छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र गतिमा बढिरहेको छ । नेपालमा पनि त्यसको असर विस्तारै पर्दै गएको छ । दैनिक रूपमा संक्रमितको संख्या बढ्दै छ । सरकारी तथ्यांकअनुसार अहिले दैनिक हजारको हाराहारीमा संक्रमितको संख्या बढ्दै गएको छ ।
संक्रमितको संख्या बढेसँगै सरकारले उच्च सर्तकता अपनाउ थालेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयदेखि पार्टी प्यालेससमेत बन्द गर्ने र होटल तथा रेष्टुराँहरु बिहान ८ देखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सरसर्ती हेर्दा यी निर्णयहरु राम्रा देखिन्छ । सरकारले आम जनताको स्वास्थ्यप्रति लिएको चासो र चिन्तालाई सबैले मनन गर्नुपर्छ र निर्णयको स्वागत पनि गर्नुपर्छ । तर, राज्य भनेको सबै नागरिकको हो भन्ने पनि भुल्नु हुँदैन । कुनै पनि निर्णयहरु गर्दा कसलाई कस्तो किसिमको असर पर्छ र त्यसबाट बच्नका लागि कस्ता उपायहरु अपाउन सकिन्छ भन्ने विषयमा पनि छलफल र परामर्श लिन आवश्यक छ ।
अहिले सरकारले फेरि पार्टी प्यालेसहरु बन्द गरिदिँदा धेरै व्यवसायीहरु समस्यामा परेका छन् । अब उनीहरु आफ्नो पेशा र व्यवसायबाट पलायन हुनुको विकल्प नै छैन । १४ महिनासम्म पार्टी प्यालेसको ढोका बन्द गरेर बसेका व्यवसायीहरुले यो वैशाखमा सुखका सास फेर्न पाउने अपेक्षा राखेका थिए । तर, सरकारले सोमबार गरेको निर्णयले सबैको भावनामाथि तुसारापात भएको छ । सबैको सपना चकनाचुर भएको छ ।
बल्ल बल्ल आएको अर्डरहरु धमाधम रद्द हुन थालेको छ । हातमा परेको एडभान्स बापतको पैसा फिर्ता पठाउनु पर्दाको पीडा कसलाई थाहा हुन्छ र ?लामो समयसम्म कोभिडको संक्रमण रहेकाले धेरैले यो वैशाखमा लगनगाँठो कस्ने र भव्य भोजभतेर खुवाउने तयारी गरेका थिए । अहिले ती सबै आफ्नो घर र कोठामा मात्र सीमित हुने देखिएको छ ।
अहिले सरकारले फेरि पार्टी प्यालेसहरु बन्द गरिदिँदा धेरै व्यवसायीहरु समस्यामा परेका छन् । अब उनीहरु आफ्नो पेशा र व्यवसायबाट पलायन हुनुको विकल्प नै छैन । १४ महिनासम्म पार्टी प्यालेसको ढोका बन्द गरेर बसेका व्यवसायीहरुले यो वैशाखमा सुखका सास फेर्न पाउने अपेक्षा राखेका थिए । तर, सरकारले सोमबार गरेको निर्णयले सबैको भावनामाथि तुसारापात भएको छ । सबैको सपना चकनाचुर भएको छ ।
यसबाट केही व्यक्तिहरुलाई फाइदा भए पनि व्यवसाय र राज्यलाई भने ठूलो घाटा भएको छ । व्यवसायीहरुलाई ठूलो धोका भएको छ । वैशाख महिना विवाहका लागि मुख्य सिजन हो । सिजनकै बेला एक्कासि आएर सरकारले बन्दको निर्णय गर्दा अहिले धेरै व्यवसायीहरु समस्यामा परेका छन् । यसका लागि सरकारले आवश्यक कदम चाल्न पर्ने बेला आएको छ ।
