काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहका बीच उक्त सम्मान गरेको हो ।
विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था एमडीआरटी–२०२१ मा सहभागी हुन योग्य भएका आप्mना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
कम्पनीले खादा, माला, प्रशंसा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना सीओटी र ९ जना टीओटी गरि २६७ जना अभिकर्ताहरु एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएका छन ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उप प्रमुख कार्यकारी अधिकृत चौधरीले एमडीआरटी जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।
त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले एमडीआरटी–२०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढीँ चढ्दै जानुहोस् भनी शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरे । पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए ।
नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गरे ।
कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखे ।