एजेन्सी । वस्तुको कारोबार (कमोडिटी ट्रेडर) व्यवसाय सुरु गरेको दुई दशकका बीचमा गौतम अदानी भारतको दोस्रो धनी भएका छन् । उनी ५६ अर्ब डलरसहित भारतको दोस्रो धनीको सूचीमा परेका हुन् । भारतको सबैभन्दा धनीको सूचीमा मुकेश अम्बानी छन् ।
कोइला अर्बपति अदानीले भारतमा ठूलो व्यावसायिक साम्राज्य खडा गरेका छन् । उनले आफ्नो लगानी बढाउँदै लगेका छन् । सम्पत्ति बढ्दै गएपछि अदानीले आफ्नो लगानी विविधीकरण गरेर आगामी दिनमा खनिज इन्धन र सिमेन्टमा लगाउने योजना बनाएका छन् ।
अदानीको महत्वकाँक्षी योजनामा प्रधानमन्त्री नरेन्द्र मोदीले साथ दिएका छन् । अदानी भारतको पछिल्लो समयमा पूर्वाधार वादशाहका रुपमा पनि उदाएका छन । । उनले आफनो लगानीलाई खानी, ऊर्जा, विमानस्थल, डाटा सेन्टर, पोर्ट र डिफेन्स क्षेत्रमा लगाइ सकेका छन् । अदानीले सरकारले लिएको पूर्वाधार विकासको लक्ष्यमा सघाउँदै आएका छन् ।
ग्रुपको ६ वटा सूचीकृत एकाइको संयुक्त सम्पत्ति ७९ अर्ब डलर पुगेको छ । कोइलामा अदानी ग्रुपको ८० प्रतिशत लगानी छ । अदानी ग्रुप अफ कम्पजिले कोइलाबाट वार्षिक १३ अर्ब डलर आम्दानी गरिरहेको छ । कोइला कम्पनीमा उनको आधादर्जन कम्पनीले लगानी गरेका छन् ।
दुई वर्षभन्दा कम समयअघि अदानीले भारतका ठूला ७ वटा विमानस्थल सञ्चालनको जिम्मा पाएका छन् । यो एयर ट्राफिकको एक चौथाइ हिस्सा हो । उनले आगामी सन् २०२५ सम्ममा नवीकरणीय ऊर्जामा लगानी ८ गुणा बढाउने भएका छन । उनको यो योजनाले यो शताब्दीको मध्यसम्ममा हरितगृह ग्यास उत्सर्जन कम गराउने सहयोग पुग्ने अनुमान गरिएको छ ।
गत साता अदानीको कम्पनीले श्रीलंकामा पोर्ट टर्मिनल बनाउने ठेक्का पाएको छ । उनको कम्पनीले सहविकासकर्ताको रुपमा सो ठेक्का पाएको हो । भारतले श्रीलंकमा बढ्दो चिनियाँ लगानीलाई कम गर्न चाहेको छ । उनको यो योजनाले सहयोग पुर्याएको बताइएको छ । भारतभरी डाटा सेन्टर विकास गर्न अदानी इन्टरप्राइजेज लिमिटेडले एज्ड कनेक्टस एक्ससंग सम्झैता गरेको छ ।
अदानीले राष्ट्र निर्माणको दर्शनमा आधारित रहेर लगानी बढाएका बताइएको छ । ग्रुपले भारतमा हजारौैं रोजगारी सिर्जनकाका साथै सेयरधनीलाई राम्रो मूल्यसमेत दिन सकेको गौतम अदानीले बताएका छन्। अदानी चीनको ज्याक माभन्दा धनी भएका छन् । बितेका वर्षहरुमा अदानीले ५० अर्ब डलर सम्पत्ति थपेका छन् ।
ब्लुमवर्ग बिलिनयर इन्डेक्सअनुसार उनी एसियाका धनी हुन् । यो वर्ष पनि अदानीको खुद सम्पत्ति बढ्ने अनुमान गरिएको छ । अदानीले सन् २०१० मा अष्ट्रेलियामा कोइला परियोजना प्राप्त गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा पनि लगानी गर्न पुगेका हुन् । त्यहाँ उनले वातावरण बचाउन अभियन्ताको ठूलो विरोध खेप्नु परेको थियो ।
भारतका ठूला व्यवसायिक साम्राज्य टाटा ग्रुप र रिलायन्सभन्दा पछि रहेका छन । अदानी ग्रुपमा ब्लुचिप फ्रान्सको ठूलो तेल कम्पनी टोटल एसई र वारवर्ग पिनाससलेसमेत लगानी गरेका छन ।
उनले सो परियोजनाबाट ऊर्जा उत्पादन र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने भनेका थिए । त्यसपछि आफ्ने घर फर्केका अदानी सन २०१४ मा मोदी प्रधानमन्त्री बनेपछि उनी विवादमा तानिएका थिए ।
विपक्षी काँग्रेस नेता राहुल गान्धीले मोदीसँगको निकट सम्बन्धका कारण अदानी सफल भएको र मोदीको नीतिअनुसार लगानी गरेको आरोप लगाएका छन् । उनले यी सबै आरोपहरुको खण्डन गरिसकेका छन् ।
अदानीको संलग्नताको आरोप लागेपछि आफ्ना विपक्षीहरुलाई जवाफ दिँदै प्रधानमन्त्री मोदीले गत महिना संसदको भाषणमा भनेका थिए कि अर्थतन्त्रमा निजी उद्यमको भूमिका सार्वजनिक क्षेत्र जत्तिकै महत्वपूर्ण छ, र सम्पत्ति निर्माणकर्ताहरु पनि एक आवश्यकता हो।
अदानी गुजरातबाट २ दशकअघि आएका हुन् । सन् २००२ मा गुजरातमा मोदीको राजनीतिक भविष्य अनिश्चित भएका बेला अदानीले साथ दिएका थिए । त्यसबेला मोदीलाई व्यवसायी र विपक्षीहरुबाट आक्रमण भएको थियो ।
उद्योग विस्तार गर्न आदानीले क्षेत्रीयस्तरमा उद्योग स्थापनाका लागि लबीसमेत गरेका थिए । उनले मोदी व्यवसायको पक्षमा रहेको देखाउन अदानीले सन् २००३ मा गुजरातमा ब्यानुअल ग्लोबल इन्भेष्टमेन्ट समिटको आयोजनासमेत गराउने सहयोग पुर्याएका थिए ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)