काठमाडौं । आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण बुधबारदेखि सुरु भएको छ । युवालाई विभिन्न कम्पनीमा रोजगारी दिने उद्देश्यका साथ आस्कमी म्यानेजमेन्टले भर्चुअल जब फेयर सञ्चालन गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी म्यानेजमेन्टले भर्चुअल जब फेयर २०२१ सुरु गरेको जनाएको छ । भर्चुअल जब फेयर मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म सञ्चालन हुनेछ ।
आस्कमि म्यानेजमेन्ट व्यवस्थापकिय निर्देशक अर्चना कुवँर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार विस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ ।
नेपालमा पहिलो पटक २०२० मा जब फेयर सञ्चानल भएको थियो । त्यो समय नेपालको लागि उक्त कन्सेप्ट नयाँ भएपनि ४० भन्दा बढि कम्पनीले विश्वास गरेका थिए । कुँवरले भनिन्, “यस पटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरेका हौँ ।”
फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमि कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नुपर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ । देशभरिका मानिसले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरी आवश्यता अनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटर बाटै आवेदन दिन सक्नेछन् ।
कतिपय कम्पनीहरुले अनलाइन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारी पाउने भएकाले पनि जब फेयर उपलब्धिमुलक हुने विश्वास फेयरले लिएको छ ।
यस प्ल्याटफर्ममा स्वदेश फर्कन चाहने तर विदेशमा रहेका नेपालीसमेत सहभागि हुन सक्छन् । भर्चुअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेशनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एशिया बैंक छन् ।
फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् ।
त्यस्तैगरी, सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगार दाताका रुपमा जब फेयरमा सहभागि हुँदैछन् ।