विश्वव्यापी कोभिड भाइरसको प्रभावको असरले एक वर्ष पूरा गरिसकेको छ । कोभिडको असर न्यून गर्न गरिएको लकडाउन अझै पनि कतिपय मुलुकमा भइरहेको छ । कोभिड र लकडाउनका कारण विश्वको अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावले हरेक क्षेत्र प्रभावमा प¥यो ।
आर्थिक सूचकांकमा आएको ओरालो ग्राफले सबै क्षेत्रलाई असर पु¥यायो । त्यस्तै असर शिक्षा क्षेत्रमा पनि देखियो । लकडाउन हुँदा र कोभिडको भय कायम नै हुँदा देशभित्र र देशभन्दा बाहिर गएर अध्ययन गर्ने अवस्थालाई अवरोध ग¥यो ।
अझै पनि कोभिडको त्रास कायमै छ तर न्यू नर्मलको अवस्थालाई आत्मसाथ गरेर दैनिकी र करिअरलाई अगाडि लैजानुको विकल्प छैन ।
न्यू नर्मलमै रहेर उच्च शिक्षाका लागि अमेरिकाले विभिन्न विश्वविद्यालयमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
बाइडेन प्रशासनले अमेरिकी विश्वविद्यालय र कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमन बढाउन सक्रिय रूपमा काम गरिरहेको छ । कोभिडको प्रभाव न्यून हुन थालेको र पहिलोको तुलनामा कोभिडको केसहरू पनि घटिरहेकाले पनि अमेरिकाले उच्च शिक्षा हासिल गर्न चाहनेलाई आगमनमा सहज बनाउन थालेको हो । धेरैभन्दा धेरै कोभिड खोपहरू विश्वव्यापी रूपमा वितरण भएको अवस्थाले पनि बाइडेन प्रशासनले अमेरिकामा बाहिर मुलुकका विद्यार्थीलार्ई फेरि पहिलाकै जस्तै गरी भित्र्याउन खोजिरहेको देखिन्छ ।
ऐतिहासिक रूपमा धेरै नेपाली विद्यार्थी अमेरिका शिक्षामा रुचि राख्छन् । अमेरिकामा नेपाली प्रवासीहरूले राम्रो आर्थिक उन्नति गरिरहेका पनि छन् । यी सबैले नेपाली विद्यार्थीहरूको लागि अनुकूल वातावरण पनि प्रदान भएको छ । अधिकभन्दा अधिक नेपाली स्थापित भएकै कारण घरबाट नयाँ देश जाँदा पनि साथी, परिवार र अन्य सहयोग प्रणाली नेपालीका लागि टेक्सासमा अझ सहज देखिन्छ ।
टेक्सास, न्युयोर्क, फ्लोरिडा र क्यालिफोर्निया जस्ता राज्यहरू नेपाली विद्यार्थीहरूका लागि प्रमुख गन्तव्य बनेका छन् । यी राज्यहरूले धेरै नेपाली प्रवासीहरूलाई होस्ट गर्छन् र उत्कृष्ट गुणस्तरीय शिक्षा संस्था र अन्वेषण गर्न अन्य अवसरहरू पनि प्रदान गर्छन् ।
पछिल्लो समयमा धेरै नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि टेक्सास विश्वविद्यालयमा आकर्षित भएका छन् । नेपाली विद्यार्थीहरू आकर्षित हुनुको मुख्य कारण गुणस्तीय शैक्षिक संस्था र नेपालीहरूको एकताले नेपाली विद्यार्थीहरूलाई हुने सहायता र सहयोग हो । टेक्सास आफैंमा उच्च गुणस्तीय संस्थाहरूका लागि परिचित छ । टेक्सास ए एण्ड एम, टेक्सास टेक, युनिभर्सिटी अफ नर्थ टेक्सास, मिडवस्र्टन स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ टेक्सास आर्लिङ्गटन जस्ता उच्चस्तरीय र गुणस्तरीय शैक्षिक संस्थानहरूले धेरै नेपाली विद्यार्थीलाई आथित्यता गरेको छ ।
यी संस्थाहरूमध्ये, टेक्सासको विचिता फल्स मिडवेस्टर्न स्टेट युनिभर्सिटी एमएमयू टेक्सास भनेर चिनिन्छ । यसले २५ वर्षदेखि विश्वभरिबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गरिरहेको छ । विद्यार्थीहरूलाई अमेरिकाको आप्रवासन मार्ग निर्देशनहरूका लागि सहायता प्रदान गरिरहेको छ । विचिता फल्स वरिपरि करिब १ लाख ५ हजार मानिस छन् । यो डल्लास, टेक्सास र डीएफडब्लूयू अन्तर्राष्ट्रिय एयरपोर्टको उत्तर पूर्वमा २ घन्टाको ड्राइभमा पर्छ ।
एमएसयू टेक्सासमा लगभग ६ हजार विद्यार्थी छन् । १८ जना विद्यार्थीका लागि एक जना शिक्षक अनुपातमा पर्छन् । ऐतिहासिक रूपमा कुल विद्यार्थीको १० प्रतिशत अन्तर्राष्ट्रिय पृष्ठभूमिबाट रहेको छ ।
युनिभर्सिटीले नेपाली विद्यार्थीहरूको संख्या बढाउन चाहेको छ र छात्रवृत्ति प्रदान गर्ने र नेपाली विद्यार्थीहरूलाई अन्य प्रकारको सहयोग र सहायता प्रदान गर्न तत्पर रहेको छ ।
