काठमाडौं । डीएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले डीएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजनिक गरेको छ । यसको मूल्य ८९ लाख ५० हजार रुपैयाँ छ ।
इन्टेलिजेन्ट एसयूभी ग्लोरी आइटक नामको एस भ्याइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड लिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । यसको प्रयोगले फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर सञ्चालन गर्न सकिन्छ ।
यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी बिक्री गर्दै आएकोमा अब नयाँ मोडल आई–अटो थप भएको छ । आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरू भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।
ग्लोरी आई–अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरूभन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण छ । डिएफएसकेका एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् ।
यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमान्डबाटै डायल गर्ने, फोन उठाउने, फोन कल हिस्ट्री हेर्ने आदि काम गर्न सकिन्छ । मिडिया कमान्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउन्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ ।
यसमा रहेका कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, अगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्न बन्द गर्ने आदि कार्यहरू गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ ।
त्यस्तै, गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोल्ने र बनद गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिनेछ ।
नेपाली बाटोका लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको यस एसयूभीमा अगाडि र पछाडि दुवैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ ।
ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउनेछ ।