काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० क्याप्टेन श्रवण रिजालले उड्डयन क्षेत्रको प्रचलित प्रचलनलाई समेत लत्याउने गरेको पाइएको छ । उनको उडान अवधिभर ‘ककपिट’ भित्र अर्को एक जना क्याप्टेनबाहेक अरु कसैलाई प्रवेश दिँदैनन् ।
अन्तर्राष्ट्रिय हवाई सुरक्षाअनुसार क्याबिन क्रुहरूलाई आवश्यकताअनुसार ककपिटभित्र प्रवेश नदिनु चरम लापरबाही हो । लामो समयदेखि क्याप्टेन रिजालले क्याबिन क्रुलाई ककपिटभित्र छिर्न नदिई उडान गरिरहँदा पनि सरोकारवाला निकायहरू भने बेखबरजस्तै छन् । यद्यपि अन्तर्राष्ट्रिय उडानसम्बन्धित लिखित नियमहरूमा भने क्यापेटनले आवश्यकताका आधारमा कसलाई ककपिटभित्र छिर्न दिने वा नदिने निर्णय गर्न सक्ने व्यवस्था छ ।
यो पनि हेर्नुहोस
नयाँ र पुराना भन्दै दुई क्याप्टेनबीच भनाभन, सुपर न्यूमेरी उडानमा शाहीलाई लगिएन
विदेशी एयरलाइन्सहरू लिखत नभएको स्थितिमा पनि ककपिट आवश्यकताअनुसार क्याबिन क्रुहरूको प्रवेश गर्नु प्रचलित प्रचलन हो । विशेषगरी क्याबिनमा रहेका दुई चालकमध्ये एक जना चालक बाहिर निस्किएको अवस्थामा क्याबिन क्रुका सदस्यहरूलाई ककपिटमा स्थान दिइन्छ र एक जना सदस्यका भरमा मात्रै उडान गर्न पाइँदैन । तर, नेपालमा भने आफू वरिस्ठ (सिनियर) भन्दै अरुलाई मतलवै नगर्ने र आफूले भनेअनुसारको मात्रै हुने किसिमको रबैया देखाउँदै आएका छन् ।
एयरलाइन्सका जानकारहरूका अनुसार जहाजको ककपिटभित्र दुई जना क्याप्टेनहरूमध्ये कारणबस एक जना बाहिर जानु परेमा त्यो बेला क्याबिन क्रु भित्र जानुपर्छ । तर, रिजालले भने कसैलाई पनि भित्र जाने अनुमति दिँदैनन् । यदि एक जना क्याप्टेन बाहिर भएको बेला ककपिटभित्र कुनै दुर्घटना भएमा रिपोर्टिङ र सहयोगका लागि क्याबिन क्रुलाई पठाउने प्रचलन छ ।
अत्यन्तै संवेदनशील क्षेत्रका रुपमा चिनिने हवाई क्षेत्रमा हरकोहीले प्रचलित नियमलाई पालना गर्नु अनिवार्य जस्तै हुन्छ । सुरक्षाका हिसावले पनि प्रचलित नियमहरूलाई पूर्णरुपले कार्यान्वयन गर्नुपर्छ । प्रचलित नियमलाई पालना नगर्दा यसले मानवीय सुरक्षामा समेत गम्भीर प्रश्न उब्जिन्छ । ककपिटभित्र कसैलाई भित्र पस्न नदिँदा पाइलटलाई कुनै समस्या भएको स्थितिमा दुर्घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठ्ने गर्छ ।
त्यसैले प्रचलनलाई सबैले ‘फलो’ गर्ने गरेको पाइन्छ । उनले एयरलाइन्समा उपलब्ध पानी र खानासमेत नखाने गरेको टिप्पणी हुने गरेको छ ।
२५ वर्षदेखि एयरलाइन्समा क्रियाशिल रिजाल भने आफूले प्रचलित नियमलाई उल्लंघन नगरेको बताउँछन् । ‘कोभिड त्रासका कारण क्याबिन क्रुहरूलाई ककपिटमा आउन बन्देज लगाएको हुँ’ क्याप्टेन रिजालले भने, एयरलायन्सको खाद्य पदार्थ आफूले प्रयोग नगर्दा सरकारी पैसा बचेको छ ।’
क्याप्टेन रिजाल आफू सिनियर भएको भन्दै अर्का क्याप्टेनसँग उत्सवजीजंग शाहीसँग बाझाबाझ भएर शाहीलाई सुपर न्यूमेरी उडानमा सामेल गराएका थिएनन् । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने यस विषयमा कुनै रिर्पाेट नआएको बताए ।