काठमाडौं । खाद्य उद्योग तथा गुण नियन्त्रण विभागले आठ महिनाको अवधिमा ८ सय ८१ वटा नमुना परिक्षण गरेको छ । विभागले बजार निरीक्षण तथा अनुगमन गर्दा अष्ठमासिक अवधिमा २ हजार २ सय ८४ नमूना सङ्कलन गरिएको थियो । त्यसमध्ये ८ सय ८१ वटा नमूनाको परीक्षण गरिएको थियो । तीमध्ये ५७ वटा नमुना मापदण्ड विपरीत भेटिएको विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विभागको ६ बटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुबाट बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार क्रमशः ११८९ र १०९५ गरी ८ महिनाको अवधिमा जम्मा २२८४ नमूना संकलन भएको थियो ।
दोस्रो चौमासिक अवधिमा संकलित नमूनाहरु मध्ये खाद्यान्न/दलहनजन्यका २७४ वटा, तेल तथा घ्यूजन्यका १२४ बटा, दाना पदार्थका ९८ बटा, फल तथा सागपात जन्य पदार्थका ९१ वटा, मसलाका ६९ वटा, कन्फेक्सनरिका ३१ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा लगायत जम्मा ८८१ वटा नमुनाहरूको बिल्लेषण परिक्षण भएकोमा ५७ वटा नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको विभागले जनाएको छ ।
नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदन अनुसार प्रथम चौमासिक र दोस्रो चौमासिक अवधिमा क्रमशः ७० र ५७ गरि जम्मा १२७ नमूनाहरु मापदण्ड अनुसार नपाइएका। मापदण्ड अनुसार नपाइएका हुन । १२७ वटा नमुनाहरूमध्ये दानाका ३१ नमुनाहरु प्रशोधित पिउने पानीका १८ नमुना २० नमूनाहरू, तेल तथा घ्यूजन्य १९ नमूनाहरु लगायतका अन्य खाद्य पदार्थका नमुना रहेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक र दोस्रो चौमासिक अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा क्रमशः २६ र ५० गरि यस आर्थिक वर्ष को ८ महिनाको अवधिमा जम्मा ७६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको विभागले जनाएको छ ।