गत वर्ष यसै समयमा हामी ठूलो अन्यौलमा थियौं । लकडाउनको तयारी हुँदै थियो । त्यतिबेला हामीलाई जीवन यति चाँडै लयमा फर्किएला जस्तो लागेको थिएन । तर, आज हामी धेरैपछि यो जमघटमा उपस्थित हुन पाएका छौं । सर्वसाधारणको अनुशासित जीवनशैली, प्रतिकूलताका बाबजुद निजी क्षेत्रले उत्पादन र वितरणलाई दिएको निरन्तरता र सरकारको प्रभावकारी नेतृत्व एवं सहजीकरणले यो सम्भव भएको हो । आजको यस कार्यक्रममा म विशेष गरी प्रधानमन्त्रीज्यू र सरकारलाई विगत एक वर्षमा कोभिड नियन्त्रण र खोप वितरणमा गर्नुभएको उदाहरणीय कामका लागि धन्यवाद दिन चाहन्छौं ।
विशेष गरी गत वर्षको बजेट र मौद्रिक नीतिले सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तंग्रिन सहज भएको हो । चार महिना लामो लकडाउन र एक महिनाको निषेधाज्ञाले गर्दा गत आर्थिक वर्ष र यस वर्षको पहिलो तीन महिना अर्थतन्त्र ऋणात्मक रह्यो । गत वर्ष दुई र यस वर्षको पहिलो त्रैमासमा करिब साढे ४ प्रतिशतले अर्थतन्त्र ऋणात्मक भयो ।
तर, दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार भएको छ । हिजोसम्ममा लक्ष्यको ५८ प्रतिशत राजस्व उठेको छ । मेरो विचारमा यस वर्ष सरकारी लक्ष्यअनुसार नै राजस्व उठ्नेछ । बैंकहरुमा ऋणको माग बढेको छ । जसले तरलतामा चाप पर्न सुुरु भइसकेको छ । यसले ब्याज बढाउने भए पनि यो अर्थतन्त्र सुधार हुँदै गएको संकेत पनि हो ।
शोधनान्तर बचत विस्तारै घटन थालेको छ । यसको अर्थ हो मुलुकमा उत्पादन र उपभोग बढ्न थालेको छ । औद्योगिक कच्चा पदार्थ, इन्धन र अन्य उपभोग्य सामानको आयात अघिल्ला महिनाहरुको तुलनामा बढेकाले सोधनान्तर बचत घट्न थालेको हो । गत वर्षको ७ महिनामा र यस वर्षको सोही अवधिमा पनि ८ खर्ब रुपैयाँको आयात भएको छ । रेमिट्यान्स १० र निर्यात ८ प्रतिशतले बढेको छ ।
शोधनान्तर बचत विस्तारै घटन थालेको छ । यसको अर्थ हो मुलुकमा उत्पादन र उपभोग बढ्न थालेको छ । औद्योगिक कच्चा पदार्थ, इन्धन र अन्य उपभोग्य सामानको आयात अघिल्ला महिनाहरुको तुलनामा बढेकाले सोधनान्तर बचत घट्न थालेको हो । गत वर्षको ७ महिनामा र यस वर्षको सोही अवधिमा पनि ८ खर्ब रुपैयाँको आयात भएको छ । रेमिट्यान्स १० र निर्यात ८ प्रतिशतले बढेको छ ।
विषम परिस्थितिमा पनि निर्यात र रेमिट्यान्स बढी नै रह्यो । यसले बैंक वित्तीय संस्थामा तरलताको अवस्था सहज बनाइ राख्न मद्दत पुग्यो र सस्तोमा उद्यमी व्यवसायीले पुँँजी पाउन सके र तंग्रिन सहज भयो । त्यसमा पुनर्कर्जा, पुनर्संरचना एवं पुनर्तालिकीकरण आदिमा दिइएको सहुलियतको महत्वपूर्ण भूमिका छ । तर, लघुघरेलु साना तथा मझौला उद्यमलाई भने अझै व्यवसाय विस्तार कठिन छ । यस्ता उद्यमीहरुको अर्थतन्त्रमा २२ प्रतिशत योगदान छ । झण्डै २० लाखलाई रोजगारी दिएका छन् । निर्यातमा पनि ४० प्रतिशत हिस्सा छ ।
यो क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन पनि भएका छन् । सबको फरक–फरक भनाइ छ । हाम्रो आंकलनमा अझै ४० प्रतिशत यस्ता उद्यमीलाई कुनै न कुनै प्रकारको सहयोगको खाँचो छ । कतिपय व्यवसाय त पूरै बन्द नै भइसकेका छन् ।
अब धेरै व्यवसाय बन्द नहोस्, र जेनतेन चलिरहेका उद्योगहरु पनि विस्तार हुन सकोस भन्नका लागि अझै सहयोग आवश्यक छ । जस्तो कि साना उद्यम लक्षित पुनर्कर्जा सहज रूपमा वितरण हुनुपर्यो । व्यवसाय निरन्तरता कर्जा पाउन कठिन भएको गुनासो आइरहेको छ । त्यो सहज हुनुपर्यो । यस वर्ष साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिइनु पर्नेछ ।
अब धेरै व्यवसाय बन्द नहोस्, र जेनतेन चलिरहेका उद्योगहरु पनि विस्तार हुन सकोस भन्नका लागि अझै सहयोग आवश्यक छ । जस्तो कि साना उद्यम लक्षित पुनर्कर्जा सहज रूपमा वितरण हुनुपर्यो । व्यवसाय निरन्तरता कर्जा पाउन कठिन भएको गुनासो आइरहेको छ । त्यो सहज हुनुपर्यो । यस वर्ष साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिइनु पर्नेछ ।
यी र यस्तै विषय समेटेर साना तथा मझौला उद्यम पुनरुत्थान कार्यक्रम आवश्यक छ । जुन हामीले चैत २८ गते सार्वजनिक गर्न लागेको भिजन पेपरमा पनि समेटिएको छ । यसमा हामी सरकारसँग सहकार्य गर्न चाहन्छौं । प्रधानमन्त्रीज्यूलाई हामीले पहिले पनि जानकारी गराइसकेका छांै । यहाँबाट कार्यान्वयनका लागि जनाउनु भएको प्रतिबद्धताका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आभार व्यक्त गर्छु । यसले हामीलाई उत्साही बनाएको छ ।
भिजन पेपरमा हामीले सन् २०३० सम्ममा १ अर्ब डलरको अर्थतन्त्र पुग्ने आधार, प्राथमिकताका क्षेत्र र ‘इनिसिएटिभ्स’ पहिचान गरेका छौं । दोहोरो अंकको आर्थिक वृद्धिमार्पmत अतिरिक्त २२ लाख रोजगारी सिर्जना सकिने हामीले देखेका छौं ।
त्यसका लागि तत्काल ४१ वटा इनिसिएसनमा भने काम थाल्नुपर्ने देखिन्छ । मैले माथि भनेको साना मझौला उद्योगसंगै पर्यटन क्षेत्र पुनरुत्थान कार्यक्रम पनि आवश्यक पर्नेछ । पर्यटन क्षेत्रमा आश्रित उद्यमलाई पनि समस्या छ । व्यवसायमा थप विश्वास सिर्जना गर्न भ्याक्सिनको पहँुच विस्तार र निजी क्षेत्रलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि म आग्रह गर्दछु । यी विषय कोभिड पछिको पुनरुत्थानका लागि आवश्यक छन भन्ने हाम्रो बुझाइ हो ।
सरकारले भ्याक्सिन ल्याउन देखाएको तदारुकता र यसको सहज वितरणका लागि म प्रधानमन्त्रीज्यू र अन्य संलग्न निकायलाई धन्यवाद पनि दिन चाहन्छाैं । आजसम्मको व्यवस्था उत्कृष्ट थियो । अब निजी क्षेत्रले पनि सहज रुपमा आयात गरि बिक्री वितरण गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसमा सरकारले सहजीकरण सुरु पनि गरिसकेकेको छ ।
कोभिडपछिको पुनरुत्थानसँगै १० वटा प्राथमिकताका क्षेत्रहरु पहिचान गरेका छाैं । जसमा नीतिगत सुधार, पूर्वाधार विकास, श्रम व्यवस्थापन, साना उद्यमको प्रवद्र्धन लगायतका विषय छन् । भिजन पेपर हाम्रो आगामी वार्षिक साधारणसभा तथा वाणिज्य दिवसका अवसरमा चैत २८ गते सार्वजनिक गर्ने तयारी गरेका छाैं । विमोचनका लागि हामीले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पत्रमार्फत आग्रह गरिसकेका छौं ।
अहिले म पुनः प्रधानमन्त्रीज्यूसमक्ष साधारणसभामा प्रमुख आतिथ्यता ग्रहण गरी भिजन पेपर विमोचन गरिदिन हुन विनम्र अनुरोध गर्छु । सदा भैm यहाँको सद्भाव रहने अपेक्षा गरेको छु ।
(प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको मन्तव्य)