कोरोना महामारीले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभाव पारेको छ । कोरोनाको प्रभाव कम भएसँगै होटल व्यवसाय विस्तारै चलायमान भइरहेको बेला अहिले छिमेकी मुलुक भारतमा दैनिक डेढ लाख भन्दा बढी कोभिड संक्रमितहरूको संख्या बढिरहेको छ । यसको असर नेपालमा पनि देखिन थालेको छ । संक्रमितको संख्या बढेसँगै स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना नभए सरकारले फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइरहेको छ । सरकार अहिले आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेको छ । कोभिडले होटल क्षेत्रमा पारेको प्रभाव, चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीति र आउँदो बजेटले समेट्नु पर्ने विषयमा केन्द्रित रहेर क्राउन प्लाजा होटलका सञ्चालक एवं होटल एसोसिएसन अफ नेपाल(हान)का केन्द्रीय सदस्य युवराज श्रेष्ठसँग क्यापिटलका सुवास योञ्जनले गरेको कुराकानी :
कोभिडकै बीचमा होटल व्यवसाय विस्तारै जुरमुर्याउन लागेको थियो । फेरि अहिले दोस्रो चरणको लहर सुरु भएको छ । यसले होटल व्यवसायमा कस्तो प्रभाव पार्ला ?
नेपालमा पनि विस्तारै दोस्रो चरणको कोभिड भाइरसको संक्रमण देखिन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले दैनिकजसो नयाँ रेकर्डहरू राखिरहेको छ । नेपालमा पनि विस्तारै संक्रमितको संख्या बढिरहेको छ । यसले गर्दा भारतसहित अन्य मुलुकबाट पर्यटकहरू आउन हिचकिचाइरहेका छन् ।
होटल व्यवसायीहरूले लामो समयदेखि सीमा नाका खोल्नेदेखि एयरलाइन्सको उडान थप्ने सम्मका पहलहरू गरिरहेका थिए । तर, एक्कासि भारतमा कोभिड संक्रमितको संख्या थपिएपछि भने अब के हुन्छ भन्ने त्रास आम व्यवसायीमा देखिएको छ ।अहिले विस्तारै ठूला होटलहरूमा पनि पर्यटकको संख्या बढिरहेको छ । साना र मध्यमस्तरका होटलहरू त प्रायः भरिभराउनै हुन थालिसकेको छ । भारतबाट अन्य मुलुकमा जानेहरूका लागि सीधा उडान नभएकाले नेपालमा १५ दिन क्वारेन्टाइनमा बस्न आउने भारतीयहरूको संख्या बढेको थियो ।
करिब १ महिनादेखि यो संख्या बढेकाले मध्यम स्तरीय होटलहरूलाई राहत पुगिरहेको थियो । मध्य क्षेत्रमा जान नेपालमा आउने भारतीय नागरिकहरू अब यहाँ आउन डराउन थालेको र आए पनि होटल व्यवसायीहरूले पनि सेवा दिनका लागि डराउनु पर्ने अवस्था आएको छ । यसका लागि सरकारले पनि केही उपायहरू निकाल्न आवश्यक छ ।
करिब १ महिनादेखि यो संख्या बढेकाले मध्यम स्तरीय होटलहरूलाई राहत पुगिरहेको थियो । मध्य क्षेत्रमा जान नेपालमा आउने भारतीय नागरिकहरू अब यहाँ आउन डराउन थालेको र आए पनि होटल व्यवसायीहरूले पनि सेवा दिनका लागि डराउनु पर्ने अवस्था आएको छ । यसका लागि सरकारले पनि केही उपायहरू निकाल्न आवश्यक छ ।
करिब एक वर्षपछि चलायमान हुँदै गएको होटल व्यवसायलाई दोस्रो चरणको कोभिडले फेरि समस्यामा पार्ने देखियो । सरकारले पनि लकडाउनको संकेत गरिरहेको छ । लकडाउन भयो भने त्यसपछिको अवस्था कस्तो होला ?
मलाई लाग्छ, अहिलेको अवस्थामा लकडाउन भएमा पर्यटन क्षेत्रका व्यवसायीहरूलाई धेरै नै गाह्रो बनाउनेछ । अब पनि लकडाउन गर्ने र व्यवसाय चल्न नदिने हो भने व्यवसायबाटै पलायन हुनुको विकल्प हुँदैन ।त्यसैले सरकारले अहिले नै लकडाउन गर्ला जस्तो लाग्दैन । यदि, गर्ने नै हो भने पनि व्यवसायीहरूलाई राहतका प्याकेजहरू घोषणा गरेर अघि बढ्यो भने टिकिरहलान । नत्र, पहिलेकै जसरी लकडाउन गरियो भने पर्यटन व्यवसायीहरू मात्र होइन, अन्य व्यवसायीहरू पनि पलायन हुन सक्ने अवस्था हुन्छ । त्यसैले लकडाउन नगरी पाकिस्तानको मोडलमा संक्रमणबाट बचाउन र बच्ने उपाय खोज्न आवश्यक छ ।
सरकारले त व्यवसायीले नै कोभिड सम्बन्धीका सुरक्षाका मापदण्डहरू पालना गरेन भन्ने आरोप लागिरहेको छ, यहाँ के भन्नुहुन्छ ?
