अहिले विश्वकै भन्सार प्रविधिसँग गाँसिएका छन् । हिजोका दिनमा भन्सारलाई जुन रुपमा हेरिन्थ्यो, आज अवस्था फेरिएको छ । भन्सारलाई हेर्ने सोचमा परिवर्तन आइसकेको छ । भन्सारले गर्ने काममा पनि व्यापक सुधार आएको छ । हिजोका दिनमा भन्सारलाई खराब नियतबाट हेरिन्थ्यो । यहाँ काम गर्ने कर्मचारीप्रति सेवाग्राहीको दृष्टिकोण निकै नकारात्मक थियो ।
तर, विस्तारै विश्व प्रविधिमैत्री बन्दै गएसँगै भन्सार कार्यालय पनि प्रविधिकै पछिपछि दौडिएका छन् । अहिले त कर्मचारीलाई प्रविधिसँग दौडिन बाध्य बनाएको छ । चाहेर होस्, वा नचाहेर प्रविधिसँगसँगै हिँड्नुपर्ने बाध्यता छ । अहिले भन्सार जति पारदर्शी क्षेत्र अन्यत्र छैन होला । हरेक कुरा सिस्टमबाट नियमन भइरहेको छ । अर्थ मन्त्रालय, भन्सार विभागलगायत सबै निकायले सीसी क्यामेराबाट मनिटरिङ गरिरहेको अवस्था छ ।
बाहिरबाट बुझ्दा र भित्रबाट हेर्दा भन्सारको कामकारबाही आकाश पतालको फरक छ । कर प्रशासनमा अलिकति नकारात्मक सन्देश प्रवाह भएको मैले पनि पाएको थिएँ । त्यसका अवशेष भन्सार विभागहरूको हकमा अहिले पनि देखिन्छन् । तर, भन्सारमा कुनै किसिमका अनैतिक गतिविधि वा अनावश्यक लाभ लिन सक्ने अवस्था अब छैन ।
हुन त भन्सारमा काम गर्ने कर्मचारीलाई विभिन्न आक्षेप लगाउने गरेको पाइन्छ । तर, ती आक्षेप मात्रै हुन् । त्यसमा केही सत्यता छैन । आईटीको जमाना छ । यहाँ हुने हरेक गतिविधि फेसलेस माध्यमबाट हुन्छ । यहाँ इलेक्ट्रोनिकमाध्यमबाट संसार चलेको हुन्छ । त्यसैले यो संसार अलिकति नयाँ तरिकाबाट चलेको जस्तो लाग्छ ।
बाहिरबाट बुझ्दा र भित्रबाट हेर्दा भन्सारको कामकारबाही आकाश पतालको फरक छ । कर प्रशासनमा अलिकति नकारात्मक सन्देश प्रवाह भएको मैले पनि पाएको थिएँ । त्यसका अवशेष भन्सार विभागहरूको हकमा अहिले पनि देखिन्छन् । तर, भन्सारमा कुनै किसिमका अनैतिक गतिविधि वा अनावश्यक लाभ लिन सक्ने अवस्था अब छैन ।
त्यसलाई समाउनका लागि यो राजस्व प्रशासन अघि बढेको र राजस्व प्रशासनको र मुख्यतयः भन्सार सुधारको पहिलो कदम यही कार्यालयबाट चालिएको हुनाले यो कार्यालय अन्य कार्यालयको बृहतर छ । सिर्सिया सुक्खा बन्दरगाहामा रेलमार्ग हुँदै तेस्रो मुलुकबाट आएका सामानहरूको परिमाण ठूलो छ ।
ती रेलमा कस्ता सामान आइरहेका छन् । यहाँ भन्सार एजेन्टले ती सामानको प्रज्ञापनपत्र कसरी बुझाइरहेका छन् भन्ने कुराको मनिटर माथिबाटै हुन्छ । उतैबाट यो सामानमा निरीक्षण गर्नुपर्छ भन्निछ । सामानमा केही कैफियत छ भन्ने कुरा अर्थ मन्त्रालय तथा भन्सार विभागलाई पहिल्यै जानकारी हुन्छ । त्यसकारणले भन्सार अधिकृतले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन ।
पहिले–पहिले सबैले भन्सारका कर्मचारीको नियतमाथि प्रश्न गर्थे । तर, हामीले तथ्य र प्रमाणको आधारमा बोल्नुपर्ने हुन्छ । त्यतिकै बोलेर हुँदैन । कतिपय मानिसको कल्पनामा आधारित निष्कर्ष हुन सक्छन् । हामीले जाँच–पासको क्रममा अन्तर्राष्ट्रिय डकुमेन्टका आधारमा माल आइपुगेपछि सरकारले तोकेकै नियमभित्र बसेर जाँचपास गर्दै आएका छौँ । जाँचपास गर्दा यो आर्थिक वर्षको कोभिडको अवस्थामा पनि राजस्व उत्साहजनक रुपमा प्राप्त गरेका छौँ ।
त्यसपछि हामीले सही पाइएमा पास गर्छौं । यदि त्यस्तो पाइएन भने वा न्यून मूल्याङ्कन गरेको पाइए २ प्रतिशतदेखि ५ सय प्रतिशतसम्म जरिवाना तिराउने कानुनी व्यवस्था छ । दण्ड सजाय विधि र सहजीरकणका विधि अवलम्बन गरिन्छ । यस्तो स्थिति पनि कुनै सरकारी अड्डामा जाँदा सजिलै काम गर्छन् र सही काम गर्छन् भन्ने विश्वास हामीले दिनुपर्छ, दिएका छौँ । यो क्षेत्रको सुधार तपाईं हामीले कल्पना गर्न नसक्ने गरी काम गरेका छौँ ।
हामीले सामान झिकाउने पार्टीले पेश गरेको प्रज्ञापनपत्रलाई आधार मानेर सामान चेकजाँच गर्छौं । त्यो प्रज्ञापनपत्रमा त्यो सामान कुन हो, कति मूल्यको हो, कति परिमाणको हो, कुन ठाउँबाट हालेको हो, कुन ब्राण्डको खुलाइदिन्छ र खुलाएको कुरा हामीलाई थाहा हुन्छ, सोधपुछ तथा अध्ययन अनुसन्धान गरिएको हुन्छ । उनीहरूले पेस गरेको प्रज्ञापनपत्रलाई आधार बनाएर हामीले चेक गर्छौं ।
त्यसपछि हामीले सही पाइएमा पास गर्छौं । यदि त्यस्तो पाइएन भने वा न्यून मूल्याङ्कन गरेको पाइए २ प्रतिशतदेखि ५ सय प्रतिशतसम्म जरिवाना तिराउने कानुनी व्यवस्था छ । दण्ड सजाय विधि र सहजीरकणका विधि अवलम्बन गरिन्छ । यस्तो स्थिति पनि कुनै सरकारी अड्डामा जाँदा सजिलै काम गर्छन् र सही काम गर्छन् भन्ने विश्वास हामीले दिनुपर्छ, दिएका छौँ । यो क्षेत्रको सुधार तपाईं हामीले कल्पना गर्न नसक्ने गरी काम गरेका छौँ ।
सरकारले ग्रीन, एल्लो र रेड जोन भनेर छुट्याएको छ । ग्रीन जोनमा भएका सामान केही पनि हेरिँदैन । एल्लो जोनमा परेका सामानको डकुमेन्ट हेरिन्छ र रेड जोनमा परेका सामानको डकुमेन्ट र सामान दुवै हेरिन्छ । तर, ग्रीन जोनमा परेको सामानमा पनि केही बदमासी छ भन्ने लाग्यो भने भन्सार अधिकृतले सामान चेक गर्न सक्छन् ।
कुनै पनि वस्तु भन्सारमा आयो भने राजस्व असुलीको मात्रै कुरा रहँदैन, त्यहाँ सप्लाइ अफ द गुड्स एण्ड सर्भिसका कुरा पनि छ । हाम्रो देशमा केही ल्याउनु छ वा पठाउनु छ भने कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी अतिरिक्त आर्थिक भार नपर्ने गरी हेन्डिल गर्नुपर्ने हुन्छ ।एक सय जनामध्ये ९९ मानिस ठीक छन् । तर, एउटाले फल्ट गर्न पनि सक्छ भन्ने दृष्टिले हेरेका हुन्छौँ ।
वीरगन्ज सुक्खा बन्दरगाहा प्रमुख खत्रीसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको लेख