पार्टी प्यालेसको भाडा, बैंकको ब्याज र कर्मचारीहरुलाई तलब खुवाउनसमेत समस्या भएको छ । यो सिजनमा ठूलो अपेक्षा थियो । सरकारले बन्द गरेपछि अब राहतको व्यवस्था गरिदिनुपर्छ ।
कम्तीमा वैशाख महिनासम्म पार्टी प्यालेसहरु सञ्चालन गर्न दिए केही राहत महसुस हुन्थ्यो । अहिले हामीले भनेको यहाँ कसैले सुन्दैन । राज्यलाई जे गर्न मन लाग्छ,त्यही गरेको छ । अबको विकल्प भनेको ताला लगाउने वा जबरजस्ती सञ्चालन गर्ने नै हो । स्वास्थ्य मापदण्डहरु पूर्णरूपमा पालना गरेर व्यवसाय सञ्चालन गर्न हामी तयार छौं ।
वैशाख १० देखि अन्तिमसम्मका लागि बुकिङ भइसकेको थियो । हामीले पहिला देखिनै भनेका थियौं, बन्द गरे पनि वैशाखपछि मात्र गर्नु, यो हाम्रा लागि सुवर्ण अवसर हो । राज्य हाम्रो लागि बैरो भएको छ । हाम्रो कुरा नै सुन्दैन ।
वैशाखदेखि राम्रो बिजनेस हुने अपेक्षाले धेरैले लगानीसमेत विस्तार गरेका थिए । रंगरोगनदेखि अन्य कामका लागि समेत लगानी बढाएका थिए । तर, अहिले सरकारले पार्टी प्यालेस बन्द गर्ने निर्णय गरेपछि ठूलो मर्कामा परेको हो ।यस्तै अवस्था रहेमा पार्टी प्यालेस व्यवसाय बन्द गरेर पलायन हुने अवस्था व्यवसायीहरुको छ ।
ठूला होटलहरुले पनि अहिले विकल्पको रुपमा पार्टी प्यालेस र ब्याँकेटलाई लिएका थिए । कोठामा बस्ने ग्राहक नभएपछि पार्टीका लागि जोड दिँदै आएका थिए । तर, अहिले सरकारले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । तर, होटलमा कति जनासम्म राख्न मिल्ने भन्ने कुनै स्पष्ट पारेको छैन । अब, पार्टी प्यालेसमा आउने कार्यक्रमहरू होटलतर्फ जाने सम्भावना धेरै देखिएको छ ।

होटललाई साथ दिएर पार्टी प्यालेस मात्र बन्द गर्ने रणनीति पनि हुनसक्छ । व्यवसाय सञ्चालनका लागि आएका ग्राहकहरुलाई फिर्ता नपठाउने कि भन्ने रणनीति हाम्रो बन्न सक्छ । भोको पेटमा मर्ने कि रोगले मर्ने भन्ने विकल्प अहिले व्यवसायीहरु माझ आएको छ । अब विद्रोह गर्नुको विकल्प छैन ।
यदि, सरकारले पार्टी प्यालेस सञ्चालन गर्न नदिने हो भने यस अवधिका लागि केही राहतका प्याकेजहरु ल्याउनुपर्छ । नत्र, सरकारलाई ताला चाबी बुझाउनुको विकल्प हामीसँग छैन ।
अहिले देशभर पार्टी प्यालेस र क्याटरिङ व्यवसाय चलाइरहेका करिब ७ हजारभन्दा बढी व्यवसायीहरु छन् । त्यसमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । क्याटरिङ तथा पार्टी प्यालेसहरूमा ५० देखि ६० हजार कामदार र कर्मचारीहरु छन् ।
पार्टी प्यालेस समस्यामा पर्दा उनीहरूमा आश्रित करिब ३ लाख जना प्रभावित हुन्छ । यति मात्र होइन, बजारमा किराना सामान र दुग्धजन्य पदार्थदेखि माछामासु, फलफूल र तरकारीसम्मको खपत घट्छ । यसतर्फ पनि राज्यले बेलैमा ध्यान दिन आवश्यक छ ।
(लेखक, बालुवाटार पार्टी प्यालेसका सञ्चालक हुन )