्बेको प्रक्रिया पछिल्लो पटक स्थानीय एजेन्टले कमिसन नपाएर खोप रोकेको स्वास्थ्यमन्त्री त्रिपाठीले बताएपछि खोप आयातमा झन् अन्योल देखिएको छ ।
त्रिपाठी स्वास्थ्यमन्त्री भएपछि सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गर्ने कोभिसिल्ड भ्याक्सिनको नेपाली आयातकर्ता हुकुम डिस्ट्रिब्युसनले नाफा र कमिसन जोडेर पत्र पठाए पनि मन्त्रीले त्यसलाई अगाडि बढाएनन् ।
स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ‘कमिसनको कुरा नमिल्दा खोप आयातमा ढिलाइ भएको भए पनि यसमा मन्त्री र प्रधानमन्त्रीको कुरा नमिल्दा झन् ढिलो भएको हो ।’ मन्त्री त्रिपाठीले आफू निकट व्यवसायीमार्फत अन्य मुलुकको भ्याक्सिनलाई प्राथमिकता दिने र प्रधानमन्त्रीले भारतको भ्याक्सिनको प्राथमिकता दिँदा ढिलो भएपछि सोही समयमा सेरमले आफ्नो भवनमा आगलागी भएको पत्र पठाएको थियो ।
सेरमले स्वास्थ्य विभागलाई फागुन १९ गते पठाएको पत्रमा उद्योगको एउटा भवनमा आगलागी हुन गई मासिक उत्पादन क्षमतामा अवरोध भएको र केही महिनासम्म सो घटनाको कारणले आपूर्र्ति गर्न नसक्ने जनाएको थियो । (हेर्नुस पत्र) पत्रमा सिरमका प्रमुख कार्यकारी अधिकृत आदर सी पुनावालको हस्ताक्षर छ ।
तर, विभाग वा मन्त्रालयले सो पत्र र पत्रको जानकारीको विषयमा केही सार्वजनिक गरेन । नत त्यसको जवाफ नै पठायो । आगलागीबाट उद्योगमा क्षति हुँदा उत्पादनमा अवरोध भएको पत्र आउँदा पनि सार्वजनिक नगर्नुले पनि स्वास्थ्यमन्त्रीको नियतमा प्रश्न उठेको मन्त्रालय स्रोत नै बताउँछ ।
एकातिर एजेन्टहरूले कमिसनमा बार्गेनिङ गरेर अवरोध गर्नु अर्काेतिर स्वास्थ्य मन्त्रीले नै प्रस्ट कुरा नराख्नुले यसमा मन्त्रीको स्वार्थ पनि रहेको स्पष्ट बुझिन्छ, मन्त्रालय स्रोतले भन्यो ।
यता, भारतमा रहेका सेरोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदर सी पुनावाललाई सुरक्षा चुनौती भएको भन्दै उनी परिवारसहित लण्डन पुगेका छन् । भारत सरकारले सुरक्षाको प्रत्याभूति गर्ने जनाएपछि उनी एकसाता पछि भारत आउने जनाएका छन् । भारतकै विभिन्न राज्यमा खोपको माग उच्च भएको र आपूर्तिमा समस्या भएपछि राज्य सरकारहरूले नै सीधा सम्पर्क गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
के भन्छन् विजय दुगड ?
अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा सेरोम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात गर्न हामी श्री हुकुम डिस्ट्रिब्युसन आधिकारिक बिक्रेता भएको भए पनि अहिलेसम्म नेपालमा आयात भएको भ्याक्सिनमा हाम्रो आधिकारिक सहभागिता छैन ।
भारत सरकारका तर्फबाट नेपाललाई अनुदान स्वरूप पहिलो चरणमा १० लाख डोज कोभिसिल्ड प्राप्त भएको थियो । त्यसलगत्तै नेपाल सरकार र भारत सरकारकाबीच २० लाख भ्याक्सिन डोज खरिद गर्ने सहमति भएको थियो ।
नेपाल सरकारको आग्रहमा भारत सरकारको सदाशयताबमोजिम २० लाख डोज विशेष सहुलियतमा नेपाललाई उपलब्ध गराउने सहमति भएको सबैलाई सर्वविदितै छ । जसअनुसार १० लाख डोज भ्याक्सिन समयमै नेपालले प्राप्त गरिसकेको छ । सहमति बमोजिमको बाँकी १० लाख डोज भ्याक्सिन भारतमा फैलिएको महामारीको अत्यासलाग्दो दोस्रो लहरको मारमा परेको छ ।
२० लाख डोज भ्याक्सिन आयतको सहमति नेपाल र भारतका दुई सरकार बीचको सीधा संवादबाट भएको हो । आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन ।
भारतमा तीब्र रूपमा फैलिएको दोस्रो लहरको महामारी र सेरोम इन्स्टिच्युटको कारखानामा आगलागी भएर उत्पादनमा आएको प्राविधिक समस्याका कारण भ्याक्सिन निर्यातमा असहजता आएकाले नेपालमा आयात हुन सम्भव नभएको तथ्यलाई नजरअन्दाज गर्दै विषयान्तर गर्न खोज्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड हो भन्ने हाम्रो बुझाइ छ । र, आम जनतामा भ्रम पर्ने गरी स्वास्थ्य मन्त्रालयको समेत प्रतिक्रिया समावेश गरी सार्वजनिक गरिएका समाचार प्रति हाम्रो भन्नु यत्ति छ ।
२० लाख डोज भ्याक्सिन आयतको सहमति नेपाल र भारतका दुई सरकार बीचको सीधा संवादबाट भएको हो । आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन ।