व्यवसायीहरूले आचारसंहिता पालना गरेका छन् । त्यसमा पनि म होटल व्यवसायीसँग आबद्ध भएको र होटल एसोसिएसन अफ नेपाल(हान)को केन्द्रीय सदस्यको नाताले भन्दा सबैभन्दा बढी सुरक्षाका मापदण्डहरू होटल व्यवसायीहरूले अपनाएका छन । हानको केही दिनअघि भएको साधारणसभाले पनि कोभिडबाट बच्न आवश्यक सुरक्षाका मापदण्डहरू कडाइका साथ कार्यन्वयन गर्ने प्रतिवद्धता व्यवसायीहरुले गरेका छन् । जसको लागि हानले आइक्लीन नामक कम्पनीसँग हाइजिन पार्टनर बनाएको छ ।
उसले कोभिडसँगको सेफ्टी कसरी अपाउने, आएका पर्यटकहरूलाई कसरी सुरक्षित राख्ने, कर्मचारीहरूले कसरी सेवा दिने र रेस्टुँरामा आउने ग्राहकहरूलाई कसरी खाजा, खाना खुवाउने भन्ने विषयमा सम्पूर्ण जानकारी दिन्छ । त्यसैले कोभिडबिरुद्धको सुरक्षाको मापदण्ड सबैभन्दा बढी कडाइका साथ होटलहरूले नै अपनाएका छन् । यसैगरी अन्य व्यवसायीहरूले पनि मापदण्डलाई कडाइका साथ अपनाए भने धेरै हदसम्म कोभिड नियन्त्रण हुने अपेक्षा छ ।
नेपालबाट विदेशमा घुम्न जानेको संख्या बढेको भन्ने सुनिन्छ । नेपाललाई नै विदेशबाट आउने मुख्य गन्तव्य किन बनाउन सकिँदैन ?
सही हो । काठमाडौं भित्रभन्दा बाहिरका गन्तव्यमा रमाउन चाहने पर्यटकहरू छन् भने कोही विदेशमा जान चाहनेहरू छन् । नेपाल बाहिर जान चाहनेहरू भने पछिल्लो समय दुबई, माल्दिभ्स लगायतका मुलुकमा गइरहेका छन् । जहाँ सहज रूपमा भिसा लाग्छ र क्वारेन्टाइन बस्न पर्दैन, त्यस्ता मुलुकमा धेरै नेपालीहरू घुम्न निस्किएका छन् । सरकारलाई मेरो अनुरोध सकिन्छ भने चीनले जसरी केही वर्ष बाह्य मुलुकमा घुम्न जान नपाउने र आन्तरिक बजारमा मात्र घुम्न जान पाउने प्रावधान लागू गर्नुपर्छ ।
एक वर्षसम्म घुम्नका लागि विदेश जान प्रतिबन्ध लगाउने र आन्तरिक रूपमा घुम्न जानलाई प्रोत्साहन गर्न सक्यो भने अर्थतन्त्र चलायमान पनि हुने र कोभिडको जोखिम पनि कम हुने देखिन्छ । यो भयो भने घुम्नमै खर्च हुने नेपाली पैसा नेपालमै राख्न सकिन्छ र आन्तरिक पर्यटनले पनि केही राहतको महसुस गर्न पाउँछन् ।
कोभिडसँगको सेफ्टी कसरी अपाउने, आएका पर्यटकहरूलाई कसरी सुरक्षित राख्ने, कर्मचारीहरूले कसरी सेवा दिने र रेस्टुँरामा आउने ग्राहकहरूलाई कसरी खाजा, खाना खुवाउने भन्ने विषयमा सम्पूर्ण जानकारी दिन्छ । त्यसैले कोभिडबिरुद्धको सुरक्षाको मापदण्ड सबैभन्दा बढी कडाइका साथ होटलहरूले नै अपनाएका छन् । यसैगरी अन्य व्यवसायीहरूले पनि मापदण्डलाई कडाइका साथ अपनाए भने धेरै हदसम्म कोभिड नियन्त्रण हुने अपेक्षा छ ।
नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरू खुल्ने क्रम बढेको छ । यहाँ पनि ठूला–ठूला होटलहरू निर्माण भइरहेका छन् । यस्तो प्रतिस्पर्धी बजारमा कोभिडले असर गरिरहेको बेला होटलहरू टिकिरहन कतिको चुनौती छ ?
नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरू खुल्नु पर्यटकहरूका लागि उत्साहको कुरा हो । चेन होटल आएपछि यहाँका व्यवसायीहरूबीच प्रतिस्पर्धा त अवश्य नै भएको छ । दोस्रो चरणको कोभिडको संक्रमण फैलिरहेको बेलामा व्यवसायीहरूलाई टिकाउन सरकारले कस्ता–कस्ता उपायहरू अपनाउने भन्ने योजना बनाउनुपर्छ ।
अहिलेसम्म त्यस्ता योजनाहरू बनाएको जस्तो लाग्दैन । होटल खोल्नु र सञ्चालन आयो आएनभन्दा पनि विदेशी पर्यटकहरूले नेपाल घुम्न आउँदा सुरक्षित महसुस गर्न सक्ने वातावरण बनाउनुपर्छ । यदि, नेपालमा जाँदा कोभिड लागी हाल्यो भने उपचारको व्यवस्था कस्तो छ र त्योबाट जोगिनका लागि सेवा गर्नेहरूले कोभिडको खोप लगाएको छ कि छैन, आफू ट्राभल गर्ने एयरलाइन्स र गाडीका स्टाफहरूले खोप लगाएका छन् कि छैनन् भन्ने प्रश्नको उत्तर सहजै पाउने वातावरण बनाउन नै सबैभन्दा ठूलो कुरा हो ।
यसका लागि सरकारले विशेष ध्यान दिन आवश्यक छ । यदि, यो भयो भने नेपालमा विदेशी पर्यटकहरू आउनलाई कुनै समस्या हुँदैन । त्यसका लागि अन्तर्राष्ट्रिय बजारमा कोभिडका लागि अपनाउने सुरक्षाका मापदण्डका विषयमा प्रचार गराउन आवश्यक छ ।चेन होटलले पनि पछिल्लो समय पर्यटकहरूलाई आकर्षण नै बढाएको छ । नेपालमा आउनेहरूको पहिलो रोजाइ नै चेन होटलहरू म्यारियट, अल्फ्ट लगायतका पर्ने गरेका छन् । यो भनेको नेपाली होटलका लागि राम्रो अवसर पनि हो । भएका होटलहरूमा कसरी अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन सकिन्छ भन्ने विषयको प्रतिस्पर्धा पनि हुन्छ ।
नेपालमा आउन पर्यटकहरूलाई पनि यहाँको होटलको विषयमा पूर्ण जानकारी छ । कहिले त्यही रुमलाई ५० डलर तिरेर बस्छन् भने केहिले २५० डलरसम्म तिर्न पनि तयार हुन्छन् । यसमा पनि पर्यटकले खासै कम्प्लेन गर्दैनन् । किन कि उनीहरूलाई नेपालको मार्केट राम्रोसँग थाहा छ । त्यसैले चेन होटल आएर प्रतिस्पर्धा हुँदा अन्य होटललाई पनि राम्रो भएको छ ।
नेपालमा पर्यटकको संख्या बढे पनि बसाई अवधी बढेको छैन । बसाई अवधी बढाउनका लागि कसले के गर्नुपर्ला ?
अवश्य हो, पर्यटकको संख्या बढे पनि बसाई अवधी भने बढाउन सकिएको छैन । बसाई अवधी नबढ्नुको मुख्य कारण भनेको पर्यटकीय पूर्वधारहरूको अभाव हो । पर्यटकीय गन्तव्यहरू पुरानै रहेको र नयाँ पूर्वधारहरू पर्याप्त नभएकाले पनि बसाई अवधी नबढेको देखिन्छ । पर्यटकका लागि जानैपर्ने गन्तव्य नै कम भइरहेको बेला पछिल्लो समय नयाँ–नयाँ पूर्वधारहरू भने बनिरहेको छ ।
जिपलाइन, साइक्लिङ्ग, प्याराग्लाइडिङ्गलगायत विभिन्न क्षेत्रमा केबलकारहरू निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिनुपर्छ । जसले गर्दा जुन क्षेत्रमा गइन्छ, त्यहाँ एक रात बस्न सक्ने वातावरण बनोस् ।पर्यटकको बसाई बढ्नु भनेको सरकारलाई पनि कर आम्दानी बढ्नु हो । नेपालमा क्यासिनो खेल्न आउनेहरूले पनि बसाई अवधी बढाउन सक्छ । त्यसका लागि सहज रूपमा क्यासिनो खोल्न दिनुपर्छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धन्जय रेग्मीले भारतीय सीमा क्षेत्र खुला गरी सडक मार्गबाट पर्यटकहरू ल्याउने प्रस्ताव अघि सार्नुभएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
