काठमाडौं । २ अर्ब रुपैयाँ लगानीमा काठमाडौंको कमलादीमा ‘स्काई वाक भ्यू टावर’ निर्माण हुँदै छ। कोभिडका कारण निर्धारित समयमा भन्दा ढिला गरी सञ्चालनमा आएको टावर नेपालकै पहिलो हो ।
कोभिडका कारण निर्माणमा ढिलाइ भए पनि निरन्तर काम भएकाले चाँडै सक्ने गरी कम्पनी लागेको छ । मुलुकमा पर्यटन गतिविधि बढाउने साहसिक खेल र पर्यटकीय गन्तव्यमा लगानी ह्वात्तै बढेको छ । बन्जी, सुइङ्ग, जिपलाइन, स्काइ टावर, केबलकार, क्वाड बाइक, प्याराग्लाइडिङमा लगानी बढ्दै जाँदा कोभिडले थला परेको पर्यटन क्षेत्रमा नयाँ उत्साहको सञ्चारसमेत भएको छ ।
मुलुकका विभिन्न स्थानमा पछिल्लो २ वर्षमा अर्बौं रुपैयाँ लगानीमा साहसिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् ।
वन्डरर्स नेपाल प्रालिले निर्माण गरेको स्काई वाक भ्यू टावर १३.२ रोपनी क्षेत्रफलमा रहेको छ । ७८ मिटर उचाइको उक्त टावरको लिफ्ट चढेपछि भुइँतलाबाट सिधै ६८ मिटरमा मात्र लिफ्ट रोकिने गरेको सञ्चालक आकर्षण पोखरेलले जानकारी दिए । लिफ्ट रोकिएको एकतलामाथि १०० जना अट्ने रेष्टुराँ निर्माण भइरहेको छ। सबैभन्दा माथी स्काई वाक छ ।
कोभिड र त्यसपछिको लकडाउनले घरभित्रै भएका धेरै घरेलु पर्यटक लकडाउन खुल्नासाथ र कोभिडको प्रभाव कम देखिएपछि देशभित्रै घुम्न थालेका छन । चहलपहल बढेपछि नयाँ साहसिक पर्यटक गन्तव्य थपिन थालेको हो । बन्दै गरेका नयाँ संरचनाले पनि तीव्रता पाउन थालेको छ । मुलुकका विभिन्न स्थानमा पछिल्लो २ वर्षमा अर्बौं रुपैयाँ लगानीमा साहसिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् ।
भक्तपुरको नगरकोटमा ६ करोड रुपैयाँ लगानीमा एसियाकै दोस्रो लामो सुपरम्यान जिपलाइन निर्माण सम्पन्न भएको छ। नगरकोट जिपलाइन प्रालिद्वारा निर्माण गरिरहेको सो सुपरम्यानको लम्बाइ १ हजार ९०० मिटर छ । नगरकोटमै थापाको समूहले एडभेन्चर पार्कसमेत निर्माण गर्न लागेका छन् । त्यहाँको बोजिनी ड्याममा उडी एडभेन्चर प्रालिले २०० रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्न लागेका हुन् ।
पार्कभित्र रुखमै सुत्ने, रुखमै बस्ने र रूखमै खेल्न मिल्ने खेल (क्यानोपी वाक) को निर्माण गर्न लागिएको हो । यसको निर्माण चैतदेखि सुरु गर्ने र जेठभित्रमा सञ्चालनमा ल्याइसक्ने गरी तयारी भइरहेको उनले बताए । योसँगै पोखरीमा बोटिङ गर्ने, स्काई साइक्लिङ, रुखैरुखमा खेल्ने करिब २५ थरीका एडभेन्चर पार्कसमेत निर्माण गर्न लागिएको छ ।
कोभिडकै बीचमा बागलुङ र पर्वतको कालीगण्डकीमाथि साहसिक खेल बन्जी सञ्चालनमा आएको छ । ‘द क्लिफ’ नामक कम्पनीले २८ करोड रुपैयाँ लगानी गरेर बन्जीसहितका पर्यटकीय गन्तव्य निर्माण गरेको अध्यक्ष राजु कार्कीले जानकारी दिए ।कम्पनीले बन्जीजम्पका साथै स्काई साइक्लिङ एवम् सुइङ्गसमेत सञ्चालनमा ल्याएको छ । विश्वकै सबैभन्दा उचाइमा अवस्थित स्काई साइक्लिङ र सुइङ्गसँगै विश्वकै दोस्रो अग्लो बन्जी भएकाले यो एसियाकै उत्कृष्ट गन्तव्य बन्ने अध्यक्ष कार्की बताउँछन् ।
