एजेन्सी । विश्व बजारमा पेट्रोलियम पदार्थको माग ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०२१ मा विश्व बजारमा तेलको माग बढेर प्रतिदिन ९ करोड ५४ लाख ब्यारेल (ड्रम) हुने बताइएको छ । सन् २०२०मा तेलको माग दैनिक ८ करोड ९६ लाख ब्यारेल थियो । गत वर्ष कोरोना महामारीले तेलको माग घटाएको थियो ।
सन २०२१ को अप्रिलमा दैनिक तेलको माग ९ करोड ३० लाख, जुनमा ९ करोड ५८ र मेमा ९ करोड ४० लाख ब्यारेल पुग्ने अनुमान छ ।
आगामी सन् २०२२ मा तेलको भाउ निरन्तर बढेर दैनिक ९ करोड ९४ लाख ब्यारेल पुग्ने अनुमान गरिएको छ । कुल माग तेस्रो त्रैमाशमा बढेर ९ करोड ६८ लाख र चौथो त्रैमाशमा बढेर ९ करोड ८३ लाख ब्यारेल पुग्नेछ ।
सडक यातायातमा माग
यो वर्ष सडक यातायातमा तेलको माग ९ प्रतिशतल् बढेर दैनिक ४ करोड ५१ लाख ब्यारेल पुग्नेछ । सन २०२० मा दैनिक ४ करोड १३ लाख ब्यारेल थियो । सन २०२२ मा दैनिक ४ करोड ७५ लाख ब्यारेल पुग्ने अनुमान छ ।
जेट फ्युल २१ प्रतिशतले बढ्ने
जेटफ्युल २१ प्रतिशतले बढेर दैनिक ३ करोड ९० लाख ब्यारेल पुग्ने अनुमान छ । गत वर्ष ३ करोड २० लाख ब्यारेल खपत भएको थियो । आगामी वर्ष बढेर औसत ५ करोड ४० लाख ब्यारेल पुग्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकमा यो वर्ष तेलको माग ८ प्रतिशत बढेर १ करोड ९४ लाख ब्यारेल पुग्ने अनुमान छ । यस्त आगामी वर्ष माग बढेर दैनिक २ करोड ब्यारेल पुग्ने छ ।
युरोपमा पनि तेलको माग ६ प्रतिशतले बढ्ने छ । जसअनुसार १ करोड २७ लाख ब्यारेल पुग्ने अनुमान छ । गत वर्ष १ करोड २७ लाख ब्यारेल थियो । सन २०२२ मा दैनिक १ करोड ४१ लाख पुग्नेछ ।
छिमेकी चीनमा तेलको माग ७ प्रतिशत बढ्ने अनुमान छ । यो वर्ष दैनिक १ करोड ३९ लाख ब्यारेल तेलको माग हुने छ । यस्तै आगामी वर्ष माग बढेर १ करोड ५८ लाख व्यारेल पुग्ने अनुमान छ ।
(आयल प्राइस डटकमको सहयोगमा)