बोर्डको सीईओले राखेको प्रस्ताव असाध्यै राम्रो छ । बास्तवमा भारतीय पर्यटकहरूले नेपालमा आउनका लागि कुनै योजना नै बनाउँदैनन् । मुड चल्ने बित्तिकै झोला बोकेर आफ्नो गाडी लिएर नेपाल आइदिन्छ । त्यसैले भारतीय पर्यटक नेपालका लागि धेरै सम्भावना रहेको क्षेत्र हो । भारतीय पर्यटकहरू नेपालमा धेरै आउनुको अर्को कारण भनेको परिचयपत्रको भरमा यहाँ आउन पाउँछ । अरू मुलुकमा यस्तो किसिमको सुविधा छैन ।
त्यसैले हामीले कसरी हुन्छ भारतीय पर्यटकहरूलाई सहज रूपमा नेपालमा आवातजावत गर्ने वातावरण बनाउनुपर्छ । भारतीय पर्यटकहरू पशुपतिनाथ, मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । इण्डियाको युपि र विहार प्रदेश सरकारले मादक पदार्थ प्रतिबन्द गरेको हुनाले पछिल्लो समय पूर्वको झापादेखि पश्चिमको महेन्द्रनगर क्षेत्रमा विदा मनाउनका लागि आउने गरेका छन् । उनिहरुको पहिलो रोजाई सो क्षेत्र परेको छ । त्यसैले उनीहरूलाई सहज र सम्मान तरिकाले आउन सक्ने वातावरण सरकारले बनाउनुपर्छ । त्यस्तै भारतीय पर्यटकका लागि क्यासिनो पनि नेपाल उत्कृष्ट गन्तव्य बनेको छ । त्यस्ता पर्यटकहरूलाई लक्षित गरी क्यासिनोहरू बोर्डर साइटमा पनि खोल्न दिनुपर्छ ।
नेपालबाट मानसरोबार जादा महंगो पर्ने भएकोले त्यहाँ जाने पर्यटकहरुले सस्तो रुट खोजिरहेको पाइन्छ । यसका लागि कसरी सहज र सस्तो बनाउन सकिन्छ भनेर योजना बनाउन आवश्यक छ । भारतीय पर्यटक बाह्रै महिना आउँछन् । उनीहरूलाई कुनै सिजनको मतलब पनि नहुने भएकाले उनीहरूलाई विशेष प्राथमिकतामा राख्दा कुनै फरक पर्ने देखिँदैन ।
जिपलाइन, साइक्लिङ्ग, प्याराग्लाइडिङ्गलगायत विभिन्न क्षेत्रमा केबलकारहरू निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिनुपर्छ । जसले गर्दा जुन क्षेत्रमा गइन्छ, त्यहाँ एक रात बस्न सक्ने वातावरण बनोस् ।पर्यटकको बसाई बढ्नु भनेको सरकारलाई पनि कर आम्दानी बढ्नु हो । नेपालमा क्यासिनो खेल्न आउनेहरूले पनि बसाई अवधी बढाउन सक्छ । त्यसका लागि सहज रूपमा क्यासिनो खोल्न दिनुपर्छ ।
सरकार नयाँ बजेट बनाउने तयारीमा जुटेको छ । कोभिडले थला परेको होटल व्यवसाय र पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि कस्तो किसिमको बजेट आइदिए हुन्थ्यो जस्तो लाग्छ ?
सरकारले सबैभन्दा पहिला होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्छ । यो माग हामीले लामो समयदेखि राख्दै आएका हौं । उद्योगका लागि आवश्यक सबै मापदण्डहरू पूरा गर्न तयार हुँदाहुँदै पनि होटल क्षेत्रलाई उद्योगको मान्यता दिएको छैन । त्यसैले यसमा सरकारले गम्भीर भएर हाम्रो माग सम्बोधन गरी उद्योगको मान्यता दिन्छ भन्ने आशा गरेका छौं । हामी पर्यटन व्यवसायी मात्र हैनौं, उद्योगी पनि हौं भन्ने आभाष सरकारले दिलाउँछ भन्ने लागेको छ ।
सबै कुराहरू सरकारसँग मात्र मागेर हुन्छ भन्ने लाग्दैन । देश आफैं कोभिडले थिलथिलो परिरहेको बेलामा धेरै मागहरू राख्न जरुरी पनि लाग्दैन । त्यसैले देश नाङ्गगिएर पर्यटन क्षेत्रलाई सहयोग गर्नुभन्दा हेरेर समयको परिस्थितिलाई मध्यनजर गरी अरू क्षेत्रभन्दा विशेष प्राथमिकतामा राखेर बजेटमा सम्बोधन गर्नुपर्छ ।