माथि उल्लेखित केही उदाहरणहरू मात्र हुन् । पछिल्लो समय साहसिक खेलमा लगानी गर्नेहरूको संख्या मात्र बढेको छैन, त्यसप्रति पर्यटकहरूको आकर्षणसमेत बढेको देखिन्छ । हेर्दा खेल्ने, रमाउने जस्तो लागे पनि अहिले सबैको ध्यान तीनै जिपलाइन, स्काई साइक्लिङ र बन्जीले तानेको छ ।
डोरीको भरमा झुण्डिएर एक डाँडाबाट अर्को डाँडामा जानेदेखि डोरीमै साइक्लिङसमेत गरेको देख्दा धेरैको मन झसङ्ग हुन्छ । तर, यसैमा धेरैको ध्यान खिचेको हुन्छ । अर्थात सबैको आकर्षणको केन्द्रमा यति बेला साहसिक खेलहरू परेको देखिन्छ । त्यति मात्र होइन, पर्यटकहरूको प्राथमिकतासमेत परिवर्तन भएको पाइन्छ ।
केही वर्षअघिसम्म नेपालमा साहसिक र एडभेन्चर टुरिजमको रुपमा बन्जी र ¥याफ्टिङ मात्र गणनामा थियो । तर, अहिले देशका धेरै डाँडामा जिपलाइन सुरु भएको छ भने धेरै ठाउँमा केबलकारका टावरहरू निर्माण हुन थालेको छ ।आन्तरिक पर्यटकहरूले नै यस्ता गन्तव्यहरू भरिभराउ हुने भएकाले पनि लगानीकर्ताहरू बढी यसमा आकर्षण भएको देखिन्छ । यस्ता पर्यटकीय पूर्वधारले पर्यटकको बसाई अवधिलाई समेत बढाउने कालिञ्चोक केबलकारका अध्यक्ष बालकृष्ण सिवाकोटीको भनाइ छ ।
घुम्ने र खेल्ने ठाउँ सीमित भएकाले पर्यटकहरू चाहेर पनि दुई चार दिन एकै ठाउँमा बस्न सक्ने अवस्था नरहेको बेला अहिले केबलकार, जिपलाइन, बन्जीलगायतका संरचनाहरूले कम्तीमा एकदेखि दुई दिनसम्म बस्ने वातावरण सिर्जना भएको उनको भनाइ छ ।कोभिडको भय कम हुँदै गएपछि पर्यटकीय क्षेत्रमा चहलपहल सुरु भएको छ । अहिले घुम्न निस्कनेहरूमध्ये ९९ प्रतिशत नेपालीहरू नै हुन् ।
केही वर्षअघिसम्म नेपालमा साहसिक र एडभेन्चर टुरिजमको रुपमा बन्जी र ¥याफ्टिङ मात्र गणनामा थियो । तर, अहिले देशका धेरै डाँडामा जिपलाइन सुरु भएको छ भने धेरै ठाउँमा केबलकारका टावरहरू निर्माण हुन थालेको छ ।आन्तरिक पर्यटकहरूले नै यस्ता गन्तव्यहरू भरिभराउ हुने भएकाले पनि लगानीकर्ताहरू बढी यसमा आकर्षण भएको देखिन्छ । यस्ता पर्यटकीय पूर्वधारले पर्यटकको बसाई अवधिलाई समेत बढाउने कालिञ्चोक केबलकारका अध्यक्ष बालकृष्ण सिवाकोटीको भनाइ छ ।
नेपालले विदेशी पर्यटक आउनलाई खुला गरे पनि विभिन्न सर्तहरू राखेको छ । जसको कारण चाहेर पनि नेपालमा पर्यटकहरू पर्याप्त मात्रामा आउन सकिरहेका छैनन् । विदेशी पर्यटकहरू नआए पनि अहिले आन्तरिक पर्यटकहरूले विभिन्न गन्तव्यहरू भने भरिभराउ हुन थालेको छ ।
साहसिक खेलका गन्तव्यहरूको प्रचार–प्रसार अहिले सामाजिक सञ्जालले गर्दा धेरै भएको देखिन्छ ।
फेसबुक, ट्वीटर, इष्टाग्राम र टिकटकमा राखेको फोटो र भिडियोकै भरमा घुम्न निस्कनेको जमात अहिले धेरै बढेको देखिन्छ । यसले पनि आन्तरिक पर्यटनका लागि केही नयाँ भयो भने धेरैको आकर्षणको केन्द्रविन्दु बन्न सक्छ भन्ने गतिलो उदाहरण बनेको छ । जसका कारण घुम्न निस्कनेहरूको मात्र होइन, लगानी गर्नेहरूको समेत लहर बढेको छ ।
