दैनिक रुपमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण बढ्दो छ । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै दैनिक हजारौं नेपालीहरू त्यसको संक्रमितहरू बढिरहेको छ ।
संक्रमितको संख्या बढ्दै जानु र मृत्युदर समेत बढ्दै गएपछि गएको वर्षभन्दा यस वर्षको भाइरसको कारण धेरै मानिसहरू आत्तिएका छन् ।
पछिल्लो समय संक्रमणको दर बढेसँगै बजारमा अक्सिनको समेत अभाव हुँदै गएको छ ।
अहिले मानिसहरू आत्तिएर सबैले सिलिण्डर राख्ने गरेको कारण केही अभाव देखिएको हो । तर, अहिले सरकारले अक्सिजन सिलिण्डर खरिद गरेर ल्याउँदा लाग्ने करसमेत छुट दिइसकेको छ । त्यसैले अब धमाधम सिलिण्डहरू आउने भएकोले पनि अभाव हुन्छ कि वा आफू संक्रमित हुँदा सिलिण्डर पाइँदैन कि भन्ने त्रास हटाउपर्ने बेला आएको छ ।
विशेष गरेर छिमेकी मुलुक भारतमा दैनिक ३ लाखभन्दा बढी मानिसहरू संक्रमित भएको र अक्सिजनको हाकार भएको कारण मृतकको संख्या बढेको समाचार सार्वजनिक भएसँगै धेरै नेपालीहरूले पनि यतिबेला अक्सिजनको जोहो गर्न थालेका छन् ।
अर्थात, अहिले धेरैले आफ्नो घरमा ग्यास सिलिण्डर जस्तै अक्सिजन ग्यासको सिलिण्डरसमेत भण्डारण गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिन थालेको छ । तर,समाचार आएजस्तो नेपालमा अक्सिजनको अभाव छैन ।
अहिले मानिसहरू आत्तिएर सबैले सिलिण्डर राख्ने गरेको कारण केही अभाव देखिएको हो । तर, अहिले सरकारले अक्सिजन सिलिण्डर खरिद गरेर ल्याउँदा लाग्ने करसमेत छुट दिइसकेको छ । त्यसैले अब धमाधम सिलिण्डहरू आउने भएकोले पनि अभाव हुन्छ कि वा आफू संक्रमित हुँदा सिलिण्डर पाइँदैन कि भन्ने त्रास हटाउपर्ने बेला आएको छ ।
निजी क्षेत्रको २५ वटा अक्सिजन उद्योग छ । तीमध्ये ज्योति ग्रुपअन्तर्गत हिमाल अक्सिजनको मात्र तीनवटा उद्योग छ । जुन उद्योग निजी क्षेत्रकै सबैभन्दा ठूलो हो । काठमाडौं, वीरगन्ज र विराटनगरमा रहेको अक्सिजन उद्योगको क्षमता प्रतिघण्टा २ सय क्यूबिक मिटर छ अर्थात एक उद्योगको दैनिक ४ हजार ८ सय क्यूबिक मिटर छ । तीनवटै उद्योगको गर्दा १४ हजार ४ सय रहेको छ ।
काठमाडौं उपत्यका मात्र ९ वटा अक्सिजन उद्योगहरू सञ्चालनमा छ। यो निजी क्षेत्रको मात्र हो । त्यसैले बजारमा अक्सिजनको अभाव छैन । अभावकै सिर्जना भयो भने पनि अहिले भएका उद्योगहरू पूर्णरुपमा सञ्चालनमा आइसकेको छैन ।
अहिले समाचारहरूमा आएजस्तो दैनिक रुपमा अक्सिजनको हाहाकार छ भन्ने खवरहरूलाई पूर्णरुपमा सत्यता मान्न सकिँदैन । समाचारमा आए जस्तो अक्सिजनको हाहाकार भने छैन ।
अहिले नै आत्तिहाल्नु पर्ने र घरमा जोहो गरेर राख्ने अवस्था आएको छैन । अनावश्यक घरमा भण्डारण गर्दा बरु अक्सिजनको अभाव हुनसक्छ । पाउनेले नपाउने र नचाहिनेको घरमा अक्सिजन सिलिण्डर थुप्रिने हुनसक्छ ।
काठमाडौं उपत्यका मात्र ९ वटा अक्सिजन उद्योगहरू सञ्चालनमा छ। यो निजी क्षेत्रको मात्र हो । त्यसैले बजारमा अक्सिजनको अभाव छैन । अभावकै सिर्जना भयो भने पनि अहिले भएका उद्योगहरू पूर्णरुपमा सञ्चालनमा आइसकेको छैन ।
हामीसँगै भएको उद्योग नै ६० प्रतिशत क्षमताको मात्र चलेको छ भने एउटा मात्र ८० प्रतिशतको क्षमतामा चलेको छ । जति माग बढ्दै जान्छ उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुँदै जान्छ । आवश्यक परेमा फुलफेजमा सञ्चालन गरेर २ देखि ३५० क्यूबिक मिटरसम्म उत्पादन गर्न सक्ने क्षमताका उद्योगहरू पनि छन् । देशभरिकै उद्योगहरू पूर्णरुपमा सञ्चालनमा आइसकेको छैन । त्यसैले उद्योगको कारणले अक्सिजन अभाव हुने स्थिति छैन ।
जसको घरमा अक्सिजन सिलिण्डर राखेको छ, उहाँहरूले फिर्ता गर्दा बजारमा सिलिण्डर घुम्न पाउँछ, त्यो सिलिण्डर अस्पताल पुगेर बिरामीको उपचारमा सहजता ल्याउने हो र जसलाई जरुरी छ, त्यसले मात्र घरमा साख्ने हो ।
अहिलेको समस्या भनेको सिलिण्डर नै हो । तर, अहिले मान्छेहरू आत्तिएर ग्यास सिलिण्डर जस्तै घरमा अक्सिजन सिलिण्डरहरू होल्ड गरेर घरमा लगेर राख्ने प्रवृत्ति धेरै बढेको देखिन्छ । त्यसले गर्दा कृत्रिम अभाव भइरहेको छ । यसो गर्दा बास्तविक पीडितहरू समस्यामा पर्छन् । अनावश्यक रुपमा अरुको लहिलहीमा लागेर घरमा सिलिण्डर थुपार्ने काम सबैले रोक्नुपर्छ ।
जसको घरमा अक्सिजन सिलिण्डर राखेको छ, उहाँहरूले फिर्ता गर्दा बजारमा सिलिण्डर घुम्न पाउँछ, त्यो सिलिण्डर अस्पताल पुगेर बिरामीको उपचारमा सहजता ल्याउने हो र जसलाई जरुरी छ, त्यसले मात्र घरमा साख्ने हो ।
अहिले घर घरमा साना साना सिलिण्डहरू राख्नको संख्या धेरै बढेको छ । आत्तिनु पर्ने अवस्था छैन । अस्पतालका बिरामीहरूलाई धेरै अक्सिजनको आवश्यकता पर्ने भएकाले कसैले पनि घरमा अनावश्यक रुपमा राख्नु राम्रो होइन ।