एजेन्सी । रिलायन्स इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी भारतको सबैभन्दा धनीको सूचीमा परेका छन । भारतका १० सबैभन्दा धनी फोर्ब्स सूचीमा मुकेश शीर्ष स्थान आएका हुन ।
मुकेशको कुल सम्पत्ति ८४ अर्ब ५० करोड डलर रहेको फोर्ब्सले जनाएका छ । रिलायन्स बजार पुँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी हो । अम्बानीपछि दोस्रो सर्वाधिक धनीको सूचीमा अदानी समूहका प्रमुख गौतम अदानी रहेका छन । तेसो स्थानमा एचसीएलका संस्थापक शिव नादर छन ।
फोर्ब्सका अनुसार यी तीन धनीहरुले १०० अर्ब डलर भन्दा बढी सम्पत्ति जोडेका छन । फोर्ब्सले यो वर्ष भारतीय डलर अर्बपतिहरूको संख्या बढेर १४० जना पुगेको जनाएको छ । गत वर्ष भारतमा १०२ सर्वाधिक धनी थिए । यी धनीहरुको एकिकृत सम्पत्ति बढेर ५ खर्ब ९६ अर्ब डलर पुगेको छ ।
मुकेश भारतको मात्र नभई एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन । उनले आफ्नो तेल र ग्यास साम्राज्यलाई विविधता दिए र टेलिकम र खुद्रा क्षेत्रहरूमा डाइभ गरेका छन । जसको परिणामस्वरूप उनी शीर्ष स्थानमा परेका छन । गौतम अदानी एक इन्फ्रास्ट्रक्चर टाइकुन हुन् ।
यसबीचमा उनको सम्पत्ति ४२ अर्ब डलर बढेको छ । गौतमको कम्पनी अदानी एन्टरप्राइजेज र अदानी ग्रीन एनर्जीको सेयर मूल्य बढेपछि भारतको दोस्रो धनी बनेका हुन ।
राधाकिशन धामनी जो पहिले दोस्रो धनी भारतीय थिए । अहिले उनी चौथो स्थानमा झरेका छन । फोर्ब्सले २०२० देखि अदानीको सम्पत्ति पाँच गुणा बढेको जानकारी दिएको छ ।
शीर्ष १० सबैभन्दा धनी भारतीयहरूको सूचीमा दुई भारतीयले स्वास्थ्य सेवा क्षेत्रमा लगानीका कारण आफ्नो सम्पत्ति बढाएका हुन । उनीहरुको सम्पत्ति कोरोना भाइरस महामारीको कारण बढेको देखिएको छ।
यी दुई हुन, भारतको सेरम इन्टिच्यूट (एसआईआई) का साइरस पूनावाला र सन फार्मास्यूटिकल उद्योगका मालिक दिलीप शंघावी । एसआईआई विश्वको सबैभन्दा ठूलो कोरोनाको खोप निर्माता कम्पनी हो । कम्पनीले कोभिसिल्ड भ्याक्सिन विकास गरेको छ ।
कम्पनी संयुक्त राष्ट्रसंघ (यूएन) द्वारा समर्थित कोभ्याक्स कार्यक्रमको लागि प्रमुख आपूर्तिकर्ता पनि भएको छ। विदेशमा खोप निकासी गर्न नपाएपछि कम्पनी वित्तीय रुपमा कमजोर भएको पूनवालाले बताएका छन ।
उनले सरकारसँग थप ४० करोड ८५ लाख डलर सहयोग मागेका छन । फोर्ब्सका अनुसार १२ औं सबैभन्दा धनी भारतीय भएपछि फार्माका महानगरा दिलिप शन्वी यस वर्ष शीर्ष १० सूचीमा चढेका छन्। कोराना महामारीका बीचमा दिलिपको सम्पत्ति बढेको हो ।
फोर्ब्सका अनुसार सबैभन्दा धनी व्यक्ति फेरि पनि जेफ बेजोस देखिएका छन् । उनको कुल सम्पत्ति १७७ अर्ब डलर छ । टेस्ला गाडी कम्पनीका मालिक एलन मस्क दोस्रो स्थानमा छन् । उनको सम्पत्ति १५१ अर्ब डलर छ ।
यसैगरी तेस्रो स्थानमा बर्नाड आरनल्ट एन्ड फ्यामिलीको १५० अर्ब डलर, बिल गेट्सको १२४ अर्ब डलर र फेसबुकका सहसंस्थापक मार्क जुकरवर्गको सम्पत्ति ९७ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ ।
यी हुन भारतका सर्वाधिक धनी
नाम सम्पत्ति अर्बमा (डलर)
१. मुकेश अम्बानी ८४.५
२. गौतम अदानी ५०.५०
३. शिव नादर २३.५
४. राधाकृष्ण दामिनी १६.५
५. उदय कोटाक १५.९
६. लक्ष्मी मित्तल १४.९
७. कुमार विरला १२.८
८ साइरस पूनवाल १२.७
९. दिलिप संघावी १०.९
१०. सुनिल मित्तल तथा परिवार १०.५
(हिन्दुस्तान टाइम्सको सहयोगमा)