नेपालमा धेरै पहिलादेखि नै जिपलाइन र साइक्लिङ निर्माण गरिएको भए पनि यसले लहरको रुप लिएको भने दुई वर्ष मात्र भएको छ । विभिन्न समयमा विभिन्न ठाउँमा यस्ता खेलहरू सञ्चालनमा आए पनि बीचमै बन्द हुने र प्रचार–प्रसारसमेत कम हुने गरेको थियो । तर, दुई वर्षअघि धुलिखेलमा जिपलाइन सुरु भएपछि भने त्यसले अर्कै गति लिएको छ । धुलिखेल जिपलाइन निर्माणपछि मात्र अहिले १० वटाभन्दा बढी ठाउँमा यस्ता संरचनाहरू तयार भइसकेका छन् ।
संस्तो र छिटो निर्माण हुने भएकाले पनि धेरै व्यवसायीको ध्यान यसतर्फ गएको देखिन्छ । प्राकृतिक भूभागलाई प्रयोग गरेर निर्माण गर्न सकिने भएकाले पनि धेरै व्यवसायीको ध्यान अहिले जिपलाइन र साइक्लिङतर्फ बढेको देखिन्छ ।नेपाल पर्यटन विभागका महानिर्देशक हुम लुइटेलले पछिल्लो समय एडभेन्चर टुरिजमको विषयमा बुझ्न आउनेको संख्यामा वृद्धि भएको बताउँछन् । विशेष गरेर जिपलाइन र साइक्लिङको विषयमा व्यवसायीहरूले बढी चासो लिने गरेको दर्ता प्रक्रियाको विषयमा जानकारी लिएर जानेको संख्या बढेको उनको भनाइ छ ।
विभागको अनुसार धुलिखेलमा धुलिखेल जिपलाइन, धरानमा भेडेटार देवीस्थान जिपलाइन, मकवानपुरमा मकवानपुर जिपलाइन, भक्तपुरको घ्याम्पेडाँडामा योयो जिपलाइन सञ्चालनमा छ। दरबार एडभेन्चर जिपलाइन प्रालिले नुवाकोटमा दरबार जिपलाइन सञ्चालन गरिरहेका छन् । भूगोल मिलेको ठाउँ भयो भने करिब ८ सयदेखि १ हजार मिटर लामो जिपलाइन निर्माणका लागि १ करोड रुपैयाँसम्म लागत लाग्न सक्छ ।
ढुवानीका लागि बाटोको सहज छ भने १ करोड रुपैयाँसम्ममा केदार थापा आफैंले निर्माण गर्दै आएका छन् । उनले विदेशबाट सामान ल्याएर नेपालका विभिन्न ठाउँमा जिपलाइन निर्माण गर्दै आएका छन् । आफूले सिकेको र जानेको सीपलाई अरु ठाउँमा पनि विस्तार गर्ने सोचका साथ प्राविधिक सहयोग गर्दै आएको बताउँछन् ।
जिपलाइन लगायतका केही साहसिक खेलहरूको अनुमति(लाइसेन्स) नेपाल पर्यटन विभागले दिने गरेको छ । विभागले बनाएको मापदण्ड पूरा गरे पनि लाइसेन्स पाइन्छ । तर, नेपालमा अलिहेसम्म सरकारीस्तरबाट त्यस सम्बन्धीका विज्ञको रुपमा कोही छैनन् ।विभागले व्यवसायीकै भनाइको आधारमा त्यहाँ जडित सामग्रीहरूको विश्वास गर्ने गरेका छन् र आवश्यक स्वीकृति दिने गरेका छन् । अहिले जिपलाइनको विज्ञको रुपमा थापालाई लिने गरेका छन् । कहीँ नयाँ जिपलाइन सुरु गर्नुपरेमा आवश्यक सुझाव र सल्हाह विभागले थापाबाटै लिने गरेका छन ।
विभागको अनुसार धुलिखेलमा धुलिखेल जिपलाइन, धरानमा भेडेटार देवीस्थान जिपलाइन, मकवानपुरमा मकवानपुर जिपलाइन, भक्तपुरको घ्याम्पेडाँडामा योयो जिपलाइन सञ्चालनमा छ।दरबार एडभेन्चर जिपलाइन प्रालिले नुवाकोटमा दरबार जिपलाइन सञ्चालन गरिरहेका छन् । भूगोल मिलेको ठाउँ भयो भने करिब ८ सयदेखि १ हजार मिटर लामो जिपलाइन निर्माणका लागि १ करोड रुपैयाँसम्म लागत लाग्न सक्छ ।
हावाहुरी, प्राकृतिक विपत्ति, पहिरोले क्षति भयो भने बिमाको व्यवस्था गरिएको छ । यस्तै जिपलाइनमा प्रयोग गर्ने सम्पूर्ण सामग्रीहरू अन्तर्राष्ट्रिय मापदण्डको सर्टिफिकेट प्राप्त हुन्छ । त्योसँगै विदेशबाट ल्याएका सामग्रीहरूलाई सम्भव भएसम्म नेपाली ल्याबमा पनि परीक्षण गरेर मात्र प्रयोगमा लाने गरिएको छ । त्यसैले सबैले सुरक्षित महसुस गरिएको छ ।