आयातमा सहजता आउने बित्तिकै सेरोम इन्स्टिच्युटले नेपालमा सम्झौता बमोजिमको दोस्रो लटको भ्याक्सिन निर्यात गर्न पहिलो प्राथमिकतामा राखेको नेपालस्थित आधिकारिक बिक्रेता भएको नाताले सबैलाई जानकारी गराउँछौं ।
बरु यसमा बुझ्नुपर्ने कुरा के छ भनेः यस खरिदमा सरकारी वार्ता टोली र हामीबीच भएको वार्ताबाट हामीले नियम सम्वत रूपमा पाउनुपर्ने सेवा शुल्कसमेत महामारीका बेला नागरिक प्रतिको सामाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापनसमेत गरेको सबैलाई जानकारी गराउँछौं ।
यद्यपि सेरोम इन्स्टिच्युटको आधिकारिक बिक्रेता हुनुको नाताले हामीलाई जानकारी भएको विषय के हो भने सम्झौता बमोजिमको दोस्रो लटको भ्याक्सिन आयात हुन नसक्नुको एउटा मात्रै कारण भारतमा सिर्जना भएको असहज परिस्थिति र उत्पादनमा आएको प्राविधिक समस्या मात्रै हो । यसको मारमा नेपालमात्रै होइन अग्रिम भुक्तानी गरिसकेका विश्वका दर्जनांै देशहरू पनि परिरहेको हामी सबैलाई जानकारी भएकै विषय हो ।
आयातमा सहजता आउने बित्तिकै सेरोम इन्स्टिच्युटले नेपालमा सम्झौता बमोजिमको दोस्रो लटको भ्याक्सिन निर्यात गर्न पहिलो प्राथमिकतामा राखेको नेपालस्थित आधिकारिक बिक्रेता भएको नाताले सबैलाई जानकारी गराउँछौं ।
विजय दुगड र सुरज वैद्यको कनेक्सन
विजय दुगड चिनिएका व्यापारी होइनन् । तर, दुगड परिवार छुटिएपछि बनेको एचसी दुगड गु्रपअन्तर्गतको विभिन्न व्यवसायमा उनी र उनको छोराको संलग्नता छ । नेपालमा भ्याक्सिन ल्याउँदा आर्थिक व्यवस्थापन गर्न निकै चुनौती भएपछि दुगडले वैद्यको साहारा लिएका हुन् ।
सुरजको बैंक तथा वित्तीय संस्थामा पनि सहज पहुँच र सरकारी तवरमा पनि उनको बोली बिक्ने भएको र खोप भित्र्याउँदा हुने नाफा समान रूपमा बाड्ने बताए पछि वैद्य दुगडसँग जोडिएका हुन् । आर्थिक व्यवस्थापन गर्न नसक्ने र त्यो जिम्मा वैद्यले लिएपछि सम्बन्ध बलियो बनेको हो ।
हुकुमले यसरी पाएको थियो सेरमको आधिकारिकता
हुकुम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि विजय दुगड र उनका छोरा अभिषेकको हो । अभिषेक भारतको पुनामै बस्छन् । सेरोम इन्स्टिच्युट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत पुनावाला र अभिषेक साथी–साथी हुन् ।
अभिषेकको आग्रहमा सेरम इन्स्टिच्युट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत पुनावालाले नेपालमा हुकुम डिष्ट्रिब्युसनलाई आधिकारिक दिएका थिए । भारत सरकारले निःशुल्क खोप उपलब्ध गराएपछि आधिकारिक डिष्ट्रिब्युटरबाट मात्रै खोप किन्न सेरोमले भनेको थियो । त्यसपछि सुरज वैद्य पनि जोडिन पुगेका हुन् ।
सिरमले भ्याक्सिन दिने तयारी पनि गरेको थियो । यताबाट प्रक्रिया पनि भएको हो तर, अचानक प्रक्रिया रोकियो । यसमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीचको मनमुटावले अड्किएको हो ।
विजय दुगडका छोरो भारतीय कर्मचारीतन्त्रसँग पनि सहजै पहुँच राख्ने व्यक्ति हुन् । उनको माथिल्लो निकायसम्म एक्सेस छ । त्यही भएर सेरोमको आधिकारिक वितरण नेपालमा अन्य व्यापारीले पाउन नसकेका हुन् ।
के भन्छन् सुरज वैद्य ?
कोभिडको भ्याक्सिनका लागि कमिसनले गर्दा आयातमा अवरोध गरेको भन्ने विषयमा मेरो आपत्ति छ । हुकुम मेरो कम्पनी पनि होइन । यसमा मैले कुनै लगानी पनि गरेको छैन । सुरुमा विजयजीले सहयोग गर्न भनेपछि यसमा हामीले देश र जनतालाई राहत हुने काम भनेर प्रक्रिया सुरु गरेको मात्र हो ।
सिरमले भ्याक्सिन दिने तयारी पनि गरेको थियो । यताबाट प्रक्रिया पनि भएको हो तर, अचानक प्रक्रिया रोकियो । यसमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीचको मनमुटावले अड्किएको हो । स्वास्थ्यमन्त्रीले विषयान्तर गर्न खोजेर हामी व्यवसायीलाई मुछेको मात्र हो । मन्त्री त्रिपाठीले हामीलाई लगाएको आरोप प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।
कुनै तरिकाले प्रमाणित भएमा पनि म सबै कुरा छोड्न तयार छु । न कहिले म उहाँलाई भेट्न गएको छु, न मन्त्रालयमै भेट भएको छ अनावश्यक रुपमा हामीलाई बदनाम गर्ने काम मात्र भयो ।