काठमाडौं । मनीग्राम नेपाल र इसेवा मनी ट्रान्स्फरबीच साझेदारी भएको छ । साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवा वालेट पनि सुरुवातको तयारीमा छ ।
सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसंग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ । नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागी विशाल कोसेढुङ्गा हुनेछ ।
विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।
भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्छन्, साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्दि«त क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं ।संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनीग्राम र इसेवाको साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त अनुभव सुनिश्चित गर्छ ।
इसेवाको मूल कम्पनी, एफवान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकालले मनीग्रामसंग नयाँ सहकार्यका लागी उत्साहित भएको बताए मनीग्रामसंगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ,उनले भने ।