थापाले नै बनाउने जिम्मा पाए भने २ महिनाभित्रमा एउटा जिपलाइन तयार पारिसक्ने बताउँछन् । आफूले प्रयोग गर्ने सामानहरू युरोपबाट मगाउने गरिएको बताउँदै केही सामानहरू अहिले पनि आफूसँग रहेकाले जिम्मा दिएको २ महिनाभित्रमा निर्माण कार्य सकिसक्ने बताउँछन् । १ हजारदेखि १५ सय मिटरसम्मको जिपलाइन २ महिनाभित्रमा तयार भइसक्छन् ।
थापाले सुरुमा धुलिखेल जिपलाइन बनाउन ४ करोड रुपैयाँ खर्चिएका थिए । अहिले उनीसँगै सामान रहेको र ढुवानीमा सहज हुने ठाउँमा १ करोड रुपैयाँसम्ममा जिपलाइन बनाउन सकिने बताउँदै आएका छन् । उनले भेडेटार, मकवानपुर र सिन्धुलीगढीमा १÷१ करोड रुपैयाँकै लागतमा जिपलाइन बनाएका छन् । यस्तै दरबार एडभेन्चर जिपलाइन प्रालिले नुवाकोटको विदुर नगरपालिका–२ मा ०७६ सालबाटै जिपलाइन सञ्चालनमा ल्याएका छन् । साढे ३ करोड रुपैयाँ लगानी गरेर निर्माण भएको सो जिपलाइन १३ सय मिटर उचाइमा छ ।
अहिले काठमाडौं नजिकै पनि जिपलाइन सुरु हुँदैछ । भक्तपुरको घ्याम्पेडाँडामा जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी र सोइङ सञ्चालनमा छ। ५ करोड रुपैयाँ लगानीमा यो–यो जिपलाइन कम्पनीले निर्माण गरिरहेको सो गन्तव्य भक्तपुरको सूर्यविनायकबाट करिब ७ किलोमिटर टाढा छ । जिपलाइनका सञ्चालक रामशरण तिमल्सेनाले १ हजार मिटरको जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी ३÷३ सय मिटरको दूरी र सुइङ ८० मिटरको रहेको बताए।
पोखरामा मात्र उडिरहेको प्याराग्लाइडिङलाई काठमाडौं, पर्वत, बागलुङ, स्याङ्जा, दोलखामा उडाउनका लागि सम्भाव्य अध्ययनसमेत भइरहेको छ । पोखराबाहिर व्यावसायिक प्याराग्लाइडिङका लागि व्यवसायीहरूले चासो देखाइरहेको विभागले जनाएको छ ।
यस्तै खाेंचबाट हामफाल्ने खेल बन्जीजम्पले पनि विस्तारै आफ्नो दायारा फराकिलो बनाएको छ । सिन्धुपाल्चोकको लाष्ट रिसोर्टमा मात्र सीमित रहेको बन्जी विस्तारै अन्य जिल्लामा पनि फैलिँदै छ । कोभिडकै बिचमा बागलुङ–पर्वतमा बन्जीजम्प सञ्चालनमा आयो भने त्यसअघि पोखरामा पनि एड्भेन्चर गियरले बन्जीजम्प सञ्चालनमा ल्याएको थियो । पोखरामा नै पानीको झरनामा डोरीबाट चढ्ने क्यानोइङ पनि सञ्चालनमा आएको थियो । क्यानोइङ लम्जुङ र बागलुङको गलकोटको पनि सञ्चालनमा छ ।
मरुभूमिको उजाडमा मात्र नेपालीहरूले खेलेको क्वाड बाइक चित्लाङमा पनि सञ्चालनमा आएको छ । चित्लाङ रिसोर्टको सहकार्यमा द एडभेन्चर गियरले ६० लाखमा क्वाड बाइक सञ्चालनमा आएको हो । त्यस्तै कोभिडकैबीच अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । साढे ४ करोड रुपैयाँ लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिक सञ्चालनमा आएपछि पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य थपिएको हो ।
