काठमाडौं । ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ भारतको सबैभन्दा ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ । सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’ अनुसार ‘द फर्न’ ठूलो हस्पिटालिटी बन्न सफल भएको हो ।
सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो भएको थियो । ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको थियो । सीजी कर्प ग्लोबलको सदस्य रहेको कम्पनी सीजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्छ ।
एचभीएसको अध्ययनअनुसार, व्यवसाय विस्तारमा ‘द फर्न’पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन् । कोठा संख्याको आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ । आईएससीएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ । दोस्रो नम्बरमा विन्धाम होटेल्स छ । सन् २०२० मा भारतभर ४ हजार ५ सय ३७ कोठा थपिएका छन् ।
‘द फन’को सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटल खोल्ने योजना छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटलमा १ हजार १ सय ५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा संख्या ५ हजार २ सय १७ हुनेछन् ।
एचभीएसले गत वर्ष भारतीय होटल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ । कोरोना महामारीका कारण विश्वभर व्यपार–व्यवसायले घाटा बेहोरे पनि भारतीय होटल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको अध्ययनले निस्कर्ष छ । साथै दर्ता संख्याका आधारमा गत वर्ष भारतमा होटल व्यवसायमा वृद्धि भएको छ । मध्यमस्तरका होटल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो । ठूला होटलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन् ।
मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन् । सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ । विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ ।
सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रालिसँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ । ‘भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ’ कन्सेप्ट हस्पिटालिटीका प्रमुद कार्यकारी अधिकृत (सीईओ) सुहेल कन्नामपिली भन्छन्, ‘व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पु¥याएको हो । अझै धेरै गर्ने हौसला मिलेको छ ।’
वर्षको शुरुवातमै ‘द फर्न’ले नयाँ शहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम)मा होटल विस्तार गरेको थियो ।
्एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए ।
“हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौं, त्यसको प्रतिफल अहिले पाएका हौं,” उनले भने, “यद्यपि पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो । त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौं । सुदूर भविष्य हेरेर काम गरिरह्यौं । यही उमंगले हामीलाई पहिलो स्थानमा पु¥याएको हो ।”
दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा टेकेर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको चौधरीले बताए । उनका अनुसार ‘द फर्न’ले २ सय भन्दा बढी राष्ट्रिय, अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।