काठमाडौं । सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरतासम्बन्धी ‘ग्लोबल मनी विक’ मनाउने भएको छ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको हो ।
बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ ।
यस्ता छन् कार्यक्रम
चैत ९ गते प्रदेश नं १ मा अर्किड कलेज, विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्युआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने । चैत १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्युआर कोडमार्फत भुक्तानीको थालनी ।
चैत ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्युआर कोडमार्फत भाडा भुक्तानीको थालनी ।
चैत १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, चैत १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, चैत १४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र चैत १५ गते सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम गर्ने ।
यी वित्तीय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्यदृश्य सामग्री सहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ ।
साथै बैंकले आफ्नो सामाजिक सञ्जालमार्पmत सात प्रमुख विद्युतीय माध्यमहरु (मोबाइल एप, क्युआर कोड, एटीएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीयस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामूलक सामग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।