हाल युनिभर्सिटीमा ५१ देशको प्रतिनिधित्वमध्ये नेपालबाट सन् २०२१ को बसन्त ऋतुको सेमेस्टरका लागि २१ जना विद्यार्थी रहेका छन् । नेपाली विद्यार्थीहरूले नेप्लिज् स्टुडेन्ड एसोसिएएन बनाएका छन् । जसले आफ्नो नयाँ साथीहरूका लागि नेटवर्क, सञ्चारका लागि प्रोत्साहन गर्नेछ । एमएसयू टेक्सास ग्लोबल एजुकेसन अफिस जीईओको लक्ष्य नै आउने वर्षहरूमा नेपालबाट ग्लोबल स्कोलर्सलाई वृद्धि गराउने हो ।
स्नातक स्तरमा विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई नर्सिङ, रेडियोलोजी, श्वास–प्रश्वास र डेन्टल हाइजिन, मेकानिकल इन्जिनियरिङ्ग, म्याथम्याटिक, कम्प्युटर साइन्स, बिजनेस म्यानेजमेन्ट इन्फरमेसन सिष्टम, प्रिमेड र प्रि डेन्टिस्ट्री जस्तो विषयमा विद्यार्थीको करिअर बढाउन सहयोग पु¥याइरहेको छ । दन्त चिकित्सा ग्राजुएसन गरेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एप्पल, टेक्सास इन्स्ट्रुमेन्ट्स, रिगाकुमा सफल करिअर बनाएका छन् भने बेभर्ली हिल्स क्यालिफोर्नियामा क्लिनिकल अभ्यासहरू पनि सुरु गरेका छन् ।
एमएसयू टेक्सास ग्रेजएट स्कुलले एमबीए, कम्प्युटर साइन्स, एक्सरसाइज फिजियोलोजी, रेडियोलोजी साइन्स र बायोलोजी साइन्स प्रोग्रामहरू सञ्चालन गरिरहेको छ । मिडवेस्टर्न स्टेट युनिभर्सिटी टेक्सासको पब्लिक लिबरल आर्ट कलेजहरूको काउन्सिलको एकमात्र सदस्य हो र एक राम्रो तरिकाको विभिन्न शैक्षिक विषयमार्फत विद्यार्थीहरूका लागि काम गरिरहेको छ ।
छात्रवृत्ति अन्तर्राष्ट्रिय प्रथम वर्षका विद्यार्थीहरूका लागि हो, जसले एसएटी अथवा एसिटी लिएका छन् । भर्नाका लागि भने परीक्षा आवश्यक पर्दैन । अन्तर्राष्ट्रिय विद्यार्थीहरू जीपीएको आधारमा छात्रवृत्तिका लागि योग्य हुने र त्यसकै आधारमा प्रत्येक वर्ष ट्युसन फिको खर्च कम गर्न सकिने अवस्था हुन्छ ।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीले प्रत्येक वर्ष छात्रवृत्तिमार्फत थोरैमा पनि १ हजार डलर कमाउन सक्छन् । साथै उनीहरू टेक्सास राज्य कार्यक्रमका लागि योग्य हुनेछन् । जहाँ उनीहरूले प्रतिस्पर्धी छुट र न्यूनतम ट्युसन रेट जुन त्यहाँ स्थानीयले तिर्छन् त्यो रेटमा इन–स्टेट ट्युसन प्राप्त गर्न सक्छन् । यस्तो छुटले पनि छात्रवृत्तिमा वर्षमा ३ हजार डलरको अतिरिक्त बचत गराउँछ । एमएसयू टेक्सास, सार्वजनिक विश्वविद्यालयहरूको रेटिङमा ४ वर्षदेखि निरन्तर शीर्ष सूचीमा रेटिङमा रहेको छ ।
ग्लोबल एजुकेसन अफिस अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सफलताका लागि समर्पित छ र क्याम्पस स्रोत अध्यागमन सल्लाह प्रदान गर्नका लागि जागरुकता बढाउने काम गरेको छ । ताकी कुनै पनि विद्यार्थी पछाडि नपरोस् ।
कलेजका स्टाफहरूले हजारौं विद्यार्थीलाई स्नातकपछि वैकल्पिक प्राक्टिकल ट्रेनिङ (ओपीटी) का लागि आवेदन गर्न मद्दत गरिरहेका छन् । जुन एफ–वान भिसा कार्यक्रमको फाइदा हो । जसले विद्यार्थीहरूलाई कुनै फिल्डमा एक वर्षदेखि ३ वर्षसम्मका लागि सम्भावित रूपमा उच्च आम्दानी गर्ने स्थितिमा उनीहरूकै क्षेत्रमा काम गर्न अनुमति दिन्छ ।
एमएसयू टेक्सासको पूर्वविद्यार्थी नेटवर्क डल्लास, आस्टिन र ह्युस्टन, टेक्सास जस्तो सहरमा व्यापक र सक्रिय छ । मिडवेस्टर्न स्टेट युनिभर्सिटीको एक डिग्री तपाईंको करिअरका लागि ढोका खोल्दिन्छ । तपाईंको आफ्नो अंग्रेजी सीप सुधार गर्नेका लागि युनिभर्सिटीले अंग्रेजी भाषा प्रशिक्षण कार्यक्रमका लागि भर्नासमेत दिने गर्छ ।
(पन्त, अमेरिकाको टेक्सासमा विद्यार्थीहरूका लागि भर्ना, आवेदन प्रक्रिया, ट्युसन फिका लागि निःशुल्क परामर्श गर्छन् । उनलाई सिधैं [email protected] वा ह्वाट्सएप +19728223957 मा सम्पर्क गर्न सकिन्छ । )