काठमाडौं । सिभिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुनीलकुमार पोखरेललाई दिइएको छ ।
प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएसँगै पोखरेललाई कामुको जिम्मेवारी दिइएको हो । संचालक समितिको बैंठकले गुरुङको राजीनामा स्वीकृतसमेत गरेको छ ।
सिभिल बैंकमा २०६९ असोज २१ मा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध भएका गुरुङले ०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतका रूपमा ०७४ साउन ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए ।
बैंकले चेन्ज म्यानेजमेन्टमार्पmत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरूमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो ।
उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्ब ८१ करोड रुपैयाँ, कर्जा ३१ अर्ब १९ करोड रुपैयाँ, निष्क्रिय कर्जा अनुपात ४.६६ प्रतिशत, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्ब ८९ करोड रुपैयाँ, कर्जा ८१ अर्ब ४४ करोड रुपैयाँ, निष्क्रिय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या १ सय १४ पुगेको जनाएकाे छ ।
उनको कार्यकालमै युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।