खाेंचबाट हामफाल्ने खेल बन्जीजम्पले पनि विस्तारै आफ्नो दायारा फराकिलो बनाएको छ । सिन्धुपाल्चोकको लाष्ट रिसोर्टमा मात्र सीमित रहेको बन्जी विस्तारै अन्य जिल्लामा पनि फैलिँदै छ । कोभिडकै बिचमा बागलुङ–पर्वतमा बन्जीजम्प सञ्चालनमा आयो भने त्यसअघि पोखरामा पनि एड्भेन्चर गियरले बन्जीजम्प सञ्चालनमा ल्याएको थियो । पोखरामा नै पानीको झरनामा डोरीबाट चढ्ने क्यानोइङ पनि सञ्चालनमा आएको थियो । क्यानोइङ लम्जुङ र बागलुङको गलकोटको पनि सञ्चालनमा छ ।
थपिँदैछन् केबलकार
पर्यटकीय पूर्वधारहरू निर्माण हुने क्रममा केबलकारले पनि तीव्रता पाएको छ । हाल मनकामना, चन्द्रागिरि र कालिञ्चोक केबलकार सञ्चालनमा रहेको छ । पोखरामा रहेको अन्नपूर्ण केबलकार वैशाखदेखि नै सञ्चालनमा आउने तयारीमा छ । कोभिडकै बीचमा बुटवलमा दुईवटा केबलकारको शिलान्यास गरिएको छ ।
३ अर्ब ५२ करोड लागत अनुमान गरिएको यो आयोजना एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम अघि बढाइएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रकाश ढकालले जानकारी दिए । केबलकारको लम्बाइ तीन किलोमिटर हुनेछ । यस्तै बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकार सिद्धबाबा केबलकार प्रालिले बनाउँदै छ ।
सिद्धबाबा केबलकार प्रालिमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको ८० करोड २० लाखभन्दा बढी लगानी रहने जनाएको छ । प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको बताए ।
चन्द्रागिरि केबलकारको सफलतापछि ढकालको आईएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार परियोजना अघि बढाएको हो । आईएमई समूहकै नेतृत्वमा नवलपुरको गैंडाकोटमा पनि मौलाकालीका केबलकार परियोजना अघि बढेको छ ।
यस्तै काठमाडौं उपत्यका भित्रै थप दुईवटा केबलकार सञ्चालनमा ल्याउने गरी उद्योग विभागमा दर्ता भएको छ । ललितपुरको फुल्चोकी र काठमाडौंको नागार्जुन नगरपालिकामा केबलकार सेवा सञ्चालन गर्ने गरी कम्पनी दर्ता भएको हो । विभागले दिएको जानकारीअनुसार फुल्चोकी केबलकार कम्पनीले ६६ करोड र भ्यू नागार्जुन केबलकारले पनि ६६ करोड लगानी गर्ने उल्लेख छ ।
निगरानी गर्ने निकाय नै छैन
पछिल्लो समय देशका विभिन्न भागमा एडभेन्चर टुरिजमको नाममा विभिन्न संरचनाहरू निर्माण भइरहेको छ । तर, त्यसको अनुगमन गर्ने निकाय छैन । पर्यटन विभागमार्फत अनुमतिपत्र लिने व्यवस्था भए पनि दर्ता नभएमा वा नवीकरण नगरेमा के कारबाही गर्न भन्ने खुलाएको छैन । जसको कारण यस क्षेत्रमा कुनै समयमा ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम धेरै रहेको सरोकारवालाहरूको भनाइ छ ।
हाल कर्णालीको किनार, चितवन, बुटवल र गोदावरीको बिसंख्खु नारायणमा बनेको जिपलाइन दर्ताबिनै सञ्चालनमा छन् । त्योसँगै तराईका विभिन्न भागमा स्काई साइक्लिङ सञ्चालनमा आए पनि दर्ता भने भएका छैनन् । यसरी दर्ताबिनै सञ्चालन भएका संरचनाहरूमा कुनै समयमा दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय अहिलेका लागि ठूलो चुनौती बनेको छ ।